८ बैशाख २०८१, शनिबार । April 20, 2024

मुख्य खबर

सप्तरीमा मतगणना शुरु, सप्तकोशीमा माओवादी केन्द्र र खडकमा काँग्रेस अगाडि



राजविराज, ३ असोज (रासस) ः प्रदेश नं २ को तेस्रो चरणको स्थानीय तह निर्वाचन सकिएपछि सप्तरीमा आज बिहानदेखि विभिन्न स्थानीय तहको मतगणना शुरु भएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार विहान ९ः०० बजेसम्मको प्रारम्भिक मतगणनामा खडक नगरपालिकामा नेपाली काँग्रेस पहिलो, नेपाल लोकतान्त्रिक फोरम दोस्रो र नेकपा (एमाले) तेस्रो स्थानमा रहेका छन् ।

काँग्रेसले ११४, नेपाल लोकतान्त्रिक फोरम ६३ र एमालेले ५७ मत प्राप्त गरेको बताइएको छ ।

यस्तै, सप्तकोशी नगरपालिकामा नेकपा (माओवादी केन्द्र)ले १८७ मत ल्याएर पहिलो स्थानमा, नेकपा (एमाले) पछ्याउँदै १६५ मत लिएर दोस्रो, नेपाल लोकतान्त्रिक फोरम भने १८ मत ल्याएर तेस्रो स्थानमा रहेको छ ।

यसैबीच, जिल्लाको विष्णुपुर गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका र सुरुंगा नगरपालिकामा मतगणना विहान शुरु भएको जिल्ला निर्वाचन कार्यालयका अधिकृत महेश ठाकुरले बताउनुभयो ।

प्रकाशित : ३ आश्विन २०७४, मंगलबार ००:००