५ जेष्ठ २०८१, शनिबार । May 18, 2024

International

नयाँ वर्ष सुरु भएसँगै दक्षिण कोरियामा कामदारको न्यूनतम तलब वृद्धि


१६ पुस २०७७, बिहिबार ००:००

0
Shares

काठमाडौँ १६ पुष । नयाँ वर्ष सुरु भएसँगै दक्षिण कोरियामा कामदारको न्यूनतम तलब वृद्धि भएको छ । गत वर्षको तलब भन्दा १।५ प्रतिशत बढि प्रतिघन्टा ८ हजार ७ सय २० वन पाउने भएका छन् । योवर्ष कोरोना महामारीका कारण देशमा आर्थिक मन्दी भएको भन्दै सन् १९८८ देखि कै कम तलब बढेको जानकारि प्राप्त भएको छ ।दैनिक ८ घन्टाको दरले हप्ताको ४० घन्टा काम गर्ने कामदारको न्यूनतम ज्याला महिनामा १८ लाख २२ हजार ४ सय ८० कोरियन वन अर्थात् झन्डै १ लाख ८२ हजार रुपैयाँ हुनेछ । साथै ८ घन्टा भन्दा बढि काम गरे बापत ‘ओभरटाइम’ र सार्वजानिक बिदाहरुमा काम गरे प्रतिघन्टा १३ हजार वन भन्दा बढि ज्याला पाउनेछन् । त्यसैगरी राति १० बजेदेखि बिहान ६ बजेसम्मको काम गर्ने कम्पनीमा रात्रि भत्ता हुनेछ ।

प्रकाशित : १६ पुस २०७७, बिहिबार ००:००