१५ चैत्र २०८०, बिहिबार । March 28, 2024

मुख्य खबर

वाम गठबन्धनको सरकारले राजनीतिक स्थायित्व कायम गर्ने जिकिर



पोखरा, २४ कात्तिक (रासस) : नेकपा(एमाले)का केन्द्रीय सदस्य रवीन्द्र अधिकारीले लामो राजनीतिक अस्थिरताले देशको अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएकाले वाम गठबन्धनको एकमना सरकारले मात्रै देशमा राजनीतिक स्थायित्व कायम गर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभा कास्की क्षेत्र नं २ पोखरामा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उम्मेदवार तथा व्यवस्थापिका–संसद्, विकास समितिका सभापति अधिकारीले वाम गठबन्धनले बहुमत ल्याएपछि बनेको सरकारले ती सपना पूरा गर्ने विश्वास दिलाउनुभयो ।

सो अवसरमा प्रदेशसभा कास्की २ (ख) का उम्मेदवार राजकाजी गुरुङले युवालाई स्वरोजगार बनाउने उद्देश्य वाम गठबन्धनको भएको बताउनुभयो । एमालेबाट समानुपातिक उम्मेदवार सोमनाथ अधिकारी प्यासीले नेपाली काँग्रेस आफू पनि नमिल्ने र अरु मिलेको पनि देख्न नसक्ने पार्टी भएको आरोप लगाउनुभयो ।

प्रकाशित : २४ कार्तिक २०७४, शुक्रबार ००:००