७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

मुख्य खबर

घुससहित पक्राउ परेका नासुविरुद्ध मुद्दा दायर



काठमाडौँ, ११ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार कार्यालय नेपालगन्ज बाँकेका नायब सुब्बा शैलेन्द्रकुमार कर्णलाई आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार नायब सुब्बा कर्णले बाँकेको साविक इन्द्रपुर गाविसको मोही जग्गा बाँडफाँट गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग रु २० हजार घुस माग्दामाग्दै आयोगले केही दिन पहिले कार्यालय परिसरबाटै पक्राउ गरेको थियो ।

आयोगले बिगोसहित असुल गरी हदैसम्मको कारबाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको जनाएको छ ।

प्रकाशित : ११ असार २०७४, आइतबार ००:००