७ बैशाख २०८१, शुक्रबार । April 20, 2024

मुख्य खबर

समाजसेवी भट्टको निधन



धनगढी, १४ असार । यस क्षेत्रका समाजसेवी, साहित्यकार एवम् पण्डित दीनानाथ भट्टको मङ्गलबार ७९ वर्षको उमेरमा उपचारका क्रममा काठमाडौँमा निधन भएको छ ।

धनगढी उपमहानगरपालिका–५ तारानगर निवासी भट्टको काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको उहाँका छोरा हरिप्रसाद भट्टले बताउनुभयो । सुदूरपश्चिमको सबैभन्दा पुरानो कैलाली जनपुस्तकालयका संस्थापक भट्ट केही महिनादेखि फोक्सोसम्बन्धी रोगले ग्रसित हुनुहुन्थ्यो ।

छन्द लयमा कविता लेख्ने भट्टका थुप्रै सांस्कृतिक र शैक्षिक लेख प्रकाशित छन् । उहाँका ‘भावनाका तरङ्गहरु‘ कविता सङ्ग्रह र ‘अभिनन्दन ग्रन्थ’ गरी दुई कृति प्रकाशित छन् ।

दुई दर्जनभन्दा बढी सङ्घसंस्थाबाट सम्मानित साहित्यकार भट्टले कलासाहित्य र संस्कृतिमा कलम चलाउने स्रष्टालाई सम्मान गर्न कैलाली जन पुस्तकालयमार्फत रु एक लाखको अक्षयकोषसमेत स्थापना गर्नुभएको थियो ।

उहाँका तीन छोरा, एक छोरी र दुई श्रीमती हुनुहुन्छ । स्वर्गीय भट्टको पार्थिव शरीर धनगढीमा ल्याइएपछि अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

प्रकाशित : १४ असार २०७४, बुधबार ००:००