१३ बैशाख २०८१, बिहिबार । April 26, 2024

प्रोफाइल

सुरेन्द्र दाहाल



सुरेन्द्र दाहाल

प्रदेश सभा ‘ख’ उम्मेदवार, काङ्ग्रेस, पाँचथर

सुरेन्द्रकुमार दाहाल पाँचथरका अग्रज काङ्ग्रेस नेता हुन । उनले पञ्चायत कालिन समयबाट राजनीति सुरु गरेका गरेका थिए । वि.स. २००९ कार्तिक २३ गते बुवा चन्द्रबहादुर दाहाल र आमा शुभद्रा दाहालको कोखबाट तत्कालिन आङ्ना ५ मा उनको जन्म भएको थियो । दाहालले २०२९ सालबाट औपचारिक राजनीतिक यात्रा आरम्भ गरेका थिए । २०४६ देखि ०५९ सम्म पार्टीका जिल्ला सदस्य रहेर काम गरे । जिल्ला समिति पूर्व सचिव समेत रहेका दाहाल ८ औ, ९ औ र १० महाधिवेशन प्रतिनीधि र ११ औ, १२ र १३ महासमिति सदस्य रहिसकेका छन् । उनीसंग पार्टीका साथै जनप्रतिनीधि भएर काम गरेको समेत अनुभव छ । उनी आङ्नाका पूर्व गाउँ पञ्चायत प्रमूख तथा पूर्व जिविस सदस्य समेत हुन । विपी चिन्तन प्रतिष्ठानका अध्यक्ष लगायत अन्य थूप्प्रै सामाजिक संघसंस्थामा रहेर पनि पाँचथरे जनताको सेवा गरेको उनीसंग अनुभव छ । अहिले प्रदेशसभा ख उम्मेदारका रुपमा प्रचार प्रसारमा व्यस्त रहेका दाहालले खेर गइरहेको खोलाहरुबाट विद्युत निकाल्ने, तमोर लिफ्ट आयोजना निर्माण, प्रत्येक गाउँमा कम्तिमा १५ शैयाको अस्पताल निर्माण गर्ने, गाउँगाँउसम्म व्यवस्थित सडक सञ्जाल निर्माण गर्ने, आधुनिक कृषी प्रणालीको विकास गर्ने र सुदुर गाउँहरुलाई इन्टरनेट सञ्चालमा जोड्ने लगायतका विषयहरु चुनावी एजेडा रहेको उनले बताए । पुरानो र गाँउठाउँ भिजेको र हिजोदेखि जनताको सेवामा लागि परेकाले जनताले आफुलाई विजयी गराउँने उनले दावी गरे ।

प्रकाशित : १ मंसिर २०७४, शुक्रबार ००:००