७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

मुख्य खबर

रसुवामा एकको मृत्यु, एक बेपत्ता



रसुवा, १० असार । रसुवा जिल्लामा भएका दुई छुट्टाछुट्टै घटनामा एकको मृत्यु र एक बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, रसुवाका अनुसार मृत्यु हुनेमा पार्वतीकुण्ड गाउँपालिका वडा नं ५ बस्ने १८ वर्षीया सरिता तामाङ रहेकी छन् । उनको शुक्रबार चिलिमे खोलामा हामफालेर मृत्यु भएको र थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

यस्तै, आज बिहान उत्तरगया गाउँपालिकाको पहिरेबेँसीबाट त्रिशूली नदीमा हामफाली सोही गाविस–५ का २६ वर्षीय तीर्थराज आचार्य बेपत्ता भएका छन् । उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

नदीमा पानीको बहाव बढिरहेकाले खोजीकार्यमा कठिनाइ भइरहेको बताइएको छ

प्रकाशित : १० असार २०७४, शनिबार ००:००