१६ जेष्ठ २०८०, मंगलबार । May 30, 2023

मुख्य खबर

विभिन्न नेताद्वारा मतदान



बनियानी (झापा), १४ असार । दोस्रो चरणअन्तर्गत आज भएको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले भद्रपुर नगरपालिका–१० स्थित कबलगुडी प्रावि केन्द्रबाट मतदान गर्नुभयो ।

बेलुका ४ बजेर १२ मिनेट जाँदा सो केन्द्रबाट उहाँले मतदान गर्नुभएको हो ।

यसैगरी कांग्रेस नेता नरेन्द्रविक्रम नेम्वाङ र केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले मेचीनगर–१० स्थित धुलाबारी उच्च मावि केन्द्रबाट मतदान गर्नुभयो भने नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य अग्नि खरेलले गौरादह नगरपालिका–१० डुडामारी मावि केन्द्रबाट मतदान गर्नुभएको निर्वाचन अधिकृत शकुन्तला कार्कीले जानकारी दिनुभयो ।

प्रकाशित : १४ असार २०७४, बुधबार ००:००