७ जेष्ठ २०८२, मंगलबार । May 21, 2025

मनोरञ्जन

मिस तामाङ २०२१ को लागि आवेदन खुल्ला


१६ पुस २०७७, बिहिबार ००:००

0
Shares

काठमाडौँ १६ पुष । तामाङ समुदायको संस्कार सस्कृती जोगाउने र तामाङ समुदायको पहिचान चिनाउने उद्येश्यले प्रत्येक वर्ष आयोजना हुने मिस तामाङ २०२१ को आवेदन खुल्ला भएको छ ।
बिहीवार राजधानीमा प्रेस मिट गरी आयोजकले तामाङ युवतीहरुबाट प्रतियोगिताका लागि आवेदनसमेत मागेको छ। माघ ९ भित्र आवेदन दिइसक्नुपर्ने र १४ गतेबाट तालिम शुरु हुने आयोजक एभरेष्ट फेसन होमले जनाएको छ।
कार्यक्रम निर्देशक रन्जना लामाका अनुसार एक महिने तालिम पश्चात आउदो फागुन १५ गते सोनाम ल्होछारको अवसरमा होटल र्याडिसनमा ग्राण्ड फिनाले हुनेछ ।
यो प्रतियोगिता २००९ बाट हुदै आएको छ । यस्ता प्रतियोगिताले युवा पुस्तामा धर्म, सस्कृती रितिरिवाज बारे चासो बढ्नका साथै मौलिकता जोगाउनु ठूलो भूमिका निर्वाह गर्ने निर्देशक तालाले बताइन ।

मिस तामाङ बिजेताले रु एक लाख नगदपुरस्कार तथा गिफ्ट र क्राउन पाउँनेछन् । प्रदान गरिने आयोजकले घोषणा गरेको छ। फस्ट रनरअपलाई पचासहजार नगद र सिल्भर क्राउनका र सेकेन्ड रनर अपलाई ३० हजार नगद र सिल्भर क्राउन प्रदान गरिनेछ । प्रतियोगितामा सहभागी १० जनालाई विभिन्न सबटाइटल पुरस्कार प्रदान गरिनेछ ।

प्रकाशित : १६ पुस २०७७, बिहिबार ००:००