६ जेष्ठ २०८१, आइतबार । May 20, 2024

समाचार

प्रदेश सभा सदस्यलाई ३ महिनाका लागि निलम्बन


१६ पुस २०७७, बिहिबार ००:००

0
Shares

काठमाडौँ १६ पुष । नेकपा प्रदेश १ संसदीय दलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षका १५ जना प्रदेश सभा सदस्यलाई ३ महिनाका लागि निलम्बन गरेको छ । संसद विघटनपछि विभाजित बनेको नेकपाभित्र एकले अर्कालाई कारबाही गर्ने क्रम बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेकपा प्रदेश १ संसदीय दलका प्रमुख सचेतक बुद्धीकुमार राजभण्डारीले अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने १५ जना सदस्यलाई निलम्बन गरिएको जानकारी दिए । निलम्बन गरिएकाहरु नसच्चिए थप कारबाही गर्ने तयारी रहेको उनको भनाइ छ ।

गत आइतबार संसदीय दलका नेता एवं प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएकामध्ये १९ जना प्रदेश सदस्यहरुलाई दलले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । तर, स्पष्टीकरण सोधिएकामध्ये चार जनाले मौखिक जवाफ मात्रै दिएका छन् ।
अन्यले एक दिनको समय माग गरेका कारण थप कारबाही अघि नबढाइएको राजभण्डारीले बताए । उनका अनुसार स्पष्टीकरण नदिएकालाई भने कारबाही गरिने छ । दाहाल–नेपाल समूहका एक प्रदेश सदस्यले भने स्पष्टीकरणको जवाफ नफर्काएको बताएका छन् ।

प्रकाशित : १६ पुस २०७७, बिहिबार ००:००