१४ चैत्र २०८०, बुधबार । March 27, 2024

मुख्य खबर

तीन नं क्षेत्रलाई उज्यालो पार्ने नगर प्रमुखको प्रतिबद्धता



काठमाडौँ, १५ असार । बीपी सङ्ग्रहालय समितिले काठमाडौँ निर्वाचन क्षेत्र नं– ३ बाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई विकास निर्माणको काममा तीव्रता दिन अनुरोध गरेको छ ।

निर्वाचन क्षेत्र नं– ३ बाट निर्वाचित ७० जना जनप्रतिनिधिलाई स्वागत गर्न आज सङ्ग्रहालय समितिले सुन्दरीजलमा आयोजना गरेको कार्यक्रममा नगरपालिका घोषणा गरिए पनि सिन्धुपाल्चोक र नुवाकोटसँग जोडिएका दुर्गम बस्तीलाई पनि विकास निर्माणको गतिमा बौद्ध जोरपाटीकै दाँजोमा पु¥याउन आग्रह गरिएको हो ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले पर्यटन प्रवद्र्धन गरी पूर्वाधार नपुगेका नगरपालिकाका बस्तीमा सडक सञ्जाललगायत विकास निर्माणका कामलाई प्राथमिकता दिई काम सुरु गरिएको जानकारी दिनुभयो ।

“नेपालकै दोस्रो जलविद्युत् केन्द्रका रुपमा रहेको सुन्दरीजल जलविद्युत् केन्द्रको स्तरोन्नति गरी पहिलोचरणमा गोकर्णेश्वर नगरपालिका र दोस्रोचरणमा काठमाडौँ– ३ नं क्षेत्रभर विद्युत्भार कटौती नहुने गरी वितरणको व्यवस्था मिलाउने गरी काम अघि बढाउँदैछौँ”–उहाँले भन्नुुभयो ।

जनप्रतिनिधि निर्वाचित भएर आएपछि नगरपालिकाको सुन्दरीजल र जोरपाटी क्षेत्रमा फोहर व्यवस्थापनको काम पनि सुरु भएको प्रमुख चालिसेले बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाको वडा नं– १ का अध्यक्ष राम मानन्धर, वडा नं– ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठ र वडा नं– ८ का अध्यक्ष मनोजकुमार ढुङ्गानाले जनताको भावनाअनुसार नगरपालिकाभित्रकै दुर्गम बस्तीको विकास निर्माणका काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

काठमाडौँ– ३ नं क्षेत्रमा गोकर्णेश्वर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिकाका वडा नं १, २ र ३ एवम् काठमाडौँ महानगरपालिकाको वडा नं ६ बौद्धक्षेत्र पर्दछ ।

निर्वाचित जनप्रतिनिधिलाई सङ्ग्रहालयका अध्यक्ष परशुराम पोखरेलले फूलमालाले स्वागत गर्दै जनताका समस्या समाधान हुनेगरी काम गर्न स्थानीय सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रकाशित : १५ असार २०७४, बिहिबार ००:००