६ जेष्ठ २०८१, आइतबार । May 19, 2024

मुख्य खबर

मन्त्रिपरिषद विस्तारविरुद्ध रिटको आज सुनुवाइ हुदै



काठमाडौं १६ पुस । मन्त्रिपरिषद विस्तारविरुद्ध परेको रिटको बिहिबार सुनुवाई हुने भएको छ । हिजो सो रिटलाई ‘हेर्न नभ्याइने’ लिस्टमा राखिएको थियो । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा सो पेसी तोकिएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ताहरू लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले कामचलाउ बनीसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तार बदरको माग गर्दै छुट्टाछुट्टै रिट दर्ता गरेका थिए ।

प्रकाशित : १६ पुस २०७७, बिहिबार ००:००