११ बैशाख २०८१, मंगलबार । April 23, 2024

ग्लोबल

अल्वानियामा सत्तारुढ दलको अग्रता



तिराना, १२ असार । अल्वानियामा भएको आम निर्वाचनमा सत्तारुढ दल सोसियोलिष्ट पार्टी अफ अल्वानियाको संसदमा अग्रता हुने सङ्केत देखिएकोे छ ।

संसदीय निर्वाचनको मतगणना अहिले जारी रहेकोमा सोमबार बिहानको नतिजामा सत्तारुढ पार्टी नै सवै भन्दा अगाडी देखिएको छ ।
संसदको चार बर्षे कार्यकालका लागि गत आईतबार निर्वाचन भएको थियो । निर्वाचनमा १८ पार्टीले १४० सदस्य सङ्ख्याका लागि प्रतिस्पर्धा गरेका थिए ।
मतदान भएपछि मतपत्रहरू गणनास्थलमा सङ्कलन गरी आईतबार मध्यरात देखि नै मतगणना सुरु गरिएको छ । कुल मतको २० प्रतिशत गणना हुदाँ सम्म सत्तारुढ दलले बलियो अग्रता लिएको छ ।
सोसोलिष्ट पार्टीले कुल १४० सिट मध्ये ७५ सिट भन्दा बढी सिटमा विजय हासिल गर्ने देखिएको छ ।
बाहिरिदै गर्नुभएका प्रधानमन्त्री इदी रामाले सोमबार भन्नुभयो, “हामी विजयको शिखर चढ्दैछौं ।”
प्रमुख प्रतिपक्षी दल डेमोक्र्याटिक पार्टीले २७ प्रतिशतको हाराहारीमा मत पाउने सङ्केत देखिएको छ, जुन ४५ सिट मात्रै हो । त्यसलाई अर्को दल २० सिटका साथ पच्छ््याइरहेको छ ।

प्रकाशित : १२ असार २०७४, सोमबार ००:००