८ बैशाख २०८१, शनिबार । April 20, 2024

मुख्य खबर

निर्वाचन सुरक्षामा सहयोग गर्ने समझदारी



धनगढी, ८ असार । नेपाल तथा भारतका स्थानीय प्रशासन प्रमुखको आज भारतको खिरी जिल्लाको पलियाकलाँमा भएको सीमा समन्वय बैठकमा नेपालमा हुने स्थानीय तह चुनावको सुरक्षाका लागि एकापसमा सहयोग गर्ने समझदारी भएको छ ।

बैठकमा ७ नं प्रदेशअन्तर्गत भारतसँग सीमा जोडिएका कैलाली र कञ्चनपुरमा हुने निर्वाचन सुरु हुन ४८ घन्टा अगावै सीमा नाका बन्द गर्ने समझदारी भएको बैठकमा सहभागी कैलालीका प्रजिअ गोविन्दप्रसाद रिजालले बताउनुभयो । बैठकमा सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि एवम् तस्करी रोकथामका लागि दुवै पक्षबाट सहयोग पु¥याइने समझदारी भएको छ ।
बैठकमा नेपालका तर्फबाट कैलालीका प्रजिअ रिजाल, कञ्चनपुरका प्रजिअ मनोहरप्रसाद खनालसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र भारतको खिरी जिल्लाका डिस्ट्रिक मजिस्टे«ट आकाश द्वीपसहित सुुरक्षा निकायका प्रमुखको सहभागिता थियो ।

प्रकाशित : ८ असार २०७४, बिहिबार ००:००