१२ बैशाख २०८१, बुधबार । April 24, 2024

समाचार

मानसिक सन्तुलन ठीक नभएकाको आक्रमणमा एकको मृत्यु, पाँच घाइते



काठमाडौं। बागलुङको काठेखोला गाउँपालिका–२ भीमपोखरा दपासामा सोमबार मानसिक सन्तुलन ठीक नभएका एक व्यक्तिले कोलादो प्रहार गरी स्थानीय एक जनाको हत्या गरेका छन्।
अन्य पाँच जनालाई घाइते भएका छन्।

मानसिक सन्तुलन ठीक नभएका स्थानीय सोमबहादुर किसानले कोदालो प्रहार गर्दा गम्भीर घाइते भएका स्थानीय ८४ वर्षीय यामबहादुर केसीको धौलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको हो।

कोदालो प्रहारबाट गम्भीर घाइते भएका ६५ वर्षीया विष्णुमति चापागाईँ र ३६ वर्षीया लक्ष्मी चापागाईँलाई धौलागिरी अस्पताल बागलुङमा उपचारपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाएको छ।

३८ वर्षीया देवी गौतम, उनका छ वर्षीय छोरा अमृत गौतम र १९ वर्षीया छोरी अनिता गौतमको धौलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक विराट शमौ पौडेलले जानकारी दिए।

कोदालो प्रहार गर्ने सोमबहादुरलाई दोबिल्ला प्रहरी चौकी अक्षतेको प्रहरी टोलीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय लगिएको पौडेलले बताए।

प्रकाशित : ४ फाल्गुन २०७७, मंगलबार ००:००