१ बैशाख २०८१, शनिबार । April 13, 2024

Breaking

१०४ बर्षीया जेष्ट नागरिक मनरुपा चौलागाईले पनि कोभिड १९ बिरुद्ध खोप लगाईन



दोस्रो चरणको खोप अभियान अन्तर्गत काठमाडौंको चावहिलस्थित ॐ अस्पताल खोप केन्द्रमा आज मंगलबार पनि जेष्ठ नागरिकहरुको उत्साहजनक सहभागिता रहेको छ।

अस्पताल खोप केन्द्रमा आज विहान ११ बजे काठमाडौं महानगरपालीका वडा नं.७ कुमारीगालकी स्थानीय वासिन्दा रहनुभएकी १०४ बर्षिय जेष्ट नागरिक मनरुपा चौलागाईले कोभिड १९ बिरुद्धको खोप लगाउनु भयो ।

छोरा बुहारीका साथमा ॐ अस्पतालस्थित खोपकेन्द्र आउनुभएकी जेष्ठ नागरिक मनरुपाले कुराकानीका क्रममा १९९० सालको भुँइचालो जाँदा १४ बर्पकी किशोरी रहेको बताउदै  त्यसताकाको राणा कालिन समय र पञ्चायतकालिन समयको नेपाली जनजिवनबारे रोचक तथ्यहरु सुनाउनुभयो ।

विहान सबैर उठ्ने र नुहाई धुवाइ गरेर पूजा पाठ भजन कीर्तन गर्ने मनरुपा अहिले पनि चारतल्ले घरमा आफैं उक्लन र ओर्लन सक्नुहुन्छ ।

खानाका साकहारी सबै खानेकुरा मनपर्ने र नमीठो लाग्ने कुनैपनि खानेकुरा नरहेको तर दहिदुध र फलफुल औधि मनपर्ने बताउनुहुन्छ । थोरै थोरै तर पटक पटक खाइरहने र प्रशस्त पानी पिउने उहाँकी बानी रहेको छ ।

१० सन्तानकी आमा मनरुपालाई कोरोना महामारीका बारेमा पनि राम्रो जानकारी रहेछ । सधैं मास्क लगाएर हिड्ने गरेको र बेलाबेलामा राम्रोसँग हात धुने गरेको बताउँदै उहाँले बुढाबुढीलाई धेरै अफ्ठ्यारो पार्ने कोरोना रोक्ने खोप लगाउन आएको हामीलाई बताउनुभयो ।

काठमाडौं महानगरपालिका वडा नं ७ का वडाध्यक्ष शुद्ध कुमार डंगोलले वडाबासीहरु मध्येकी सबैभन्दा जेष्ठ नागरिक मनरुपालाई भेटेर उहाँलाई स्वागत गर्दै सुस्वास्थ्यको शुभकामना दिनुभयो ।

ॐ अस्पतालस्थित कोभिड बिरुद्धको खोप केन्द्रमा आवश्यक पूर्वाधारसँगै परामशर्ष तथा चिकित्साकर्मीहरुको पर्याप्तताले खोप कार्यक्रम व्यवस्थित रुपमा संचालन भएकोले सहज रुपमा खोप लिन सकिने ब्यवस्था मिलाइएकाले जेष्ट नागरिकहरु अत्यन्त खुशी रहेको र तुलनात्मक रुपमा बढी सहभागिता रहेको अध्यक्ष डंगोलले बताउनुभयो ।

ॐ अस्पतालका मेडिकल डाइरेक्टर डा.हरिश जोशीले कोभिड १९ बिरुद्धको विश्वव्यापि लडाईं र राष्ट्रिय खोप कार्यक्रममा नेपाल सरकार र ॐ अस्पतालको सहकार्यलाई स्वीकार गरी अत्यन्त उत्साहपूर्वक सहभागि हुनुभएकोमा सम्पूर्ण जेष्ठ नागरिकहरुप्रति आभार ब्यक्त गर्नुभएको छ ।

रजिष्ट्रेशन डेस्क देखी परामर्श डेस्क र खोप लगाउने कक्ष तथा अब्जरभेसन कक्ष अत्यन्त बैज्ञानिक ढंगबाट मिलाइएकाले ॐ अस्पतालस्थित खोप केन्द्रमा कम समयमा खोप लगाउन सकिने भएकाले विना शंकोच निर्धक्क भएर खोप लगाउन जेष्ठ नागरिकलाई डा.जोशीको आग्रह छ ।

ॐ अस्पताल खोप केन्द्रमा आइतबार अपरान्ह सम्म १५ सय जना भन्दा बढी ५६ बर्ष माथिका जेष्ठ नागरिकहरुले कोभिड १९ विरुद्धको खोप लगाइसक्नुभएको अस्पतालले जनाएको छ ।

निजी क्षेत्रवाट संचालित स्वास्थ्य सेवा प्रदायकहरुमध्येको अग्रणि अस्पताल ॐ अस्पतालले ७० बर्ष माथिका सम्पूर्ण जेष्ठ नागरिकहरुको सम्मानमा उहाँहरुको उपचार शुल्कमा १० प्रतिशत छुट समेत प्रदान गर्दै आइरहेको छ ।

साथमा नेपाल सरकारसँगको सहकार्यमा क्यान्सरका बिरामीकहरुको विशेष सहुलियत र सरकारी सुविधा सहितको उपचारकक्षको ब्यवस्था गरेको छ । त्यसैगरी, मृगौलामा समस्या भएका बिरामीहरुकालागि निःशुल्क डायलाईसिस सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित : २५ फाल्गुन २०७७, मंगलबार ००:००