१४ बैशाख २०८१, शुक्रबार । April 26, 2024

मुख्य खबर

प्रधानमन्त्रीसँग बङ्गलादेशका सेना प्रमुखको भेट



 

काठमाडौँ, २६ जेठ । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग बङ्गलादेशका सेना प्रमुख जनरल अबु बेलाल मोहम्मद सफ्यूूल हकले शिष्टाचार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको भेटमा उहाँहरुबीच द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

नेपालको औपचारिक भ्रमणमा आउनुभएका मित्रराष्ट्र बङ्गलादेशका सेना प्रमुख सफ्यूूल हकले यसअघि प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग शिष्टाचार भेट गरेका थिए ।

प्रकाशित : २६ जेष्ठ २०७४, शुक्रबार ००:००