१३ बैशाख २०८१, बिहिबार । April 26, 2024

Breaking

प्रधानमन्त्रीद्वारा भूटानी शरणार्थी समस्या समयावधी किटान गरेरै टुंग्याउन जोड



काठमाडौं, ४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग शरणार्थीका लागि राष्ट्र संघीय उच्चायुक्तको कार्यालयको नेपालस्थित प्रतिनिधि मण्डलले मंगलबार भेट गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा उच्चायुक्तको कार्यालयकी नेपालस्थित प्रतिनिधि क्यारोलिन स्पानुथ वर्माले भुटानी शरणार्थीको व्यवस्थापन बारे चासो राख्नुभएको थियो ।


प्रधानमन्त्री ओलीले हालसम्म भूटानी शरणार्थीको यथोचित प्रबन्धका लागि शरणार्थीका लागि राष्ट्र संघीय उच्चायोगबाट प्राप्त सहयोगका लागि धन्यवाद प्रकट गर्दै बाँकी शरणार्थीको व्यवस्थापनका लागि पनि पुर्ववत् सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । आफ्नै समस्याहरु सँग जुधिरहेको विकासोन्मुख देश नेपालले यसलाई समयबद्ध ढंगले व्यवस्थापन गर्न चाहेको भनाई प्रधानमन्त्रीको थियो ।


प्रधानमन्त्रीले शरणार्थी समस्या समाधानका लागि उनीहरुकै देशमा ससम्मान फिर्तीलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । त्यसो हुन नसके विकल्पमा तेस्रो मुुलुकमा स्थानानान्तरण र त्यसबाट पनि बाँकी रहेका शरणार्थीहरुको व्यवस्थापन नेपालमै गर्नका लागि समेत गरी तीन वटै विकल्पमा कार्यगर्न नेपाल सरकार खुला रहेको समेत प्रधानमन्त्रीले बताउनुभयो । यसका लागि उच्चायोगबाट सहयोग प्राप्त हुने विश्वास समेत उहाँको थियो ।


जवाफमा प्रतिनिधि वर्माले शरणार्थी व्यवस्थापनसम्बन्धी सहयोग निरन्तर गर्ने बारे उच्चायोग सकारात्मक रहेको बताउनुभयो ।

प्रकाशित : ४ फाल्गुन २०७७, मंगलबार ००:००