२० बैशाख २०८१, बिहिबार । May 2, 2024

खेलकुद

झापा ११ स्तब्ध



आज भएको सेमिफाइनल प्रतियोगितामा झापा ११ मोरङसंग स्तब्ध बनेको छ । खेल अवधिभर १–१ बराबरी खेलेपछि ट्राइबेकरमा धकेलिएको खेल ६–५ अन्तरले मोरङ विजयी बनेको हो । ट्राइवेकरमा झापाका आशिष चापागाईले प्रहार गरेका बल मोरङका गोल रक्षकले रोकेका थिए ।

खेलको २४ औं मिनेटमा झापाका कर्ण लिम्बुले बल रक्षकलाई छल्दै झापालाई अग्रता दिलाएका थिए । अत्यन्तै प्रतिस्पर्धात्मक रहेको खेलमा दुवै तर्फबाट गोल गर्ने सुन्दर अवसर मिले पनि गोलको सदुपयोग हुन सकेको थिएनन । पहिलो हाफको अन्तिम समयमा मोरङका स्टँ«इकर आशिष राई घाइते भई खेलबाट बाहिरीए पछि मोरङमाथि दबाब परेपनि खेलेको ८७ औं मिनेटमा मोरङका अशोक खवासले डिबक्सभित्रबाट आकर्षक गोल गर्दै टीमलाई बराबरीमा पु¥याएका थिए । आज भएको टीमको म्यान अफ म्याच अशोक खवास घोषित भए भने उनले १० हजार रुपैयँ जितेका छन् । आइतबार फाइनल खेल मोरङ र सुनसरीवीच हुनेछ ।

प्रकाशित : १४ पुस २०७४, शुक्रबार ००:००