१५ चैत्र २०८०, बिहिबार । March 28, 2024

मुख्य खबर

अस्थायी शिक्षकद्वारा बालुवाटारमा धर्ना



काठमाडौँ, ६ असार । अस्थायी शिक्षक सङ्घर्ष समितिले देशभर हालसम्म अस्थायी शिक्षकका रुपमा कार्यरत सबैलाई सामान्य प्रक्रिया पु¥याई स्थायी गर्न माग गर्दै बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि सडकमा धर्ना दिएको छ ।

समितिले विभेदकारी भनिएको विज्ञापन खारेज गर्नुपर्ने, विगतका विज्ञापनबाट विस्थापित शिक्षकलाई स्थापित गर्नुपर्ने, सेवा अवधि गणना गर्नुपर्नेलगायत माग गरेको छ । देशभरबाट अस्थायी शिक्षकको प्रतिनिधित्व हुने गरी आएका प्रतिनिधि अहिले काठमाडाँैमा छन् । बिहान ९ देखि ११ बजेसम्म गरिएको धर्नामा करिब पाँच सयको सहभागिता थियो ।

समितिका संयोजक वृन्दादास चौधरीले लामो समय अस्थायीमा कार्यरत शिक्षकको ऊर्जाशील समय शिक्षण पेसामा खर्च भई अब अन्य विकल्प नरहेकाले स्थायी गर्न सरकारलाई आग्रह गर्नुभयो । समितिका महासचिव कुमोदलाल कर्णले देशभर हाल २६ हजार १६३ शिक्षक अस्थायी रहेको जानकारी दिनुभयो । यसैबीच सोही माग पूरा गराउन भद्रकालीमा पनि पाँच शिक्षक यही असार २ गतेदेखि आमरण अनशन बस्नुभएको छ ।

प्रकाशित : ६ असार २०७४, मंगलबार ००:००