१६ चैत्र २०८०, शुक्रबार । March 29, 2024

Life Style

हिमपातबाट कर्णालीको यातायात प्रभावित



जुम्ला, १३ माघ । कर्णाली प्रदेशका हिमाली जिल्ला जुम्लालगायत कालीकोट, मुगु, डोल्पा र हुम्लामा लगातारको हिमपातले हवाई तथा स्थलमार्ग यातायात सेवा प्रभावित भएको छ ।
मौसममा आएको परिर्वतनले गत आइबारदेखि नियमित हिमपातले हवाई तथा स्थलमार्ग यातायात सेवा प्रभावित भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण जुम्लाका प्रमुख कैलाश शर्माका अनुसार मौसम अनुकूलता नभएका कारण नियमित हवाई सेवा प्रभावित भएको छ ।
कर्णाली यातायात प्रालि जुम्लाका मीनबहादुर थापाले नियमित हिमपातका कारण कर्णाली राजमार्ग प्रभावित भएको बताउनुभयो । एकसातादेखि कर्णाली राजमार्गमा नियमित रूपमा सवारीसाधन सञ्चालनमा आउन सकेका छैनन् ।
जिल्ला ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक माधव रावतका अनुसार हिमपातले कर्णाली राजमार्ग प्रभावित छ । “नियमित हिमपात भइरहेको छ, सम्भावित दुर्घटनाबाट जोगिनका लागि सवारीसधान जाँचमा कडाइ गरिएको छ”, उहाँले भन्नुभयो । एक सातादेखि दुवै मार्ग प्रभावित भएपछि जिल्ला बाहिर जाने मानिसहरु समस्यामा रहेका स्थानीयवासी सिंहमान विकले बताउनुभयो । उपचार हुन नसकेका बिरामी पनि प्रभावित भएको उहाँको भनाइ छ ।

प्रकाशित : १३ माघ २०७५, आइतबार ००:००