१३ बैशाख २०८१, बिहिबार । April 26, 2024

खेलकुद

पथरी स्पोटिङ्ग क्लवद्वारा दुई पत्रकार सम्मानित



मोरङ । मोरङको पथरीशनिश्चरे नगर स्थित पथरी स्पोर्टिङ क्लवले दुई जना पत्रकारहरुलाई सम्मान गरेकको छ । पथरी नगरलाई कार्यक्षेत्र बनाउदै आएका फिपराज लिम्बू सुर्यबहादुर सोम्याहाङ राई र जगतबहादुर सम्बाहाम्फे स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गरेको हो । लिम्बूलाई अग्रज पत्रकारिता पुरस्कारबाट र मोरङ राजघाटका तेजन खड्का सोही पुरस्कारको क्रियाशील पत्रकारिता पुरस्कृत भएका हुन् । दुवै जनालाई नगद १० हजार र सम्माणपत्रले सम्मान गरिएको थियो । बुद्ध युथ क्लवले आयोजना गरेको नगर स्तरीय फुटवल प्रतियोगिताको फाइलन खेलको अवसरमा स्पोटिङ्ग क्लवको अध्यक्ष धनकुमार तामाङले उक्त पुरस्कार प्रदान गरेको हो । पुरस्कार अमेरिकामा रहेका अजय राई र अष्ट्रेलियमा कार्यरत मनिष सम्बाहाम्फे लिम्बूले आफ्नो बुवाको सम्झनामा स्थापित गरेका हुन् ।

प्रकाशित : २५ फाल्गुन २०७५, शनिबार ००:००