८ बैशाख २०८१, शनिबार । April 20, 2024

मुख्य खबर

एमाले ताप्लेजुङले गर्यो दुई जिल्लाकमिटी सदस्यलाई कारबाही



 

 

 

 

 

 

 

ताप्लेजुङ, असार ७ । नेकपा एमाले ताप्लेजुङले पार्टीको नियम र निर्देशन विपरित कार्य गरेको भन्दै दुई जिल्ला कमिटि सदस्यलाई साधारण सदस्य समेत नरहने गरी कारबाहि गरेको छ ।

स्थानिय तहको निर्वाचनका लागि पार्टीको हित र निर्देशन विपरीत अर्कै पार्टीबाट उम्मेदवारी दिएको भन्दै जिल्ला कमिटि सचिवालय सदस्य डम्बर चोङ्बाङ र जिल्ला कमिटि सल्लाहकार परी

सद सदस्य टेकबहादुर ओख्राबुलाई साधारण सदस्य समेत नरहने गरी कारवाहि गरेको जिल्ला कमिटि अध्यक्ष बलबहादुर साम्सोहाङले जानकारी दिए ।

जिल्ला कमिटि सदस्य चोङ्बाङ कांग्रेसबाट मैवाखोला गाउँपालिकाको अध्यक्षमा उठेका थिए भने जिल्ला कमिटि सल्लाहकार परीसद सदस्य ओख्राबु पाटिको नियम विपरीत काँग्रेसबाट नै मेरिङ्देन गाउँपालिकाको वाडाध्यक्ष पदमा उठेका छन् ।

  • वेलकमखबर
 

 

 

 

 

 

 

 

प्रकाशित : ७ असार २०७४, बुधबार ००:००