९ चैत्र २०८०, शुक्रबार । March 23, 2024

मुख्य खबर

भाषा लेखन पुस्तिका सार्वजनिक गर्दै साम्पाङ जुम्लेखाको १४ औं स्थपना दिवस सम्पन्न

दुई लाखको अक्षकोषको घोषणा



काठमाडौ । साम्पाङ भाषा लेखन पुस्तिका सार्वजनिक गर्दै किरात साम्पाङ राई जुम्लेखा नेपालको आज (शनिबार) १४ औं स्थापना दिवस मनाएको छ ।
कोटेश्वर स्थित सुम्निमा हला भएको कार्यक्रममा भाषा लेखन पुस्तिका सार्वजनिक, अक्षयकोष घोषणा, सम्मान तथा साँस्कृतिक कार्यक्रम गरेर स्थापाना दिवस मनाएको हो।
कार्यक्रममा सम्पाङ समुदायलाई योगदान गरेका जुम्लेखाका पूर्ब अध्यक्ष टिकसरी राई, डा। नेत्रमनी दुमि राई, अक्षकोष स्थापना गर्ने दिनेस राई लगायतलाई पगरी९फेटा० गुथेर सम्मान गरिएको थियो ।
दिनेश साम्पाङ राईले आफ्नो आपा आमा तेज बहादुर र डम्बारकुमारी राईको स्मृतिमा २ लाखको तेजबहादुर डम्बरकुमारी राई छात्राबृती कोष स्थापनाको घोषणा गरे । उत्त छात्रवृत्ति बार्षिक रुपमा साम्पाङ भाषी जेहेन्दार छात्रछात्रालाई प्रदान गरिने बताइएको छ ।
जुम्लेखा नेपालको अध्यक्ष हरीके सम्पाङको सभपतित्वमा भएको कार्यक्रममा भाषा आयोगको सचिव लाल्चन चौहान, किरात राई यायोक्खा केन्द्रीय उपाध्यक्ष ज्ञान राई, नेत्रमनी दुमि राई लगायतले शुभकामना व्यक्त गरेका थिउ । कार्यक्रममा साम्पाङ भाषाको गीत तथा नृत्य प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरिएको थियो ।

प्रकाशित : २२ मंसिर २०७५, शनिबार ००:००