५ बैशाख २०८१, बुधबार । April 18, 2024

मुख्य खबर

बागमती प्रदेशका मुख्यमन्त्री पौडेल विरुद्ध आज अविस्वासको प्रस्वाव टेबल हुदै



काठमाण्डौ, ९ माघ । बागमती प्रदेशको मुख्यमन्त्री डोरमणी पौडेल विरुद्ध अविश्वासको प्रस्ताव टेबुल हुने भएको छ । आज दिउँसो एक बजे बस्ने प्रदेशसभाको बैठकमा अविस्वासको प्रस्ताव टेबुल हुने प्रचण्ड नेपाल समूहले जानकारी दिएको हो ।
तथापी आजको बैठकको कार्यसूचीमा के के राख्ने भन्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले निर्धारण गर्नेछ ।
सत्तारुढल नेकपामा विभाजन आएसंगै प्रधानमन्त्री केपी शर्मा ओली निकट मुख्यमन्त्री पौडेल विरुद्ध प्रचण्ड नेपाल समूहका ४५ जना प्रदेशसभा सदस्यहरुले पुष १० गते अविस्वासको प्रस्ताव दर्ता गराएका थिए ।
प्रदेशसभाको हिउँदे अधिवेशनको पहिलो बैठकमै अविश्वासको प्रस्ताव टेबुल हुने चर्चा भएपनि टेबल भएको थिएन । दलका नेताहरुले बोलेपछि अनिश्चितकालका लागि बैठक स्थनगित भएको थियो । अन्य दलको बैठक राख्न दबाब र मुख्यमन्त्री पौडलले समेत अविस्वासको प्रस्ताव सामना गर्न तयार रहेको भनेपछि आज सभामुख सानुकुमार श्रेष्ठले बैठको मिति तोकेको हो ।

प्रकाशित : ९ माघ २०७७, शुक्रबार ००:००