१० चैत्र २०८०, शनिबार । March 24, 2024

प्रोफाइल

नरेन्द्रकुमार केरुङ



नरेन्द्रकुमार केरुङ

प्रदेश सभा ‘क’ उम्मेदवार, काङ्ग्रेस, पाँचथर

नेपाली काँग्रेस पाँचथरको दोस्रो पटक नेतृत्व सम्हाली रहेका नरेन्द्रकुमार केरुङ एक प्राज्ञिक व्यक्तित्व हुन । दोस्रो पटक पार्टीको नेतृत्व गरिरहँदा एक कुशल नेता र वक्ताको परिचय बनाएका छन् । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरि १३ बर्ष लामो प्राध्यापनपछि पूर्णकालिन राजनीतिमा होमिएका हुन् । बुवा देउमान केरुङ र आमा देउकुमारी केरुङको कोखबाट दोस्रो सन्तानको रुपमा २०२९ मंसीर २१ गते पाँचथरको सुदूर गाउँ सिदिन–८ मा उनको जन्म भएको हो । चार भाई तीन बहिनी मध्ये निडर स्वाभाव भएका केरुङ विद्यार्थी कालबाटै राजनीतिमा होमिएका थिए । घर नै राजनीतिक माहोलको पहिलो पाठशाल थियो केरुङका लागि । उनका बुवा देउमान केरुङले तत्कालिन सिदिन गाविस प्रमुखका रुपमा ६ पटक नेतृत्व गरेका थिए । प्राज्ञिक क्षेत्रको छुट्टै प्रतिष्ठा भएपनि देशका तमाम समस्याहरु राजनीतिबाट मात्र हल गर्न सकिन्छ भन्ने बुझाइका कारण पूर्णकालिनराजनीतिमा होमिएको उनको भनाई छ । जनआन्दोलन दुईमा उनले पाँचथर जिल्लामा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । काङ्ग्रेमा नेतृत्वमा छिट्टै फड्को मार्ने नेताको रुपमा पनि केरुङलाई लिइन्छ । पहिलो पटक नेतृत्व सम्हाले तगतै पार्टी पंक्तिबाटै आलोचना पनि भए । केरुङ नेतृत्वमा आए तगत्तै पार्टी संगठनलाई दुतगतिमा चलायमान बनाएका कारण सानो तिनो आलोचनाहरु सामसुम भए । दोस्रो संविधानसभामा समेत पाँचथर क्षेत्र नं. १ बाट प्रत्यक्ष उम्मेदवार बनेका केरुङ नेकपा एमालेका गणेश कुमार काम्बाङसंग पराजित भएका थिए । केरुङ पुन लोकतान्त्रिक गठबन्धनबाट प्रदेशसभा क का उम्मेदवार बनेका छन् । पाँचथरमा निक्कै बलियो मानिएका बाम गठबन्धनका उम्मेदवार गणेशकाम्बाङ संग चुनावी प्रतिस्पर्धामा पुनः एक चोटि आमनेसामने भएका छन् ।

प्रकाशित : १ मंसिर २०७४, शुक्रबार ००:००