१ बैशाख २०८१, शनिबार । April 13, 2024

राशिफल

दूर्लभ खण्डग्रास सूर्यग्रहण लाग्ने, आज १० बजेर ५० मिनेटमा देख्न सकिने



काठमाण्डौ, ७ असार । आषाढ कृष्ण औंशी तिथिका दिन अर्थात् आज खण्डग्रास सूर्यग्रहण देखिने भएकाे छ। नेपाल, भारत, चीन, थाइल्यान्डलगायत एशियाका सबै देश, दक्षिणपूर्वी युरोप, साउदी अरब, युएई, कंगो, इथियोपिया, अफ्रिकाको केही स्थानबाट खण्डग्रास सूर्यग्रहण देख्न सकिने छ।

नेपाली समयअनुसार बिहान १० बजेर ५० मिनेटमा स्पर्श हुने र मध्यान्हको १२ बजेर ३८ मिनेटमा मध्य हुने र अपरान्ह २ बजेर २३ मा मोक्ष हुनेछ। ग्रहण अवधि ३ घण्टा ३३ मिनेटको रहनेछ यो खण्डग्रास सूर्यग्रहण पश्चिमतर्फबाट स्पर्श भई पूर्वमा मोक्ष हुनेछ।

उत्तर-अमेरिका, दक्षिण-अमेरिका महाद्वीप, अस्ट्रेलिया महाद्वीपको अधिकांश ठाउँ, बेलायत, फ्रान्स, इटाली, जर्मनी, स्पेन र अन्य युरोपीयन महाद्वीपबाट भने यो सूर्यग्रहण देखिने छैन।

सूतक समयः
हिन्दू धर्मशास्त्रअनुसार सूर्यग्रहणमा ४ प्रहर अर्थात् १२ घण्टा र चन्द्रग्रहणमा ३ प्रहर अर्थात् ९ घण्टापूर्व सूतक प्रारम्भ हुन्छ। त्यसैले असार ६ गते राति १०/५० देखि बालक, बृद्ध, रोगी तथा गर्भवती महिलाहरू बाहेक अरू विवेकशिल प्राणिहरूलाई भोजन निषेध गरिएको छ।

ग्रहणको समयमा भोजन निषेध हुनुका साथै पकाउने, भुट्ने, बनाउने, काट्ने, बिभिन्न औजारको प्रयोग गर्ने, भूमि खनन् गर्ने, महत्त्वपूर्ण मिटिङ गर्ने, शुभ कार्यको प्रारम्भ गर्ने, मलमूत्र त्याग गर्ने, कपाल कोर्ने, दन्तमञ्जन गर्ने, चेक तथा अन्य महत्त्वपूर्ण कागजातहरू आदिमा हस्ताक्षर गर्ने कार्य तथा देवताहरूको मूर्ति तथा तुलसीको वृक्ष स्पर्श गर्ने कार्य पूर्ण रूपले निषेध हुन्छ।

यसका साथै विशेषगरी ग्रहणको समयमा गर्भवती महिलाहरू घर बाहिर निस्कनु हुँदैन। यदि, निस्कनै परेमा तुलसीपत्र, कुश, चन्दन साथमा राखेरमात्र घर बाहिर निस्कनु पर्दछ।

प्रकाशित : ४ असार २०७७, बिहिबार ००:००