७ बैशाख २०८१, शुक्रबार । April 20, 2024

मुख्य खबर

मेलमिलाप, सद्भाव र भाइचाराको प्रवद्र्धन गर्नेः राष्ट्रपति भण्डारी



(भोलि १२ गते सोमबार प्रचारप्रसार गर्ने)

काठमाडौँ, १२ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीको पर्व इद (इदुल फित्र)का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपतिले आज शुभकामना सन्देश जारी गर्दै धार्मिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो देशमा मनाइने इदुल फित्रजस्ता विशेष पर्वले देशभित्र बसोबास गर्ने विभिन्न जातजाति, भाषाभाषी र समुदायबीच आपसी मेलमिलाप, सद्भाव र भाइचाराको प्रवद्र्धन गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

यो पर्वले आफ्ना मौलिक संस्कृति र परम्पराको संरक्षण तथा सम्वद्र्धन गर्न महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्दै यसले हामीलाई विविधताबीच राष्ट्रिय एकताको भावना जागृत गराउने उहाँले सन्देशमा भन्नुभएको छ ।

राष्ट्रपति भण्डारीले रमजानका अवसरमा लामो उपवास बसेर आत्मा शुद्धीकरण गर्ने र आफन्तबीच खुसी साटासाट गरी मनाइने यस पर्वले हाम्रो आत्मा शुद्ध भई आपसी सद्भाव र सहिष्णुताको भावना विकास गराउने सन्देशमा उल्लेख गर्नुभएको छ ।

प्रकाशित : ११ असार २०७४, आइतबार ००:००