१५ चैत्र २०८०, बिहिबार । March 28, 2024

मुख्य खबर

सिँचाइ आयोजना सम्पन्न



भद्रपुर, ६ असार । झापाको गोलधापस्थित भूतेनी खोलामा दुई वर्षअघि सुरु भएको सिँचाइ योजना सम्पन्न भएको छ ।

रु सात करोड ३३ लाखमा सम्पन्न भएको सो सिँचाइ योजना निर्माण कार्य २०७२ सालमा याकथुङ निर्माण कम्पनीले ठेक्कामा लिई निर्माण सुरु गरेको थियो ।

आकासे पानीको भरमा खेती गर्दै आएका किसान सो योजना सम्पन्न भएपछि लाभान्वित भएका छन् । खडेरी र सुख्खाका कारण विगतमा किसानले जग्गा बाँझो राख्ने गरेका थिए । योजना सम्पन्न भएपछि किसानलाई राहत पुगेको छ ।

पाँचवटा शाखा रहेको ४३८ मिटर लामो सो भूमिगत नहरबाट ६२९ हेक्टर जग्गामा सिँचाइ सुविधा पुग्ने सिँचाइ विकास डिभिजन कार्यालय भद्रपुरका प्रमुख ईश्वरीप्रसाद तिवारीले जानकारी दिनुभयो ।

भूतेनी खोला सिँचाइ योजना जल उपभोत्ता समितिका अध्यक्ष अजुर्न राईले वर्षाँैको प्रतिक्षापछि सम्पन्न सो योजनाबाट किसानको जीवनस्तरमा परिवर्तन आउने बताउनुभयो ।

प्रकाशित : ६ असार २०७४, मंगलबार ००:००