६ बैशाख २०८१, बिहिबार । April 18, 2024

मुख्य खबर

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको भेट



काठमाडौँ, ६ असार । प्रधानमन्त्री शेरबहादुर देउवासँग आज नेपालका लागि नर्वेका राजदूत चेल तोर्मोड पिटर सेनले शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको सो भेटमा राजदूत पिटर सेनले आफ्नो कार्यकाल समाप्त भएकाले आफू स्वदेश फर्कन लागेको अवगत गराउनुभयो उहाँले आगामी दिन दुई देशबीचको सम्बन्ध थप विस्तार हुने विश्वास पनि व्यक्त गर्नुभएको थियो ।

यसैगरी प्रधानमन्त्री देउवासँग संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक भ्यालेरी जुलियान्ड र संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्चायोगका प्रतिनिधि केविन जे एलेनले पनि शिष्टाचार भेट गर्नुभयो ।

प्रकाशित : ६ असार २०७४, मंगलबार ००:००