८ बैशाख २०८१, शनिबार । April 20, 2024

मुख्य खबर

आचारसंहिता उल्लङ्घन गरेको पाइएमा कारबाही : निर्वाचन आयुक्त पौडेल



दाङ, ७ असार । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि अनुगमन टोली प्रत्येक प्रदेशमा खटाएको बताउनुभएको छ ।

दाङ जिल्लामा रहेका मातहतका कर्मचारीलाई आज निर्देशनात्मक भनाई राख्दै आयुक्त खनालले आचारसंहिता कार्यान्वयनमा कडाई गर्नका लागि अनुगमन टोली प्रत्येक प्रदेशका जिल्लाहरुमा खटिएको बताउनुभयो ।

राजनीतिक दलका प्रतिनिधिहरुको सहभागितामा निर्वाचन आचारसंहिता निर्माण गरिएको भन्दै उहाँले आचारसंहिता कार्यान्वयनका लागि कडाई गर्न अनुगमन टोलीलाई निर्देशन दिनुभयो ।

निर्वाचन तयारीको अवस्थाका बारेमा जानकारी लिन दाङ आइपुग्नुभएका निर्वाचन आयुक्त पौडेलले प्रतिकूल मौसममा निर्वाचन गराउन चुनौती रहेको भन्दै सहज रुपमा काम गर्न र असहज बाताबरण उत्पन्न भएमा समन्वय गरेर काम गर्न मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतलाई आग्रह गर्नुभयो ।

त्यसअवसरमा क्षेत्रीय प्रशासक महेन्द्र बुढाथोकीले मध्यपश्चिम क्षेत्रमा पर्नेछ । जिल्लामा स्थानीय तहको निर्वाचनको सुरक्षा तयारी अवस्थामा रहेको बताउनुभयो । सुरक्षा दस्तालाई तयारी अवस्थामा राखिएको भन्दै क्षेत्रीय प्रशासक बुढाथोकीले निर्वाचन सुरक्षाका लागि दुई वटा हेलिकप्टर तयारी अवस्थामा राखिएको बताउनुभयो ।

प्रकाशित : ७ असार २०७४, बुधबार ००:००