१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

प्रोफाइल

ईन्द्रबहादुर आङ्बो (मौसम)



ईन्द्रबहादुर आङ्बो (मौसम)

प्रदेश सभा ‘ख’ उम्मेदवार, वाम गठबन्धन, पाँचथर

तत्कालिन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धका कमाण्डर र अहिले नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिवालय सदस्य आङ्बो पाँचथरका एक उदियमान युवा नेता हुन पाँचथरमा माओवादी संगठन विस्तारमा आङ्बोको अतुलनिय योगदान रहेको पाँचथरका माओवादी नेताहरु बताउँछन् ।
फिदिम नगरपालिका वडा नम्बर ११ साविक नागिनमा नरेन्द्र प्रसाद आङ्बो र रनमाया आङ्देम्बेको कोखबाट २०३९ साल श्रावण २९ गते जन्मिएका आङ्बो (मौसम) घरका साहिलो छोरा हुन ।निम्नवर्गिय परिवारमा जन्मिएका उनले प्रमाणपत्र तहसम्म औपचारीक अध्ययन गरेका छन् । भने युद्धमा होमिएपद्धि अनौपचारिक अध्ययनको दायरा निक्कै पराकिलो बनाएका छन् ।प्रखर युवा नेताका रुपमा छवि बनाएका आङ्बो खास गरि युद्धकालमा एक कुशल कमाण्डर र नेतृत्वमा रुपमा स्थापित भएका थिए ।
वर्गिय चेतकै कारण २०५६ सालमा १६ बर्षकै उमेरमा उनी सशस्त्र क्रान्ति गरिरहेका पार्टीको भातृसंगठन अखिल कान्त्रीकारीमा संगठित बने । यहि नै उनको लामो राजनीतिक जीवनको टर्निङ प्वाइन्ट बन्यो । २०५७ मा पूर्णकालिन बनेर नेपाल कम्युनिष्ट पार्टी माओबादीको जिल्ला सदस्य, जिल्ला सचिव हुदै, जनमुत्ती सेनाको बटालियन कमाण्डर, बिग्रेड कमाण्डर, वाइसिएल संस्थापक केन्द्रिय सचिवालय सदस्य, लिम्बुवान राज्य सहसचिव, इन्चार्ज,पार्टी पोलिटव्यूरो सदस्य हुदै अहिले नेकपा माओेवादी केन्द्रको केन्द्रिय सचिवालय सदस्य रहेका छन् ।
संयुक्त वाम गठबन्धबाट प्रदेशसभा(ख) क्षेत्रबाट प्रत्यक्ष उम्मेदवार आङ्बोले सामाजिक न्याय, स्वरोजगार, स्वधिनता, समृद्धि, स्थायी सरकार र पाँचथरको आम विकास आफ्नो चुनावी एजेण्डा रहेको उल्लेख गरेका छन् ।

प्रकाशित : १ मंसिर २०७४, शुक्रबार ००:००