२ बैशाख २०८१, आइतबार । April 15, 2024

मुख्य खबर

परिवर्तनको नेतृत्व काँग्रेसले ग¥यो : पूर्वमहामन्त्री गुरुङ



इलाम, ११ असार । नेपाली काँग्रेसका सांसद तथा पूर्व महामन्त्री कुलबहादुर गुरुङले काँग्रेसले देशमा भएका ठूलठूला परिवर्तनमा निर्णायक भूमिका निर्वाह गरेको बताउनुभएको छ ।

इलाम सदरमुकाममा काँग्रेसले शनिबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै सांसद गुरुङले परिवर्तनको नेतृत्व काँग्रेसले नै गरेकाले काँग्रेसको नेतृत्वमा मात्रै देशको विकास सम्भव रहेको बताउनुभयो ।

उहाँले राष्ट्र निर्माणका लागि राजनीतिक सङ्क्रमण, राष्ट्रियता र समृद्धि महत्वपूर्ण पक्ष रहेको उल्लेख गर्नुभयो ।

चुनाव सारेर राष्ट्रलाई निकास दिन खोजेको जनाउँदै उहाँले काँग्रेसले राष्ट्रलाई एकीकृत बनाउने प्रयास गरेको र तेस्रो चरणको निर्वाचनमा राजपा पनि सहभागी हुने बताउनुभयो ।

उहाँले दोस्रो चरणको निर्वाचनबाट काँग्रेस पहिलो पार्टी भएर उदाउने दाबी गर्नुभयो । इलाम नगरपालिकाका काँग्रेसका तर्फका प्रमुखका उम्मेदवार हिमालय कर्माचार्य, उपप्रमुखका उम्मेदवार चन्दा कार्कीलगायतले काँग्रेसले देश र जनताको हित गर्ने बताउनुभयो ।

प्रकाशित : ११ असार २०७४, आइतबार ००:००