११ बैशाख २०८१, मंगलबार । April 23, 2024

Breaking

पुराना दलबाट जनता वाक्कदिक्क भए : डा. लोहनी



काठमाडौं । काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पुराना राजनीतिक शक्तिहरुबाट वाक्कदिक्क भएर नेपाली जनताले नयाँ विकल्प खोजीरहेको बताए ।

‘जनताले नयाँ राजनीतिक शक्ति खोजेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति जनताको सहानुभूति छ र त्यस्तो शक्ति बनाउन हामी सक्षम भयौं भने जनताको साथ हामीले पाउने छौं,’ अध्यक्ष लोहनीले भने ।

‘यस अर्थमा राप्रपा अघि बढोस्, निर्णायक भूमिका निर्वाह गरोस् भन्ने जनताको अपेक्षा र सुभेच्छा छ,’ काठमाडौं जिल्लास्तरीय पार्टी भेलालाई सम्बोधन गर्दै मंगलबार उनले भने ।

यौ मौका छोप्न र जनताको अपेक्षा पूरा गर्न क्रियाशील बन्न कार्यकर्तालाई अध्यक्ष लोहनीले निर्देशन दिए ।

जनचाहना बमोजिम राप्रपाले राजसंस्था र हिन्दुराष्ट्रको लक्ष्य हासिल गर्ने लाहनीले दाबी गरे ।

कार्यकर्तालाई सम्बोधन गदै उनले भने, ‘पार्टीभित्र, संगठनभित्र सबै कुरा लिखित हुँदैन । पार्टी सदस्यहरुबीच सम्बन्ध बिस्तार गर्ने, एकता कायम राख्ने संस्कृति, मूल्य, मान्यता त्यस मानेमा महत्वपूर्ण हुन्छ ।’

प्रकाशित : २७ माघ २०७७, मंगलबार ००:००