४ बैशाख २०८१, मंगलबार । April 16, 2024

मुख्य खबर

पाँचथरकै एक मात्र महिला प्रमुख उम्मेदवार भन्छिन फिदिमलाई पर्यटकीय हब बनाउँछु



आसन्न दोस्रो पटकको स्थानीय तहको निर्वाचनमा पाँचथरका ८ स्थानीय तह मध्ये प्रमुखमा एक मात्र महिला उम्मेद्वारको रुपमा देवि शिवाकोटी रहेका छन ।
शिवाकोटीले फिदिम नगरपालिकाको मेयर पदका लागि उम्मेद्वारी दिएकी हुन । शिवाकोटी राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट उम्मेद्वार बनेका हुन । उम्मेद्वार बनेपछि शिवाकोटीले आफु जिल्लाकै एक मात्र प्रमुख पदमा दावेदार महिला भएको हुनाले सबैले आप्mनो पक्षमा मत दिने बताउनु भयो । फिदिम नगरपालिकाको धेरै समस्याहरु रहे पनि मुख्य रुपमा रहेको समस्या सडकको रहेको हुनाले आफुले मेयर पदमा बिजय प्राप्त गरेमा सडक निर्माण र सडकको स्तर उन्नतीमा ध्यान जाने बताउनु भयो उहाँले फिदिम बजारको फोहोर मैलाको व्यवस्थापन र नगर क्षेत्रमा पर्यटकीय सम्भावनालाई ध्यानमा राखेर पर्यटकीय क्षेत्रको पहिचान गरी ती ठाउँहरुको विकास गर्दै आन्तरिक तथा वाह्य पर्यटक आकर्षण गर्ने ठाउँको रुपमा विकास गर्ने र महिलाहरुलाई सशक्तिकरण गरी आत्मानिर्भर बनाउने आप्mनो प्रतिबद्धता रहेको बताइन ।
जिल्लामा रहेको अन्य ७ वटै गाउँ पालिकामा सबै दलले अध्यक्षमा पुरुष र उपाध्यक्षमा महिला उम्मेद्वार उठाई रहेको बेला आप्mनो दलले मात्र त्यो पनि एक मात्र नगरपालिकामा मेयरमा महिला उम्मेद्वारलाई अघि सारेर महिलाहरुलाई पार्टीमा सम्मानित स्थान दिएको राप्रपा पाँचथरका अध्यक्ष प्रेमराज थाम्सुहाङले बताए ।

प्रकाशित : ४ असार २०७४, आइतबार ००:००