१२ चैत्र २०८०, सोमबार । March 25, 2024

मुख्य खबर

यौन सम्पर्कले अनिच्छित गर्भ बसेकाले हैरान हुनुहुन्छ ? त्यसो हो भने अब महिलाले मात्र होइन पुरुषका लागि पनि गर्भनिरोधक कण्डमको विकल्पमा इन्जेक्सन प्रयोग गर्न सकिने



अचेल युगल जोडी प्रेमिपे्रमिका मात्र होइन दम्पती पनि अनिच्छित गर्भ रहनाले महिलालाई जवरजबस्ती गर्भ पतन बाध्य हुनुु पर्ने अवश्था छ । पुरुषका लागि सर्वसुलभ रुपमा उपलब्ध हुने कण्डम प्रयोगमा झण्झड हुने भन्दै प्रयोगमा हिच्किचाहटले अनिच्छित गर्भ वसी महिलालाई असिम पीडा मात्र होइन यौन प्रजनन् स्वास्थ्यमा पनि गम्भीर समस्या भोग्नु पर्ने बाध्यता रहेको छ ।

यौन सम्पर्कपछि नचाहँदा(नचाहँद पनि कतिपयको गर्भ रहन्छ । यसरी रहने अनिच्छित गर्भ दम्पतीका लागि टाउको दुखाईको विषय बन्ने गरेको छ ।

यसरी जोखिम मोल्नुपर्ने वा पीडा झेल्नुपर्ने भनेको महिलाले हो । चाहे गर्भनिरोधक औषधी सेवन गर्नुपर्ने अवस्थामा होस् वा गर्भपतन गराउनै पर्ने अवस्थामा । गर्भको सन्तान हुर्काउनु पनि कम्ता पीडादायक अवस्था होइन् । जबकि यौन(क्रियामा महिला र पुरुष दुबै सराबरी सहभागी भएपनि त्यसको शारीरिक र मानसिक बोझ महिलाले बोक्नुपर्छ ।

अब भने अनिच्छित गर्भ रहने भय टार्नका लागि पुरुषले कण्डमको विकल्पमा इन्जेक्सन इन्जेक्सन प्रयोग गर्न सक्नेछन् ।

भारतिय वैज्ञानिकहरुले उक्त इन्जेक्सन तयार गरेका हुन् । इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चका वैज्ञानिकले गर्भनिरोधक इन्जेक्सनबारे खोज गरिरहेका थिए । उनीहरुले उक्त इन्जेक्सनलाई तीन चरणको मेडिकल परीक्षण गराएका थिए, जसको नतिजा सकारात्मक रह्यो । वैज्ञानिकका अनुसार उक्त परीक्षणका लागि तीन सय व्यक्तिलाई सामेल गराइएको थियो । उनीहरुमा यसको कुनै पनि साइड इफेक्ट देखिएन ।

क्लिनिक ट्रयल ९७ प्रतिशत सफल रहेको बताइन्छ । यस सोधमा सामेल आईसीएमआरका सीनियर वैज्ञानिक डा. आर एस. शर्माका अनुसार यस इन्जेक्सनको सक्सेस रेट ९७ दशकमलव ३ प्रतिशत थियो ।

उक्त इन्जेक्सन पुरुषको पेट वा जांघको बीचमा लगाइनेछ । यो इन्जेक्सन भारत मात्र नभई विश्वकै पहिलो पुरुष गर्भनिरोधक हुने दावी गरिएको छ ।

प्रकाशित : ६ मंसिर २०७६, शुक्रबार ००:००