१० बैशाख २०८१, सोमबार । April 22, 2024

मुख्य खबर

तिनै तहको चुनावपछि मात्रै संविधान संशोधन गर्न सकिने–नेम्वाङ



पाँचथर, ८ असार । नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवास नेम्वाङले स्थानीय,प्रदेश र केन्द्रको गरी तिनै तहको चुनाव सम्पन्न भएपछि मात्रै संविधान संशोधन गर्न सकिने बताउनुभएको छ ।

पाँचथरको फिदिममा आज बिहान सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रदेश नम्बर २ मा चुनावको मिति सार्दा पनि राजपा सरकारमा नआउने भएपछि सरकारले चुनाव सारेको कुनै अर्थ नभएको उहाँको भनाइ छ ।

मधेसको क्षेत्रमा मधेसी तथा जनजातिका असन्तुष्टिलाई एमालेले क्रमशः सम्बोधन गर्दै लैजाने उहाँले उल्लेख गर्नुभयो । यसअघि भएको पहिलो चरणको स्थानीय तहको निर्वाचनमा पनि एमाले पहिलो भएको र अब दोस्रो चरणको निर्वाचन र मधेसमा पनि पहिलो पार्टी एमाले बन्ने उहाँले दाबी गर्नुभयो ।
अहिले पनि सरकारले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने गरी गतिविधि गरिरहेकोप्रति आपत्ति जनाउँदै यसलाई तत्काल रोक्न माग गर्नुभयो ।

प्रकाशित : ८ असार २०७४, बिहिबार ००:००