१४ बैशाख २०८१, शुक्रबार । April 27, 2024

ग्लोबल

यमनका प्रधानमन्त्री र मन्त्रिपरिषद् सदस्यमाथि मिसाइल आक्रमण, कम्तीमा २६ को मृत्यु



एजेन्सी । यमनको दक्षिणी एडन सहरस्थित विमानस्थलमा भएको आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु भएको छ । ५० बडी घाइते भएक छन् ।

गृहयुद्धमा फसेका यमनमा हालै गठन भएको मन्त्रीपरिषद सदस्यहरू सवार विमान छिमेकी साउदी अरेबियाबाट आएर अवतरण गरेको केहीबेरमै विस्फोट भएको विवरण गराइएको थियो ।
प्रधानमन्त्रीले आफू र मन्त्रिपरिषद् सदस्यहरू “सकुशल”रहेको बताएका छन्। सूचना मन्त्रीले हुथी विद्रोहीहरूले “कायरतापूर्ण आतङ्कवादी कार्य” गरेको आरोप लगाएका छन्। घटनामा हताहत हुनेमा सहायतामा जुटेकाहरू र अधिकारीहरू रहेको बताइएको छ।

प्रकाशित : १६ पुस २०७७, बिहिबार ००:००