१५ बैशाख २०८१, शनिबार । April 27, 2024

मुख्य खबर

युवकको हत्या



पाल्पा, १८ भदौ । रामपुर नगरपालिका–४ देवीस्थानमा शनिबार साँझ एक युवकको हत्या भएको छ ।

हत्या हुनेमा रामपुर चिहानडाँडाका २८ वर्षीय ओमबहादुर खाँण रहेका छन् ।

खाना खाएर गल्लीमा बसिरहेको अवस्थामा एक्कासि उनको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो ।

हत्यापछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरी अस्पताल पु¥याए पनि उनको बाटैमा मृत्यु भएको थियो ।

कृष्णकमल चौधरीले कुटोले हिर्काएर उनको हत्या गरेको बुझिएको छ ।

पाल्पाका प्रहरी उपरीक्षक डिल्लीरमण पन्तले अभियुक्तको खोजी भइरहेको बताउनुभयो ।

प्रकाशित : १८ भाद्र २०७४, आइतबार ००:००