८ बैशाख २०८१, शनिबार । April 20, 2024

मुख्य खबर

लागुऔषधसहित पक्राउ



काठमाडौँ, १३ असार । प्रहरीले एक हजार २०१ एम्पुल लागुऔषधसहित थानकोटबाट सर्लाही, कलैया घर भएका मनोज साह भनिने पूर्णबहादुर खुलाललाई आज पक्राउ गरेको छ ।

बाराको कलैयाबाट राजधानी भित्रिँदै गरेको बा६ख ४८८५ नंको बसमा खुलालले झोलाभित्र कपडामा बेरेर राखेको सो लागुऔषध बरामद गरिएको महानगरीय प्रहरी वृत्त थानकोटका निरीक्षक ऋषिराम घर्ती मगरले जानकारी दिनुभयो । उनका साथबाट डाइजोल्य र नोरफिन चार सय एम्पुल र फेनारगन चार सय एक एम्पुल बरामद भएको छ ।

प्रकाशित : १३ असार २०७४, मंगलबार ००:००