१३ बैशाख २०८१, बिहिबार । April 26, 2024

बिचार

थ्याङ्स् गिभिङ्ः धर्म भन्दा माथि अमेरिकीको चाड



सामान्यतया युरोप र अमेरिकामा मनाईने चाडपर्वहरु क्रिष्चियन धर्म अनुसार मनाउने गरेको पाईन्छ । अन्य मुलुकका नागरिकहरुले पनि त्यही सोचेको हुन्छ । तर अमेरिकामा मनाईने सर्वाधिक लोकप्रिय चाड बारे धेरैलाई अन्योल भएको पाईन्छ । धार्मिक पृष्ठभुमी नभएको लोकप्रिय चाडको नाम हो “थ्याङ्स गिभिङ” । थ्याङ्स गिभिङ अंग्रेजी शब्दलाई अर्थ लगाउँदा “पाएकोमा धन्यबाद” भन्ने हुन्छ । शब्द जस्तै अर्थ लाग्ने घत लाग्दो ईतिहास छ थ्याङस गिभिङको ।
ईटाली बाट पन्ध्रौं सताप्दिमा एटलाण्टिक महासागर तरेर अमेरिका महाद्विप पुगेको युरोपका पहिलो ब्याक्ति मानिएको क्रिष्टिफर कोलम्बस पछि युरोपका विभिन्न देशहरुबाट पटक–पटक गरी हजारौं मानिसहरु अमेरिका जाने–आउने गर्न थाले । यसै सिलसिलामा सन् १६२० मा बेलायत बाट १ सय २० जना मानिसहरु अमेरिका पुगे । पानीजहाज बाट यात्रा गरेका उनिहरु अमेरिकाको अहिलेको मासाचुसेट भन्ने ठाउँमा आईपुगेका थिए । पानीजहाजको यात्रा क्रममा उनिहरुसंग भएको सवै खानेकुराहरु सकिएको थियो । जाडो याममा पुगेका उनिहरु संग ओड्ने राम्रो कपडा थिएन । रैथाने अमेरिकन आदिवासीहरु घुम्दै हिड्ने क्रममा भोक, तीर्खा, रोगले आकुल–ब्याकुल भएका ति यात्रिहरुलाई फेला पारे । ति यात्रीहरुको हालत बुझे पछि भोकोलाई भोजन गराए । तिर्खाएकालाई पानी पिलाए । विरामीलाई घरेलु औषधि उपचार गराए । ओढ्नका लागि जनावरका छाला उपलब्ध गराए । आदिवासीका गाउँमा बास पनि दिए ।
बेलायती यात्रीहरुलाई गाँस, बास र कपासको ब्यवस्था आदिवासीहरुले मिलाई सकेपछि उनिहरु फर्किएर गएनन् । उनिहरु त्यहीँ बसे । यात्रीहरु त्याहीँ बस्ने मनसाय गरेपछि आदिवासीहरुले जिवन यापनका लागि अन्न–बाली तथा फल–फुल खेती लगाउन सिकाए । उनिहरुले सिकेको बाली तथा फल–फुलहरुमा मुख्य गरी मकै, सुटुनी, आलु, फर्सी, ऐसेलु लगायत पनि थिए । त्यसैगरी माछाको सिकार गर्ने, मृगको र टर्कीको सिकार गर्ने कला पनि सिकाए । बेलायती यात्रीहरु अमेरिका पुगेको दोश्रो वर्षमानै मकै तथा अन्य बालि–नाली लगाउन जानी सकेका थिए । त्यसैले दोश्रो वर्षमा पहिलो पटक आफुले उत्पादन गरेको बाली तथा सिकार गरेको माछा–मासुहरु सामुहिक भोजन गरेर आदिवासीलाई धन्यवाद दिने यात्रीहरुले निधो गरे । सोही अनुरुप आदिवासी र बेलायती यात्री विच एकै ठउँमा बसेर सामुहिक भोजन भएको थिए । पहिलो सामुहिक भोजन भएको मिती बारे भने ईतिहासकारहरु माझ केही वर्ष फरक भएको पनि पाईन्छ ।
सामुहिक भोजन कार्य केही वर्ष सम्म वार्षिक रुपले आयोजना चलिनै रहयो । केह् िवर्षको अन्तरालमा भने आदिवासी र यात्रीहरुको विचमा द्वन्द्व सुरु भयो । द्वन्द्वका कारणले उनिहरुविच सामुहिक भोजन हट्दै गयो । कालान्तरमा भने उनिहरुविच सामुहिक भोजन पुर्ण रुपले हटेर गयो । तर यात्रिहरुको परिवार भित्र भने सामुहिक भोजन निरन्तर रहयो । ३ सय वर्ष भन्दा लामो काल खण्ड पछि अमेरिकाका राष्ट्रपति जर्ज वासिङ्टनले राष्ट्रिय चाड भनी थ्याङ्स गिभिङलाई घोषणा गर्दै नोभेम्वर २६ का दिन वार्षिक एक दिन विदा दिने घोषणा गरे । तर यो घोषणाले मात्र जनतामा उल्लास तथा लोकप्रिय बनाउन सकेन । लोकप्रिय बन्न नसक्नुको एउटा कारण थियो खानाको परिकार अरुचिकरो । १९औं सताप्दीमा एक लेखिका सारा जोसेप हलेले थ्याङ्स गिभिङमा खाईने खानाको महत्वबारे लेखेर प्रचार गरे । यो प्रचार पछि थ्याङस गिभिङको महत्व बढेर गयो । सन् १८६८ मा अमेरिकी राष्ट्रपति अब्राहम लिङकनले थ्याङ्स गिभिङ चाड नोभेम्बर महिनाको अन्तिम हप्ताको विहिबारलाई तोके । त्यस समय देखि अहिले सम्म अमेरिकामा निरन्तर थ्याङस गिभिङको सरकारी विदा हुन्छ ।
खासगरी थ्याङ्स गिभिङमा मेरिकन आदिवासीहरु संगै बसेर युरोप बाट अमेरिका बसाईं सरेकाहरुले सामुहिक भोजन गर्ने हो । तर आजकाल त्यस्तो चलन छैन । त्यस्तो चलन नहुनुको कारण उनिहरुविच द्वन्द्व अहिले सम्म भएर हैन । आदिवासीहरुको बसाईं टाढा हुनु, जनसंख्या न्युन हुनु र ती आदिवासीमा चाडको महत्व कम हुनु मुख्य कारण हुन सक्छन् । तर उनिहरुले लगाएको गुणलाई युरोपबाट आएकाहरुले भुलेका छैनन् । उनिहरुले अहिलेपनि परिवार, आफन्त, छिमेकीहरु माझ सामुहिक भोजन गरेर थ्याङ्स गिभिङ चाड मनाउने चलन छ । युरोपबाट मात्र नभएर अन्य मुलुक बाट समेत आएकाहरुले आजकाल थ्याङ्स गिभिङ चाड मनाउने चलन बढेर गएको छ । थ्याङस गिभिङमा क्रिस्चियन मात्र नभएर बुद्धिष्ट, हिन्दु, शिख र मुश्लिम धर्मावलम्बिले समेत मनाउने गरेको पाईन्छ । ति मनाउनेहरुमा विदेशी जन्म भएपनि अमेरिकाको नागरिकता लिईसकेका छन् भने तिनिहरु प्राय सवैले मनाउने गरेका छन् । कतिपय आवासिय भिसा लिएका र अन्य अमेरिकामा रहेकाहरुले समेत थ्याङस गिभिङ मनाउने गरेका छन् ।
थ्याङस गिभिङको भोजनमा मकैको परिकार, सुटुनी, आलु, फर्सी, ऐसेलु, माछा र टर्कीको खानाको परिकार अनिवार्य जतिकै हुन्छ । भोजन समारोह अमेरिकी राष्ट्रपतिको उपस्थितिमा राष्ट्रपतिको कार्यालय ह्वाईटहाउसमा समेत हुने गरेको छ । थ्याङस गिभिङ चाड आउनु एक महिना अघि देखिनै अमेरिकामा घरहरु सरसफाई र सजिसझाउ गर्ने चलन छ । रातको समयमा गाउँ शहरमा विशेष प्रकारको बत्तीहरु बालेर झिलिमिली बनाउने चलन पनि छ । थ्याङ्स गिभिङमा कम्तिमा तीन दिन विदा हुने भएकाले मानिसहरु लामो यात्रा भ्रमणमा जाने चलन बढेर गएको छ । यसले सडकमा जाम हुने, हवाईजहाजको यात्रामा टिकट पाउन मुस्किल हुने गरेको छ ।
जातिको, धर्मावलम्बिको, भाषीको, प्रकृतिको नाममा पुजा गरेर नभएर अमेरिकी आदिवासीलाई भगवान सम्झेर मनाईने ममेरिकी नागरिक जसको मुल थलो अन्य देशमा छ तर उसले अमेरिकी नागरिक भएकोमा गर्व गर्दछ उसले मात्र मनाउन सक्ने अमेरिकी कुटनीतिक क्षेत्र बाहेक अन्य देशमा चाड मनाउन असम्भब एउटा संसारकै अलग, लोकप्रिय तथा देशभक्तिको चाड हो थ्याङस् गिभिङ् । त्यसैले पनि अमेरिका साँस्कृतिक स्पले अरुभन्दा पृथक छ ।
नेपालीको नजरले अमेरिकाको थ्याङस गिभिङको झिलिमिली हेर्दा लाग्छ नेपालीहरुको तिहार चाड बारे बलिराजको कथा र झिलिमिली अनि थ्याङस गिभिङको जस्तै । कथा फरक भएपनि सार मिल्दो–जुल्दो रहेछन् । अर्को तर्फ नजर लगाउँदा देखिन्छ १४धौं शताब्दि देखि अमेरिकामा लिखित दस्ताहरु रहेछन् । नेपालमा भने भएको ईतिहास पनि हटाउने चलन छ । नेपालमा २०औं शताब्दिको सही बिवरण पाउन पनि मुस्किल छ । नेपालमा हार्नेको ईतिहास नकारात्मक हुन्छ वा मेटाईएको हुन्छ । अमेरिकामा हार्नेको ईतिहास पनि सम्मानजनक बाँचिरहेका हुन्छन् । अमेरिकाको थ्यङस गिभिङ् जस्तै “धन्यवाद” वा कुनै एक नाम दिएर एउटा चाड नेपालमा मनाएमा त्यो सान्दर्विक हुन सक्छ । जसले नेपालमा सद्भाव मजबुत बनाउन सक्छ ।

प्रकाशित : ७ मंसिर २०७४, बिहिबार ००:००