१२ बैशाख २०८१, बुधबार । April 24, 2024

मुख्य खबर

लोकतन्त्रको जग स्थापना गर्न स्थानीय तहको निर्वाचन : नेता पौडेल



खजुरा (बाँके), १० असार । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले लोकतन्त्रको जग स्थापना गर्न स्थानीय तहको निर्वाचन जरुरी भएकाले सबैको सहभागितामा निर्वाचन सफल बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

नेपाली काँग्रेस बाँकेद्वारा आज नेपालगन्जमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले संविधान कार्यान्वयनको पहिलो खुट्किलो भएकाले स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्दै समृद्धितर्फ मुलुकलाई अघि बढाउनुपर्ने आग्रह गर्नुभयो ।

“काँग्रेसले जिते मुलुकको नै जित हुन्छ,” नेता पौडेलले भन्नुभयो– “हिमाल, पहाड र मधेसलाई जोड्ने पार्टी काँग्रेस नै हो, संविधानको सफल कार्यान्वयनका लागि काँग्रेसको जित जरुरी छ ।”

प्रकाशित : १० असार २०७४, शनिबार ००:००