१४ बैशाख २०८१, शुक्रबार । April 27, 2024

Uncategorized

देशलाई भरपर्दाे दिशा दिन सक्ने पार्टी भने राप्रपा नै हो : राप्रपा अध्यक्ष राणा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर जबराले प्रजातन्त्रलाई सबल बनाउन राजसंस्था र हिन्दुराष्ट्र नल्याई सुखै छ्रैन भन्ने बताएका छन् ।

‘स्थायित्व प्राप्त गर्न र प्रजातन्त्रलाई सुढृद तुल्याउन हिन्दुराष्ट्रको बलियो आधार र अभिभावकको रुपमा राजसंस्था अपरिहार्य बनेको छ । देशमा विद्यमान संकट मोचन गर्ने आधार पनि यिनै हुन्,’ राप्रपा अध्यक्ष राणाले काठमाडौं जिल्लास्तरीय पार्टी भेलालाई सम्बोधन गर्दै मंगलबार भने ।

झण्डै दुइतिहाईको जनादेश अवमूल्यन गर्ने साम्यवादी पार्टी वा प्रमुख प्रतिपक्षी दलको भूमिका निर्वाह गर्न नसक्ने नेपाली कांग्रेसले देशलाई सही दिशा दिन नसक्ने राणाले दाबी गरे ।

‘देशलाई भरपर्दाे दिशा दिन सक्ने पार्टी भने राप्रपा नै हो । प्रजातान्त्रिक क्षितिजमा उदाउने शक्ति भनेको राप्रपा हो, राप्रपा मात्र हो,’ उनले भने ।

प्रकाशित : २७ माघ २०७७, मंगलबार ००:००