११ बैशाख २०८१, मंगलबार । April 23, 2024

प्रोफाइल

फिदिमदेखि सिंहदरबारसम्म




काठमाण्डौ । पाँचथरका प्रतिनिधिसभा सदस्य माननीय बसन्त कुमार नेम्बाङ्ग भर्खरै नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्री नियुक्त हुनु भएको छ । चार दशक लामो कम्युनिष्ट राजनितिका अनवरत यात्री नेम्बाङ्ग पाँचथरबाट तीन पटक संसदमा निर्वाचि भइसक्नु भएको छ भने अघिलो पटक सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकारको रुपमा समेत सिंहदरबारको अनुभव गरिसक्नु भएको छ । पाँचथरका समग्र विकासका चिन्तक खास गरि जनताको घरदैलोसम्म विद्युत विस्तारमा उहाँको ठूलो योगदान रहेको छ । नेम्बाङ्गको लामो राजनीतिक यात्रामा अनेकन आरोह अवरोह छन् । यहाँ उहाँको संक्षिप्त जीवनी प्रस्तुत गरिएको छ ।

प्रतिनीधिसभा सदस्य बसन्तकुमार नेम्वाङ्ग पाँचथरका एक विकासप्रेमी शालिन नेताका रुपमा जनता माझ परिचित छन् । उनी विद्यार्थी कालबाटै कम्यूनिष्ट राजनीतिमा सक्रिय छन् ।


वि.स. २०१८ चैत्र ८ गते पाँचथरका फिदिममा बुवा देवीप्रसााद नेम्बाङ र आमा विष्णुमाया नेम्बाङको कोखबाट माइला छोराको रुपमा नेम्वाङ्गको जन्म भएको हो । नेम्वाङ्गको चार दाजुभाई र तीन दिदीबहिनी छन् । स्कुले जीवनमा उनी नाच्न गाउँन खुबै फुर्तिता थिए । विद्यालयमा हुने साँस्कृतिक कार्यक्रमहरुमा गितार बजाउने र जनवादी गीतहरु गाउँदा-गाउँदै उनको रस वामपन्थी राजनीतिमा भिज्यो ।


नेम्वाङ्गले फिदिम मा.वि. बाट २०३५ सालमा एसएलसी पास गरे । एसएलसी पास गरपछि उच्च शिक्षाका लागि उनी नेपाल ल क्याम्पसमा भर्ना भए । २०३६ मा भएको विद्यार्थी आन्दोलनमा सहभागी भए । उनी अनेरास्ववियूमा संगठिन थिए । पढाइसंगसंगै विद्यार्थी राजनीतमा सक्रिय भए ।
उनले २०४५ सालमा ल क्याम्पसबाटै वि.एल गरे । वकिलको लाइसन्स लिए । केहि समय वकालत पनि गरे । तर यो पेशावाट जनताको आम समस्या सम्बोधन गर्न नसकिने देखेपछि पूर्णकालिन राजनीतिमा होमिए । उनी २०४७ पुष १७ गते पार्टीको संगठित सदस्य भए ।
चार दशक लामो राजनीतिक यात्रामा जिल्ला कमिटि सदस्य, प्र.रा.यु संघको केन्द्रिय कोषाध्यक्ष, उपाध्यक्ष, राष्ट्रिय पतिनीधि परिषद सदस्य, केन्द्रिय उर्जा विभाग सदस्य सचिव जस्ता साँगठानिक जिम्मेवारीहरु निर्वाह गरिसकेका छन् ।


२०७२/२०७३ मा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशासनिक सल्लाहकारका रुपमा समेत कार्य सम्पादन गरेका थिए । उनी पाँचथरबाट तीन पटक निर्वाचित भएका छन् । उनी २०४८ साल र २०५६ र २०७४ सालमा विजयी भए ।


उनको २०४८ फागुनमा भूमिका लिम्बू सुब्वासंग सुभविवाह सम्पन्न भयो । उनको दुई सन्तान छोरी प्रज्वला नेम्बाङ्ग र छोरा प्रभावकिरण नेम्बाङ्ग रहेका छन् । उनको श्रीमती सुब्बा पनि राजनीति तथा समाजसेवामै सक्रिय छिन् ।


नेम्बाङ्ग पञ्चायतदेखि निरंकुश राजतन्त्रको समुलनष्ट गर्दै लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने आन्दोलनको हरेक मोर्चामा अग्रभागमा उभिएका थिए ।


नेम्बाङ्ग कम्युनिष्ट राजनीतिमा होमिदा पाँचथरमा औलामा गन्न सकिने नेता कार्यकर्ता थिए । उनी लगायत उनको टिमले गाउँगाउँ पुगेर संगठन बनाए । कार्यकर्ता उत्पादन गरे । नेम्बाङ्ग त्यो समयमा पढेलेखेका थिए । चाहेका भए राम्रै जागिर खान सक्थे । विदेश सयर गर्न सक्थे तर जनताको सेवा गर्ने मार्गमा अग्रसर भए । उनी गाउँगाउँमा मकै र भटमास खाँदै हिडे । अहिले जस्तो पैशा हुँदा पनि किनेर खाने ठाउँ थिएन । कति पटक भोकभोकै हिडेको सम्झना अझै ताझै छ ।
नेम्बाङ्गकै नेतृत्वमा नीजि क्षेत्रको पहिलो हाइड्रो पाँचथरमा निर्माण भयो । त्यो प्रोजेक्टको नाम थियो । खोरङ्गा हाइड्रो । एक मेघावटको यो हाइड्रो २०६२ मा निर्माण सम्पन्न भएको थियो ।


मिजासिलो र जनतासंग घुलमिल हुन सक्ने नेता नेम्बाङ आफ्नो जीवनको उर्वर समय पाँचथरको विकास र जनताको सेवामा खर्चिएको र बाँकी जीवन पनि जनताकै जनताको सेवामै सर्मर्पित हुने बताउँछन् । नेम्बाङ साँसद हुँदा र नहुदाँ उनका नेतृत्वमा पाँचथरमा थूप्पै विकास निर्माणका कामहरु भएका छन् ।


खास गरि पाँचथरको जलविद्युत विकासमा उनको महत्वपूर्ण योगदान रहेको छ । पाँचथरमा सम्पन्न थुप्रै ठूला जलविद्युत उनको नेतृत्वमा बनेका हुन । केहि निर्माणको चरणमा छ ।

तमोर जलासाययुक्त परियोजना लगायत देशका थुप्प्रै मेघा प्रोजेक्टलाई अगाडी बढाउनमा नेम्बाङको योगदान रहेको छ । सामाजिक न्याय, उज्यालो पाँचथर, वैज्ञानिक तथा आधुनिक कृषी प्रणाली, वैज्ञानिक शिक्षा लगायत समग्र विकासमा नेम्बाङ्ग लागि परेका छन् ।

प्रकाशित : ५ मंसिर २०७६, बिहिबार ००:००