१० बैशाख २०८१, सोमबार । April 22, 2024

मुख्य खबर

शब फेला



मेलम्ची, ११ असार । सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका–५ स्थित इन्द्रावती खोलामा एक पुरुषको शव फेला परेको छ ।

उक्त शव मेलम्ची नगरपालिका–१० ज्यामिरेका ५४ वर्षीय कृष्ण भनिने तिलकबहादुर कार्कीको रहेको छ ।

चराउन छाडिएको गोरु लिन जाने क्रममा शनिबार साँझबाट कार्की बेपत्ता भएका थिए ।

स्थानीयले आज विहान शव देखिपछि प्रहरीलाई खबर गरेका थिए । प्राप्त सूचनाका आधारमा घटनास्थलमा पुगेका प्रहरी टोलीले शवको पहिचान गरी स्वास्थ्य परिक्षणका लागि मेलम्चीस्थित मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब निरीक्षक राजेन्द्र खतिवडाले बताउनुभयो ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको र परीक्षणपश्चात् शवलाई आफन्तको जिम्मामा लगाइने पनि उहाँले बताउनुभयो ।

प्रकाशित : ११ असार २०७४, आइतबार ००:००