१४ चैत्र २०८०, बुधबार । March 27, 2024

मुख्य खबर

महिला हराउँदा परिवारजन चिन्तित



दमौली, ८ असार । चार महिनादेखि एकाएक बेपत्ता भएकी व्यास नगरपालिका–१ गल्वुवेसीकी ३५ वर्षीया नानुमाया गैह्रे अझै फेला परेकी छैनन् ।

गत फागुन ८ गतेदेखि नानुमाया एकाएक बेपत्ता भएकी थिइन् । १० वर्षीया छोरी रश्मी दवाडीलाई दिदी सूचना गैह्रेको जिम्मा लगाएर गैह्रे बेपत्ता भएकी हुन् । गैह्रे लामो समयदेखि फेला पर्न नसक्दा घरपरिवार चिन्तित रहेको बताइएको छ ।

उनको लेडिज ब्याग व्यास नगरपालिका र साबिक क्यामिन गाविसको सिमानामा पर्ने कलेस्ती खोला नजिकैको झाडीमा त्यतिबेलै फेला परेपनि उनी भने फेला परेकी छैनन् ।

छोरीको खोजी गरी पाऊँ भनी नानुमायाका बाबु विद्याबहादुर गैह्रेले प्रहरीमा हुलिया सहितको निवेदन दिएका छन् । दुबईमा रोजगारी गर्दै आएका उनका श्रीमान् पदम दवाडी श्रीमती हराएको खबर पाउनासाथ दमौली आइपुगेर अहोरात्र खोजी गरे तर पाउन सकेनन् । उनी पनि निराश भएर फर्के ।

बंैकमा रहेको लाखौँ नगद तथा गरगहनासमेत लिएर नानुमाया फरार भएको उनका श्रीमान् पदमले बताए । उनी भारततर्फ पलायन भएको अनुमान गर्न थालिएको छ । उनी गायब भएसँगै गल्वुबेसी नजिकैका एक युवकसमेत गायब भएको स्रोतको भनाइ छ ।

नानुमायाको खोजी कार्य तीव्र भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । सबै कोणबाट खोज्ने काम भइरहेको प्रहरी स्रोतले जनायो । देशभरिका नाकामा हुलियासहित फोटो सर्कुलर गरी खोज्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : ८ असार २०७४, बिहिबार ००:००