२ बैशाख २०८१, आइतबार । April 14, 2024

मुख्य खबर

कुँवरको निधनप्रति अध्यक्ष दाहाल र वैद्यबाट दुःख व्यक्त



काठमाडौँ, ११ असार । नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा ९क्रान्तिकारी माओवादी०का अध्यक्ष मोहन वैद्यले आज छुट्टाछुट्टै शोक वक्तव्य जारी गर्दै माओवादी केन्द्रका सल्लाहकार खम्बासिंह कुँवर ९काजी बा० की जीवन सङ्गिनी धीराकुमारी कुँवरको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

कुँवरको निधनको खबरले स्तब्ध भएको जनाउँदै उहाँहरुले मृतक कँुवरप्रति हार्दिक श्रद्धाञ्जलि तथा शोकसन्तप्त परिवारजन, पार्टी पङ्क्ति र जनसमुदायप्रति समवेदना प्रकट गर्नुभएको छ । उहाँहरुछ ।

अध्यक्ष दाहालले जारी गर्नुभएको विज्ञप्तिमा सरल र खरो स्वभावकी धनी धीराकुमारी कुँवरबाट क्रान्तिकारीले सिक्नुपर्ने धेरै गुण रहेको बताउँदै सिङ्गो पार्टी पङ्क्तिले उहाँको अभाव महसुस गरिरहने उल्लेख छ ।

कुँवरप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उहाँका सपना साकार पार्ने दिशामा आफ्नो पार्टी सधैँ अघि बढिरहने अध्यक्ष दाहालले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यस्तै क्रान्तिकारी माओवादीका अध्यक्ष वैद्यले जारी गरेको वक्तव्यमा १० वर्षे जनयुद्धमा स्व कुँवरको महत्वपूर्ण योगदान रहेको उल्लेख छ । कुँवरको शनिबार निधन भएको थियो ।

प्रकाशित : ११ असार २०७४, आइतबार ००:००