४ बैशाख २०८१, मंगलबार । April 17, 2024

२०७४ सालको बार्षिक राशिफल र राशि अनुसारको सम्पूर्ण ग्रह गोचर



वि.सं. २०७४ साल वैशाख १ गते। शुक्रबार। इश्वी सन् २०१७ अप्रिल १४ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३७ चौलागा। वैशाख कृष्णपक्ष। तिथि– तृतीया

मेष राशि
मेष राशि हुनेहरूका लागि मध्यमस्तरको फलका साथमा नयाँ वर्ष २०७४ को प्रारम्भ भएको छ । पहिलेदेखि देखिएका पारिवारिक समस्याहरू हल हुने सङ्केत छ । वर्षको प्रारम्भमा राहु र बृहस्पति अनुकूल नहुनाले स्वास्थ्यमा समस्या, मानहानि, खर्चबृद्धि आदि समस्या देखिए पनि भाद्रबाट परिस्थितिले कोल्टे फेर्नेछ । त्यसपछि मानसम्मानमा बढोत्तरी र व्यापारव्यवसायमा लाभ मिल्नेछ । दाम्पत्य जीवन सुमधुर रहने छ । अष्टम र नवमभावमा रहेको शनिका कारण धार्मिक, सामाजिक र सांस्कृतिक काममा बाधा पुग्ने देखिन्छ । स्थानपरिवर्तनको योग हुनुका साथै आवश्यक निर्माणकार्यमा रकम लगानीको सम्भावना पनि देखिन्छ । अध्ययन, अध्यापन र वैदेशिक प्रयोजनका काममा सफलता मिल्नेछ । खासगरी जेठदेखि कार्तिकसम्म शनिश्चरको अढैया रहने हुँदा मनमा आशान्ति, काममा ढिलासुस्ती, अनावश्यक झमेलामा फँस्नुपर्ने, अनावश्यक आर्थिक भार आइलाग्ने, निरर्थक भ्रमण हुने सङ्केत छ, साथै उक्त समयमा दुर्घटना र चोटपटकको सम्भावना पनि छ । अब मेष राशिका भिन्नभिन्न आयामका व्यक्तिहरूको जीवनमा नयाँवर्ष २०७४ मा पर्ने प्रभावको विश्लेषण गरिएको छ :

विद्यार्थी : मेष राशिका विद्यार्थीका लागि नयाँ वर्षको उत्तरार्द्धमा राम्रो परिणाम प्राप्त हुनेछ । पाँचौं घरको राहु साउनको मध्यभागमा हट्ने भएकाले त्यतिञ्जेल युवावयका छात्रछात्रा दाम्पत्य वा प्रेमको बन्धनमा कसिन सक्छन्, ट्य्राकबाहिरका अन्य क्रियाकलापमा संलग्न रहने सम्भावना पनि छ । त्यसपछिको समयमा ज्ञानविज्ञानका क्षेत्रमा उच्च सफलता हासिल हुनेछ, साथै अध्ययनरअनुसन्धान एवं विज्ञानप्रविधिसम्बद्ध उच्चशिक्षाका क्षेत्रमा राम्रो परिणाम हात पर्नेछ । विशेषतः कृषि, वन, भूगर्भ, व्यापारवाणिज्य क्षेत्रमा यस पटक मेष राशिकै वर्चस्व स्थापना हुने देखिन्छ । वर्षको सुरुमा भावुकता, काल्पनिकता र प्रणयप्रसङ्गका क्रियाकलापमा दिलचस्पी बढ्नाले पढाइमा असर पर्नसक्छ, सचेत रहनु पर्छ । अध्ययन प्रयोजनमा विदेश यात्राका लागि भाद्रपछि राम्रो छ ।

गृहिणी : सातौं भावको मालिक मानिने शुक्र ग्रह बक्री भएकाले यस वर्ष गृहिणीहरूका लागि खासै सकारात्मक वर्ष हुने लक्षण छैन । खासगरी मानसिक समस्या र चिडचिडेपनको सिकार हुनुपर्ने परिस्थिति अइलाग्न सक्छ । पतिसँगको सामीप्यतामा कमी आउने छ । बालबच्चाको स्वास्थ्यस्थितिमा देखिएका समस्याले मन पिरोल्नेछ । तिनका उन्नतिप्रगतिका मार्गमा अवरोध आउन सक्छ । परिवारका वरिष्ठ सदस्य र अभिभावकवर्गको स्वास्थ्यस्थितिप्रति सचेत रहनु आवश्यक छ । यद्यपि असारदेखि कार्तिकभित्र पर्ने समयबाहेक घरमा माङ्गलिक वा सांस्कृतिक कृत्य सम्पादन हुनसक्छ । उक्त समयमा घुमघाम, डुलफिर र भ्रमणपर्यटनको अनुकूलता हुनेछ । अभिव्यक्तिको कौशलता बढ्ने छ । गहनागुरिया, भौतिक सुखसुविधा बढाउने चिजबिज र वस्त्राभूषणको प्राप्ति वा किनमेल हुनेछ । बेलाबेलामा भोजभतेरमा सहभागी हुने अनुकूलतासमेत छ ।

कर्मचारी र श्रमिक वर्ग : कर्मचारी र श्रमिक वर्गमा आगामी वर्ष २०७४ सुरुका चार महिना नकारात्मक रहने देखिन्छ । तर त्यसपछि मानसम्मान, पुरस्कार र प्रशंसा मिल्नेछ । साउनपछि छैटौं घरमा राहुको प्रवेश हुनाले आम्दानीको मार्ग खोल्नेछ, देशपरदेशको यात्राको अनुकूलता मिल्नेछ । धनसङ्ग्रहका क्षेत्रमा देखिएका सबै किसिमका बाधाअड्चन हट्नेछन् । घरबाहिर बसेर काम गर्नेहरूले सकारात्मक परिणाम प्राप्त गर्नेछन् । भाद्रपछि सातौं बृहस्पति हुने भएकाले घरजग्गा वा अचल सम्पत्ति प्राप्तिको योग देखिन्छ ।

कृषक : कृषिक्षेत्रमा लागेका व्यक्तिहरूले नयाँ वर्ष २०७४ लाई अत्यन्त सकारात्मक वर्षका रूपमा प्राप्त गर्नु हुनेछ । पशुधन र पन्छीसम्पदाबाट वर्षभरि राम्रै लाभ हुनेछ । वर्षको उत्तरार्द्धमा नयाँ घरजग्गा जोड्ने वा घरमा धार्मिक कार्य सम्पादन हुने सम्भावना पनि छ । वर्षे बालीका तुलनामा हिउँदे बालीबाट राम्रो लाभ प्राप्त हुने सम्भावना छ ।

उद्यमी र व्यापारी : राशिस्वामी मङ्गल राशिमा नै रहेको तथा भाद्रपछि बृहस्पति सातौं भावमा जाने भएको हुँदा मेष राशिका उद्यमी र व्यवसायीले यो वर्षलाई राम्रै वर्षका रूपमा पाउनु हुनेछ । लामो समयदेखि पलाएका इच्छाहरूलाई कार्यान्वयन स्तरमा पुर्याउन मद्दत मिल्नेछ । साझेदारी र पार्टनरसिपको विवादका कारण रोकिएको आर्थिक गतिविधिले गति प्राप्त गर्ने छ । तर शत्रुपक्ष बलियो नै रहेकाले काम गर्दा गोपनीयतालाई महत्त्व दिनु राम्रो हुन्छ । समग्रमा भाद्रपछि सानो लगानीले दूरगामी प्रभाव पार्ने हुनाले धक फुकाएर वित्त परिचालन गर्दा शुभ हुन्छ ।

सामाजिक कार्यकर्ता : सामाजिक र राजनैतिक क्षेत्रका मेष राशिका व्यक्तिहरूमा यो वर्ष सकारात्मक नतिजा लिएर आएको छ । मुद्दामामिला, झैझगडा, विवाद र न्यायिक कामबाट राम्रो लाभ प्राप्त हुनेछ । रोकिएका प्रशासनिक कामले गति प्राप्त गर्ने छ । भाद्रपछि महत्त्वपूर्ण पद वा जिम्मेबारी प्राप्त हुने सम्भावना समेत छ । विश्वासको वातावरण बन्नेछ र सोचेका एवं ताकेका योजना र काम सम्पन्न गर्न परिस्थितिले साथ दिनेछ ।

समग्रमा मेष राशि हुने जातकहरूका लागि वैशाख, असार, आश्विन, माघ र फाल्गुन महिनाहरू सहज रहने छन् । मेष राशिदेखि जगल्लग्न एकादश भाव लाभस्थानमा रहेकाले समग्रमा सोचेभन्दा राम्रै परिणामहरू प्राप्त हुनेछन् । त्यस्तै वर्षप्रवेशका समयमा मङ्गल ग्रहको अनुकूलताले आँट हिम्मत र साहसमा बृद्धि हुने समय छ । भाग्येश बृहस्पति सुरुमा बक्री रहेकाले विवाद र कलहबाट टाढा रहनु राम्रो हुन्छ, तर भाद्रपछि बृहस्पतिले पनि शुभफल नै प्रदान गर्नेछन् । यस वर्षलार्इ अझ शुभफलदायी बनाउनका लागि मेष राशिका सबै जातकले दैनिक हनुमान् चालिसा वा गणेशअथर्वशीर्षको पाठ गर्नु मुनासिब हुनेछ ।

बृष राशि
बृष राशि हुनेहरूका लागि नयाँवर्ष २०७४ समग्रमा हर्ष, उमङ्ग र उत्साह लिएर आएको छ, यद्यपि केही झिनामसिना समस्या र झैझमेला भने देखा पर्न सक्छन् । व्यापारबाट सामान्यतया लाभै हुनेछ । वैदेशिक प्रयोजनका काममा शुभफल प्राप्त हुनेछ । धार्मिक, सांस्कृतिक र पर्यटकीय यात्राको सम्भावना छ । सन्तति तथा भाइबहिनीका तर्फबाट प्रसन्नता मिल्नेछ । वैदेशिक प्रयोजनका काममा सफलता मिल्नेछ । तर यस पटक अढैया शनिको दशा भएकाले काममा ढिलासुस्ती, स्वास्थ्यमा बाधा, झुट्टा आरोप आदिको सम्भावना छ । सवारीसाधन हाँक्दा र हातहतियार चलाउँदा होस राख्नुपर्छ । जग्गाजमिन र जायदातसम्बद्ध समस्या बल्झिने वा मुद्दामामिला हुनसक्ने सङ्केत छ । त्यस्तै दाम्पत्य जीवनमा समस्या पर्नुका साथै बन्दव्यापारमा पनि नोक्सानीको सङ्केत देखिन्छ । सामाजिक कामबाट खिन्नता हुनेछ । कम बोलेको जाति हुन्छ । वर्षको अरु समय राम्रै भए पनि खासगरी जेठ, असोज र माघ महिना कष्टप्रद रहने छन् । यस राशिका विभिन्न व्यक्तिहरूको आमजीवनमा निम्न प्रभाव रहने देखिन्छ :

विद्यार्थी : मनोरोग, प्रेमप्रसङ्ग र अनुत्तरदायी क्रियाकलाप आदिले किशोर र युवावस्थाका छात्रछात्राहरूमा प्रशस्त असर पार्ने वर्षका रूपमा यस वर्षको अगमन भएको छ । सैद्धान्तिक विषयमा कमजोर देखिए पनि प्रायोगिक वा प्राक्टिकल क्षेत्रमा भने केही आशा गर्न सकिन्छ । मनोरञ्जन, खेलवाड र लहडी स्वभावले लक्ष्य र उद्देश्यमा विचलन ल्याउने भएकाले सचेत हुनुपर्छ । खासगरी वर्षको प्रारम्भमा र मंसिरदेखि वर्षान्तसम्म मानसिक उद्वेलन र तनावमा रुमल्लिने सङ्केत छ, विपरीतलिङ्गीसँगको उठबस र हेलमेल चिन्ताको विषय बन्न जानेछ र शैक्षिक तथा बौद्धिक प्रयासमा प्रतिकूलता आउने सम्भावना पनि हुन्छ । वैदेशिक प्रयोजनका प्राज्ञिक काममा पनि ठोस उपलब्धी पाउन गाह्रो देखिन्छ । तर इन्जियनियरिङ र इलेक्ट्रोनिक विषयका अध्येताहरूले यस वर्ष राम्रो नतिजा हात पार्ने सम्भावना छ ।

गृहिणी : बृष राशि हुने गृहिणीहरूले वर्षको प्रारम्भमा सुखभावमा राहु बसेको तथा जेठदेखि कार्तिकसम्म सातौं भावमा शनिको उपस्थिति हुनाले सुरुको छ महिना केही व्यावहारिक कठिनाइहरू ब्यहोर्नु पर्ने हुन्छ । घरभित्रका समस्त दायित्व र जिम्मेबारी ग्रहण गरी अत्यधिक क्रियाशीलता र दौडधूपमा यो वर्ष बित्ने देखिन्छ । आफन्तहरू टाढिनेछन् । मनमा आशान्ति एवं गृहसुखमा बाधा पुग्ने लक्षण छ । तर भाद्रसम्म बृहस्पति अनुकूल हुने भएकाले सन्ततिपक्षबाट सन्तुष्टि प्राप्त हुनेछ । समग्रमा जगल्लग्नमा गर्इ राशिपति शुक्र बसेकाले दाम्पत्य जीवन सुखमय नै हुनेछ, यद्यपि जीवनसाथी कार्यक्षेत्रमा व्यस्त रहने वा वैदेशिक प्रयोजनको काममा घरबाहिर बस्ने भएकाले घरभित्रका जिम्मेबारी आफैंले सम्हाल्नु पर्ने देखिन्छ, वर्षको सुरुमा आफ्नो स्वास्थ्यप्रति सचेत रहनु पर्छ ।

कर्मचारी र श्रमिक वर्ग : मेष राशिका कर्मचारी र श्रमिक वर्गका व्यक्तिहरूका लागि यस वर्षको सुरुका केही दिन सङ्घर्ष गर्नु पर्ने समय छ । भाद्रपछि केही अनुकूलता देखिए पनि हाकिम, मातापिता वा स्वामीसित सुमधुर सम्बन्ध कायम हुन सक्दैन । भाद्र ०६ गतेपछि बृहस्पति शत्रुभावमा जाने भएकाले काममा केही समस्या अनावश्यक दबाब र बोझ ब्यहोर्नुपर्छ । बरु सुरुको चारमहिनाभित्र नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानमा सरुवा हुने सम्भावना भएकाले प्रयास गर्दा राम्रो हुन्छ । विदेश यात्रामा जान चाहनेले भाद्रपछि गरेको प्रयासमा सफलता मिल्नेछ ।

कृषक : कृषि तथा व्यवसायमा फाइदै हुनेछ । तर सकारात्मक परिणाम प्राप्त गर्न दौडधूप नै गर्नु पर्ने हुन्छ । पाँचौं राहुले पशुचौपायाबाट आंशिक लाभ दिए पनि अष्टमस्थ शनिले रोगव्याधि सिर्जना गर्नसक्छ । वनपैदावरसँग सम्बद्ध क्रियाकलापमा राम्रै छ । वर्षेबालीमा अनेकानेक रोगको सम्भावना देखिन्छ, अन्नपातका तुलनामा फलफूल र तरकारी खेतीबाट लाभ लिन सकिनेछ । वर्षान्तमा कृषि क्षेत्रमा नयाँ प्रविधि र सीपलाई प्रयोग गर्ने अनुकूलता मिल्नसक्छ ।

उद्यमी र व्यापारी : बृष राशिका व्यापारी वा व्यवसायीहरूमध्ये आयातनिर्यात, मार्केटिङ, ठेक्कापट्टा र होटलमोटेलका क्षेत्रमा लागेकाहरूले मात्र नयाँ वर्ष २०७४ मा लाभ प्राप्त गर्न सक्ने देखिन्छ, तर सेयरमार्केट, बैंक र वित्तीय क्षेत्रका व्यवसायीहरूको स्थिति सन्तोषजनक रहने छैन । मिलमेसिनरी, हार्डवेयर, तुलफूल र रसादि, कृषिउपज, वनपैदावर र फलामका विक्रेताहरूमा आठौं शनिको प्रकोप छ । बौद्धिक, प्रकाशन, इलेक्ट्रोनिक, कला र साजसज्जाका क्षेत्रका व्यापारी वा व्यवसायीका लागि यो वर्षको साउनसम्म राम्रो छ ।

सामाजिक कार्यकर्ता : सामाजिक र राजनैतिक क्षेत्रका व्यक्तिका लागि नयाँ वर्ष २०७४ सन्तोषजनक रहने छैन । नेतृत्व वर्ग टाढिने सम्भावना छ । कार्यस्थल र जनस्तरमा धेरै खट्नु पर्नेछ । सोचेको परिणाम प्राप्त गर्न निकै सङ्घर्ष गर्नु पर्ने छ । महत्त्वाकाङ्क्षा र आशा फलिभूत हुन सक्दैनन् । भाद्रमहिनाको सुरुदेखि नै ईर्ष्या गर्नेहरू बढ्नेछन् भने शत्रुहरूबाट दुःख पाइनेछ ।

समग्रमा बृष राशि हुने जातकहरूका लागि यस वर्षमा ज्येष्ठ, श्रावण, कात्तिक, फाल्गुन र चैत्र महिना सार्थक रहने छन् । अचल सम्पत्ति र पैतृक सम्पत्तिमा लाभ नै हुनेछ । घुमघाम, मनोरञ्जनात्मक क्षेत्र, तीर्थयात्रा र वैदेशिक कार्यक्रम सफल नै हुनेछन् । खासगरी वर्षको सुरुमा जेठ ६ गतेसम्म र मंसिर एक गतेदेखि वर्षान्तसम्म अष्टमस्थ शनिको अढैयाको प्रकोप रहने जन्मकुण्डलीमा समेत शनिको नकारात्मक स्थिति भएमा कार्यमा शिथिलता र स्वास्थ्यमा नकारात्मता देखिने सम्भावना भएकाले बृष राशिका सबै व्यक्तिले प्रत्येक शनिबार पीपलमा जल चढाउनु, काला चिजबिज र छायाँपात्र दान गर्नु र भगवान् विष्णुको आराधना गर्नु श्रेयस्कर हुनेछ ।

मिथुन राशि
नयाँ वर्ष २०७४ मिथुन राशिका जातकका लागि मिश्रित परिणामका साथमा उपस्थित भएको छ । परिवारमा माङ्गलिक कृत्य सम्पादन गर्ने वातावरण बन्नेछ । आर्थिक उन्नतिका निमित्त नयाँनयाँ मार्गहरू प्राप्त हुनेछन्, गरिएका प्रयास सफल हुनेछन् । नोकरी, व्यवसाय र सामाजिक काममा मानसम्मान प्राप्त हुनेछ । सन्ततिपक्षबाट प्रसन्नता प्राप्त हुनेछ, तिनका उन्नति, प्रगतिका समाचार सुन्न पाइन्छ । वर्षको प्रारम्भमा नै वा अन्त्यमा भूमि, वाहन र भौतिक सुखसुविधाका वस्तु जुटाउने अवसर पाइने छ । अयाचित लाभ पाउन सकिन्छ । भाद्रपछि शैक्षिक र प्राज्ञिक उन्नयनका लागि गरिएका प्रयास सफल हुनेछन् । वर्षारम्भ र वर्षान्तमा सातौं भावमा शनि रहने भएकाले पुर्ख्यौली सम्पत्ति र लेनदेनको कारोबारमा झैझगडाको सम्भावना देखिन्छ । दाम्पत्य र प्रेमसम्बन्धमा विश्वासको सङ्कट उत्पन्न हुनेछ । दाजुभाइ र आफन्तका बीचमा मनमुटाव हुन सक्छ । धार्मिक र सामाजिक काममा मन जाँदैन । बौद्धिक र प्राज्ञिक क्षेत्रमा असफल भइन्छ । वर्षको उत्तरार्द्धमा द्वादश भावमा राहु रहने हुँदा महत्त्वाकाङ्क्षा फलीभूत हुने छैनन्, फजुलका विवाद र कलहमा फँस्ने भय हुनेछ । यस राशिका विभिन्न व्यक्तिहरूको आमजीवनमा निम्न प्रभाव रहने देखिन्छ :
विद्यार्थी : राशिस्वामी र बुद्धिपति दुबै बक्री भएकाले यो वर्ष पठनपाठनका क्षेत्रमा मिथुन राशिका विद्यार्थीका लागि त्यति अनुकूल वर्ष रहने छैन । यद्यपि अनुसन्धान तह एवं मानविकी, व्यवस्थापन, कानुन र शिक्षाशास्त्रका अन्य अध्येताले राम्रो परिणाम हात पार्ने सङ्केत छ, तर विज्ञान तथा प्रविधि एवं प्रायोगिक विषयका अध्येताका लागि दिमागी उल्झन र मनोरोगले पढाइलेखाइमा बाधा पुर्याउने सङ्केत छ । किशोर उमेरका छात्रछात्रामा प्रेमप्रसङ्ग, भावना र मनोरञ्जनले जरो गाड्ने सम्भावना छ । बाल्यावस्थाका विद्यार्थीका अभिभावकले समुचित अनुशासन र संस्कार प्रदान गर्न सकेमा केही सफलता दिलाउन सक्छन् । त्यस्तै वैदेशिक क्षेत्रका शैक्षिक कार्यक्रमले निराश नै बनाउने छ । तर भाद्रपछि केही राम्रा प्रभावहरू देखिन सक्छन् ।

गृहिणी : मिथुन राशिका गृहिणीका लागि यो वर्ष सामान्य रहने छ । रामरमाइलो र घुमघामको अनुकूलता मिल्दैन, व्यवहारिक समस्या हल गर्दागर्दै वर्ष बितेको पत्तो पाइँदैन, तर ठूला र डरलाग्दा समस्या वा झन्झटको सामना गर्नुपर्दैन । मातापिता वा अभिभावकको स्वास्थ्यस्थितिमा उतारचढाव आइरहने छ । वर्षको उत्तरार्द्धमा सातौं भावमा शनिको उपस्थिति रहने भएकाले मानसिक सन्तुलनमा कमी आउने छ, चिडचिडेपना र जिद्दीपन बढ्न सक्छ, सचेत रहनु पर्छ । दाम्पत्य जीवनमा पटकपटक विचारको बेमेल देखिन सक्छ । वर्षको प्रारम्भमा घरायसी समस्यामा केन्द्रित खर्चको मात्रा बढ्ने छ । खर्च बढ्ने कुनै आकस्मिक घरायसी वा सामाजिक काम हुनसक्छ । तर भाद्रपछि बृहस्पति अनुकूल बन्नाले सन्ततिलाभ वा तिनको उन्नतिप्रगतिको समाचारले मन प्रसन्न हुनेछ ।

कर्मचारी र श्रमिक वर्ग : जगल्लग्न भाग्यभावमा परेको र त्यसमा पञ्चमेशको उपस्थिति भएकाले यस वर्ष भाग्यबृद्धि हुनाका साथै आर्थिक रूपले राम्रो फाइदा हुनेछ । वर्षको पूर्वार्द्धभित्रै मनले चाहेको ठाउँमा सरुवा हुने वा इच्छाएको फाँट, ठाउँ वा जिम्मेबारी प्राप्त हुनेछ । माथिल्लो निकायसँगको सम्बन्धमा अचानक सामीप्यता बढ्ने छ । नचिताएको क्षेत्रमा सफलता मिल्ने देखिन्छ । साउनपछि दसौंभावमा केतु जाने हुँदा हाकिम वा अभिभावकसँगको सम्बन्धमा दूरी बढ्ने सम्भावना देखिन्छ । विश्वासमा पारेर धोका दिनेहरूले सताउनेछन् भने साथीभाइसँग पनि सुमधुर सम्बन्ध कायम नहुन सक्छ ।

कृषक : यो वर्ष मिथुन राशिका कृषकका लागि अनुकूल वर्ष छैन । प्रायः वर्षभरि अग्निप्रकोप, हावाहुण्डरीको प्रकोप हुने र सामान हराउने वा चोरी हुने सम्भावना देखिन्छ, तर तुलफूल, रसादि र नगदे बालीले फाइदा पुर्याउने सङ्केत छ । घरायसी बन्दोबस्ती, सुखसुविधाका साधन, जग्गाजमिन आदिमा धनलगानीको सम्भावना छ । ऋणसापटीतर्फ आकर्षण बढ्ने छ । भाद्रपछि पेसागत समस्या देखापर्नुका साथै छोराछोरीका आवश्यक कार्य र पढाइमा लगानी बढाउनु पर्ने देखिन्छ ।

उद्यमी र व्यापारी : व्यापारीहरूका लागि नयाँ वर्ष लाभदायक वर्षका रूपमा रहनेछ । होटलमोटल, मिलमेसिनरी, कलकारखाना र फलामसम्बद्ध कारोबारीले उत्तम लाभ प्राप्त गर्नेछन् । भाद्रपछि जोखिममूलक काम, आयातनिर्यात, मार्केटिङ र वैदेशिक प्रयोजनका व्यापारीका लागि राम्रो छ । घरजग्गा, बैंक र वित्तीय क्षेत्र, शेयर मार्केट, फेसन डिजाइनका क्षेत्रमा भने मध्यम खालको समय छ । तर वर्ष प्रवेशका समयमा सातौं घरमा बक्री शनि रहेकाले साझेदारी काममा सतर्क भएर अघि बढ्नु राम्रो हुन्छ ।

सामाजिक कार्यकर्ता : सामाजिक र राजनैतिक क्षेत्रका मिथुन राशिका व्यक्तिका लागि यो वर्ष आकस्मिक रूपमा लाभ हुने वर्ष छ । बोलीको प्रभाव बढ्ने छ । सामाजिक इज्जत र प्रतिष्ठा कायम हुनेछ । मुद्दामामिला, झैझगडा, प्रशासनिक काम आदिबाट फाइदा हुनेछ । निर्णयात्मक क्षमता बढ्नेछ । वर्षको सुरुमा शनिको बक्रताका कारण निराशा र वैराग्यको भावना बढ्ने छ, सोचेका र हाँकेकाताकेका कामकुरामा अवरोध सिर्जना हुनेछ । महत्त्वाकाङ्क्षी योजनामा रोकावट आउने छ ।

समग्रमा मिथुन राशि हुने व्यक्तिका लागि आगामी २०७४ सालको वैशाख, भदौ, मंसिर र चैत्र महिना सहयोगी रहने छन् । जगल्लग्न भाग्यभावको राशि कुम्भ रहेकाले वर्षारम्भमा नै सप्तम भावमा रहने बक्री शनिको प्रभाव हुँदा प्रशासनिक झमेला, मुद्दामामिला र झैझगडाको सिर्जना होला, तर जेठदेखि कार्तिकसम्म शनि अनुकूल बन्नाले प्रतिस्पर्धा एवं मुद्दामामिलामा विजयी भइने छ । सातौं शनिका कारण जीवनसाथीको स्वास्थ्यप्रति सचेत हुनुपर्छ । त्यसैले यो वर्ष भक्तिभावपूर्वक बुध र शनिको मन्त्रजाप, छिन्नमस्ता एवं काली भगवती र वटुकभैरवको पूजा–उपासना गरी वर्षान्तमा शनिको स्वस्तिशान्तिको आयोजना गर्नाले विघ्नविनाश गर्न धेरै सहयोग पुग्नेछ ।

कर्कट राशि
कर्कट राशिका जातकका लागि नयाँ वर्ष २०७४ केही राम्रा र केही नराम्रा परिणामका साथमा उपस्थित भएको छ । बन्दव्यापार फस्टाउने छ । भूमि, वाहन र भैतिक सम्मृद्धिका प्रयास सफल हुनेछन् । शत्रुहरू पराजित हुनेछन् । नोकरीमा मानसम्मान पाइने छ । सामाजिक कामबाट प्रशंसा पाइने छ । सन्तति र भाइबहिनीले खुसी दिनेछन् । तर जेठदेखि कार्तिकसम्म शनि पञ्चम भावमा रहने हुँदा कुबुद्धिको प्रबलता बढ्ने देखिन्छ । अनावश्यक वादविवाद र बहसले तनाव सिर्जना गर्नसक्छ । मानसिक व्यथा र खिन्नता बढ्ने स्थिति आउने छ । वैदेशिक प्रयोजनका कामबाट फाइदा लिन सकिंदैन । खर्चको मात्रामा अत्यधिक बृद्धि हुने सङ्केत छ । भाद्रपछि बृहस्पतिले सुखभावमा प्रवेश गर्ने भएकाले घरपरिवारमा खुसीको वातावरण बन्नेछ । माङ्गलिक कर्मको आयोजना हुनसक्छ । साउनपछि सातौं भावमा राहुको प्रवेश हुने हुँदा उत्ताउलोपनमा नियन्त्रण गर्नु जाति हुनेछ, साझेदार वा पतिपत्नीका बीचमा कलहको वातावरण बन्नेछ । वर्षान्तमा पञ्चम भावको बृहस्पतिले सन्ततिपक्षबाट प्रसन्नता दिलाउने छ । सामान्यतया यस वर्षको वैशाख, जेठ, असोज र पुस महिना तपार्इंका लागि अनुकूल महिना हुनेछन् । यस राशिका विभिन्न व्यक्तिहरूको आमजीवनमा निम्न प्रभाव रहने देखिन्छ :

विद्यार्थी : कर्कट राशिका जातकका लागि नयाँ वर्ष २०७४ ले शैक्षिक र प्राज्ञिक उन्नयनको स्तरमा बृद्धि गर्ने सङ्केत छ । राशिस्वामीले पञ्चम स्थानमा उपस्थिति जनाएको तथा पञ्चमेश स्वगृही भर्इ पराक्रम स्थानमा बसेको हुँदा जुनसुकै क्षेत्रमा सफलताको आशा गर्न सकिन्छ । अझ भाद्रसम्म बृहस्पतिको भाग्यमा दृष्टि हुनाले र फागुन र चैत्रमा बुद्धिस्थानमा रहने हुँदा उक्त अवधिमा उच्चशिक्षाका अध्येताले राम्रो प्रगति गर्नेछन् भने कतिपय क्षेत्रमा चिताएभन्दा राम्रो परिणाम हात पार्ने सम्भावना हुन्छ । वर्षको अन्त्यमा पेसा वा रोजगारीका प्रतिस्पर्द्धामा सफल भइने छ । पढाइलेखाइका क्षेत्रमा देखिएका घरायसी र व्यवहारिक झन्झटहरू निवारण हुनेछन् । वैदेशिक प्रयोजनका शिक्षादीक्षामा यस राशिका जातकका लागि समग्र वर्ष नै राम्रो छ । प्रायोगिक र सीपमूलक क्षेत्रका छात्रछात्राका लागि पनि कमजोर समय हुनेछैन ।

गृहिणी : यस वर्ष कर्कट राशिका गृहिणीहरूका लागि अनुकूल समय नै रहने छ । पञ्चमेश कर्मक्षेत्रमा रहेकाले सन्ततिको लगनशीलता र मिहिनेतले राम्रो परिणाम प्रदान गर्ने छ । भाद्रपछि बृहस्पतिको अनुकूलताले घरायसी मालताल जोड्ने अनुकूलता मिल्न सक्छ । घरपरिवारमा ठूलै धनराशि खर्च गरी कुनै माङ्गलिक कृत्य वा धार्मिक समारोहको आयोजना हुने सम्भावना देखिन्छ । भौतिक सुखसुविधाका सामाग्री र जमिनजायदात जोड्ने अनुकूलता मिल्नेछ । वर्षको सुरु र कार्तिकपछिको समय विशेषतः शुभफल प्रदान गर्ने समय हुनेछ । तर आफ्नो राशिबाट अष्टम भावमा जगल्लग्न परेकाले विशेषतः स्वास्थ्यस्थितिप्रति सचेत हुनुपर्छ, विभिन्न मौसमी रोगको प्रकोप देखिन सक्छ । मनोरोगी र डिप्रेसनका समस्या हुनेहरूले असारदेखि कार्तिकसम्म सतर्क रहनु आवश्यक छ ।

कर्मचारी र श्रमिक वर्ग : यस पटक कर्मक्षेत्रबाट उल्लेखनीय लाभ मिल्ने सम्भावना छ । बढुवा, जिम्मेबारी र प्रतिष्ठा बढ्ने काम हुनेछन् । लाभप्रद कामहरू हात पर्नेछन् । नयाँ र रमाइलो ठाउँमा सरुवा, फाइदाजनक क्षेत्रको काम गर्न पाइने र आर्थिक पक्षमा उल्लेखनीय टेवा पुग्ने सम्भावना देखिन्छ । तर भाद्रमा बृहस्पति चौथो घरमा रहने भएकाले हाकिम, मातापिता वा स्वामीसितको सम्बन्ध बिग्रिने सम्भावना छ, कामको चाप बढ्ने छ, साथै अनावश्यक जिम्मेबारी लिनु पर्ने हुन्छ । घरमा धार्मिक, पारम्परिक र माङ्गलिक कार्य सम्पन्न हुनेछन् । फागुन र चैत्रमा प्रतियोगिता वा प्रतिस्पर्द्धाबाट लाभ लिन सकिन्छ ।

कृषक : अष्टम भावमा जगल्लग्न परेको र वर्षान्तमा छैटौं शनि र तेस्रो राहु रहने भएकाले यो वर्ष कर्कट राशिका कृषकहरूले निकै सास्ती ब्यहोर्नु पर्नेछ । बर्खे बालीका तुलनामा हिउँदे बालीबाट बढी नोक्सानी हुने सम्भावना छ । सार्वजनिक कामका लागि दौडधूप गर्नुपर्ने देखिन्छ । तर भाद्रपछि बृहस्पति चतुर्थ भावमा जाने भएको र कर्मेश स्वगृहमा रहेकाले नयाँ जग्गाजमिनको जोहो हुनसक्छ । कृषिउपजमा उल्लेखनीय बढोत्तरी हुनेछ । नयाँनयाँ प्रविधि र सीपको प्रयोग गरिने छ । आर्थिक पक्षमा दूरगामी फाइदा हुनसक्छ । फाल्गुन र चैत्रमा सन्ततिपक्षका काममा सरिक हुनु पर्नेछ ।

उद्यमी र व्यापारी : खासगरी औषधी, जडीबुटी, तुलफूल, मार्बल, चाँदी, इलेक्ट्रीकल सामान, तरल पदार्थ, दुग्धजन्य वस्तु, सेतो पदार्थ आदिका कारोबारबाट अत्यन्त फाइदा हुनेछ । छैंटौं शनि भएकाले फलाम र मिलमेसिनरीबाट लाभ लिन सकिने छ । बौद्धिक, प्राज्ञिक र शैक्षिक क्षेत्र, जग्गाजमिन, अचल सम्पत्ति, रङ्गरोगन, सल्लाहकारिता वा परामर्श व्यवसायीले पनि राम्रै लाभ पाउने छन् । समग्रमा पटके र छोटो समयमा पूर्ण हुने व्यापारिक कारोबारबाट राम्रो लाभ लिन सकिने वर्ष छ, २०७४ ।

सामाजिक कार्यकर्ता : कर्मक्षेत्रमा स्वगृही मङ्गल ग्रह रहेकाले राजनैतिक, कुटनैतिक र पत्रकारिताका क्षेत्रमा राम्रो प्रतिफल प्राप्त हुनेछ । सामाजिक र राष्ट्रिय प्रतिष्ठा प्राप्त हुनेछ । भ्रमण, मनोरञ्जन र रामरमाइलोमा वर्ष बितेको पत्तो पाइने छैन, परिणामतः नेतृत्ववर्ग र हाकिम अनुकूल भए पनि कार्यकर्ता वा कार्यक्षेत्रका व्यक्तिहरु टाढिने सम्भावना हुन्छ । बोलीमा विशेष प्रभाव रहने छ तर वर्षप्रवेशका समयमा राशिस्वामी चन्द्रमा नीच भएकाले निर्णयमा दोधारे मनस्थिति बन्नाले नयाँ योजनाहरू कार्यान्वयन गर्न कठिनाइ हुनेछ । महत्त्वाकाङ्क्षा बढ्न सक्छन्, तर पूरा गर्न निकै सङ्घर्ष गर्नुपर्छ ।

समग्रमा कर्कट राशि हुने व्यक्तिका लागि आगामी २०७४ सालको वैशाख, जेठ, असोज र पुस महिना फलदायक रहने छन् । असारदेखि कार्तिकसम्म पाँचौं शनिले बुद्धिपक्षमा नकारात्मक प्रभाव पार्ने देखिन्छ । नववर्ष प्रवेशका दिन नीच राशिमा चन्द्रमा रहेका कारण यो वर्ष व्यस्त दिनचर्याका साथमा व्यतीत हुनेछ । व्यवहारिक र घरायसी खर्चमा बृद्धि हुनेछ । दाजुभाइ र साझेदारहरुका साथमा आर्थिक झमेला हुनसक्छ । कर्कट राशिका जातकले सम्पूर्ण दृष्टिले यस वर्षको शुभफल प्राप्त गर्न वर्षको प्रारम्भमा नै अरिष्ट निवारण र निर्विघ्न कार्यसिद्धिका लागि कुनै शक्तिपीठमा गई काली एवं वगलामुखी भगवतीको पूजा–आराधना गर्दा समयलार्इ फलदायी बनाउन मद्दत पुग्नेछ ।

सिंह राशि
सिंह राशिका जातकका लागि यस वर्षको सुरुवातमा राशिमा राहुको उपस्थिति रहेको र जेठदेखि कार्तिकसम्म शनिको चतुर्थ भावको अढैया रहने भएकाले केही नकारात्मक फलहरु प्राप्त भए पनि समग्रमा राम्रै प्रभाव रहने देखिन्छ । खासगरी झैझगडा र विवादका सम्भावना बढी हुन्छन् । आफन्त र नातेदारका बीचमा सम्बन्ध चिसिन सक्छ । पुर्ख्यैली सम्पत्तिका कारण तनाव झेल्नुपर्छ । पेट, नसा र घुँडाका समस्याले पिरोल्न सक्छ । यद्यपि वर्षको मध्यभागमा माया मारेको सम्पत्तिको हातलागी हुनेछ । आम्दानीका नयाँ मार्गको पहिचान हुनेछ । नोकरी र सामाजिक कार्यमा मानसम्मान प्राप्त हुनेछ । बन्दव्यापार र खेतीपातीबाट पनि लाभ लिन सकिने छ । शत्रुहरू वशमा रहने छन् । वैदेशिक प्रयोजनका कामबाट लाभ लिन सकिने छ । दाम्पत्यसम्बन्ध सुमधुर रहने छ । सुरुमा राशिमा रहेको राहुले महत्त्वाकाङ्क्षा बढाएर धोका दिनसक्छ भने वर्षान्तमा द्वादश भावमा गएर भ्रमण, पर्यटन र मनोरञ्जनात्मक क्रियाकलापमा धनव्ययको सङ्केत गर्नेछ । यस राशिका विभिन्न व्यक्तिहरूको आमजीवनमा निम्न प्रभाव रहने देखिन्छ :

विद्यार्थी : समग्रमा यो वर्ष सिंह राशिका जातकको ज्ञान र बुद्धिमा सकारात्मक फल लिएर उपस्थित भएको छ । तर वर्षको सुरुको चार महिना शैक्षिक, बौद्धिक र प्राज्ञिक क्षेत्रका व्यक्तित्वका लागि अनुकूल हुने छैन । मन उत्ताउलो, भावुक र कल्पनाशील बन्नेछ । यात्रा, मनोरञ्जन र खेलवाडले पनि पठनपाठन प्रभावित बन्न सक्छ, तर भाद्रपछि बौद्धिक क्रियाकलापमा महत्त्वपूर्ण सफलता आर्जन गर्न सक्ने सम्भावना देखिन्छ । कुनै पुरस्कार, सम्मान र प्रशंसासमेत प्राप्त हुने सम्भावना छ । घरबाहिर वा विदेशमा शैक्षिक उपलब्धीका लागि गरिएका प्रयासहरू सफल हुनेछन् । वर्षको प्रारम्भमा अफ्नै राशिमा राहु मँडारिई रहेकाले उच्च तहमा अध्ययनरत छात्रछात्राले मनोरञ्जन, खेलवाड र भोगविलासका कारण निराशा ब्यहोर्नु पर्छ, सचेत रहनु होला ।

गृहिणी : सिंह राशिका गृहिणीका लागि नयाँ वर्ष २०७४ उत्तम परिणामका साथमा आएको छ, घुमघाम, मनोरञ्जन र रसरङ्गले ग्राह्यता पाउने छ । पति र छोराछोरीले पनि आफ्नो कार्यक्षेत्रमा राम्रो सफलता आर्जन गर्ने सम्भावना छ । केटाकेटीको वैदेशिक यात्राका प्रयास सफल हुनेछन् । तर साउनसम्म राशिमा राहु र सातौं भावमा केतु रहेकाले मानसिक बोझ बढेको अनुभूति हुनेछ । राहुका कारण लग्नकुण्डलीमा कालसर्प योग, चन्द्र ग्रहण योग वा माङ्गलिक योग छन् भने अथवा राहुको महादशा छ भने पतिका चारित्रिक दुर्गुणहरू देखिने सम्भावना हुन्छ वा पतिको स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न हुनसक्ने सम्भावना हुन्छ । त्यसैले वर्षको उत्तरार्द्धलार्इ बढी फलदायी समयका रूपमा लिन सकिन्छ ।

कर्मचारी र श्रमिक वर्ग : पेसाकर्मीहरूका लागि यो वर्ष सकारात्मक देखिएको छ । नोकरीमा मानसम्मान, प्रतिष्ठा र पुरस्कारको योग छ । धैर्य र साहसको वातावरणले आर्थिक पक्ष सुदृढ बन्नेछ । घरछेउछाउका कर्मचारीले भने सरुवा भई टाढा पुग्ने परिस्थिति सिर्जना हुनसक्छ, तर वैदेशिक रोजगारीमा रहेकाहरुका लागि शुभ्यफाप्य नै हुनेछ । वर्षको सुरुमा अनावश्यक व्ययभार थपिन सक्छ । कर्मेश अष्टम भावमा बक्री रहेकाले गरेका कामको सही मूल्याङ्कन हुन नसक्ने तथा जोखिम हुने कामका कारण प्रशासनिक झमेला आउने सम्भावना पनि देखिन्छ ।

कृषक : कृषि क्षेत्रका सिंह राशिका जातकका लागि यो वर्ष मिश्रित फल प्राप्त हुनेछ । बर्षे बालीमा किराफट्याङ्ग्राको प्रकोप हुनसक्छ । पशुचौपायाबाट राम्रै लाभ लिन सकिन्छ । वर्षे बालीबाट उस्तो लाभ लिन नसकिए पनि नगदेबालीले फाइदा दिनेछ । वर्षको सुरुमा नै नयाँ जग्गाजमिन वा अचलसम्पत्तिको योग बन्नसक्छ । दाजुभाइबीचको असमझदारी र पैतृक सम्पत्तिको विवाद बढ्न सक्ने सम्भावना छ । घरमा मांगलिक कार्य हुनाले खर्चको मात्रामा बृद्धि हुनेछ ।

उद्यमी र व्यापारी : भाद्रपछिका दिनहरूमा सामाजिक सक्रियता बढ्नाले बन्दव्यापारमा आंशिक प्रभाव पर्नसक्छ । प्रशासनिक क्षेत्र र साझेदारहरूसितको सम्बन्धमा भने चिसोपन आउन सक्छ, अनावश्यक झैझमेलाको स्थिति सिर्जना हुनेछ । स्थिरसम्पत्ति र वित्तीय क्षेत्रबाट राम्रो लाभ मिल्न सक्छ । नयाँ उद्योगधन्दा र कलकारखानाको स्थापनाका लागि यो वर्षको सुरुको दुर्इ महिना र कार्तिकदेखि उताको समय सकारात्मक भएर आएको छ । नयाँ ठाउँमा लगानीको वातावरण बन्नेछ ।

सामाजिक कार्यकर्ता : सामाजिक र राजनैतिक क्षेत्रमा लागेका सिंह राशिका जातकका लागि यो वर्ष त्यति राम्रो छैन । साउनदेखि मुखमा राहु र सुरुमा धनस्थानको बक्री बृहस्पति परेकाले बोलीमा प्रभाव रहने छैन । झुट्ठा आरोप, झैझगडा र मुद्दामामिलाका क्षेत्रबाट लाभ लिन सकिने छ, यद्यपि सतर्क रहँदै काम गर्नु पर्नेछ । नेतृत्व तहमा राम्रै सम्बन्ध बनाउन सकिन्छ । जेठदेखि कार्तिकसम्म शनिको अढैया रहने हुँदा घरपरिवारमा समस्याले पनि मानसिक खिन्नता उब्जाउने सम्भावना देखिन्छ ।

समग्रमा सिंह राशिका जातकका लागि राम्रै राशिफल भए पनि वर्षको सुरुमा चार महिनासम्म आफ्नो राशिमा राहु ग्रहको प्रकोप रहेकाले नकारात्मक फल प्राप्त हुने देखिन्छ । त्यस्तै असारदेखि कार्तिकसम्म चौथो घरको अढैया शनि भएकाले पारिवारिक व्यवधान र शत्रुबाधा उत्पन्न हुने भएकाले उन्नति प्रगतिमा केही बाधा हुनसक्छ । त्यसैले ग्रहजन्य दुष्टफल निवारणका लागि यस वर्षको प्रारम्भमा नै शनिमृत्युञ्जय र राहुसूक्तको पाठ वा वर्षभरि शनि र राहुको विशेष आराधना वा विधिपूर्वक वटुक भैरव तथा काली भगवतीको पूजा–उपासना गर्नाले यस वर्षलाई उन्नत र सार्थक तुल्याउन मद्दत पुग्नेछ ।

कन्या राशि
कन्या राशिका जातकहरूका लागि यस वर्षको प्रारम्भका चारवटा महिना शुभकारक महिना हुनेछन् भने त्यसपछि पनि सामान्यतया शुभफल नै प्राप्त हुने सम्भावना छ । वर्षको प्रारम्भमा नै शनिश्चरको अढैया देखिएको र मंसिरदेखि अन्त्यसम्म नै अढैयाको प्रकोप रहने भएकाले मानसिक तनाव, स्वास्थ्यसम्बद्ध विविध समस्या, आफन्तमा वैरभाव, आर्थिक सङ्कट र काममा ढिलासुस्तीका लक्षणहरू देखिने छन् । उक्त अवधिमा पठनपाठनमा मन जानेछैन । नोकरीमा जति खटे पनि अपजस ब्यहोरिरहनु पर्छ । दाम्पत्य सम्बन्धमा विश्वासको सङ्कट उत्पन्न हुनसक्छ । तर भाद्रसम्म देवगुरु आफ्नै राशिमा रहने र त्यसपछि धनस्थानमा प्रवेश गर्नाले पदोन्नति हुनेछ, शत्रुमाथि विजय प्राप्त हुनेछ र पारिवारिक समस्या हल गर्न मन जानेछ । वैवाहिक जीवन, सन्तानसुख, पेसागत स्थिरताका लागि प्रतीक्षा गर्दै गरेका जातकले इच्छा पूर्ण गर्ने अवसर आउने छ । शुभचिन्तक एवं सहयोगीहरूले साथ दिनेछन् । धार्मिक, सामाजिक र सांस्कृतिक काममा संलग्न भइने छ । वैदेशिक यात्राबाट लाभ मिल्नेछ । यस राशिका विभिन्न व्यक्तिहरूको आमजीवनमा निम्न प्रभाव रहने देखिन्छ :

विद्यार्थी : लग्नेश, पञ्चमेश र भाग्येश तीनवटै ग्रह तथा राशिमा बसेको बृहस्पतिसमेत वर्षप्रवेशका समयमा बक्री रहेकाले नयाँ वर्ष २०७४ को पूर्ण अवधि तपार्इंका लागि त्यति सकारात्मक देखिंदैन । अत्यधिक महत्त्वाकाङ्क्षा, आत्मरतिमा भुलिने बानी, मनोरञ्जनात्मक क्रियाकलाप, जिम्मेबारीबोधको अभाव आदिले पठनपाठन र प्राज्ञिक उन्नयनका क्षेत्रमा गम्भीर असर पार्ने सम्भावना छ । त्यस्तै घरायसी झैझमेला र व्यवहारिक अड्चनले पनि तपार्इंको दैनिकीमा प्रभाव पार्ने सम्भावना छ । पेसा वा रोजगारीका प्रतिस्पर्द्धा र प्रतियोगितामा सफल हुन निकै घोत्लिनु पर्छ । खासगरी कानून, न्याय, मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र अदि क्षेत्रमा मिहिनेत अनुसारको परिणाम पाउन सकिन्छ, तर विज्ञान, प्रविधि र प्रायोगिक क्षेत्रमा अफ्नै कमजोरीले असफल भइने डर हुन्छ ।

गृहिणी : कन्या राशिका गृहिणीका लागि यो वर्ष त्यति सकारात्मक रहने सङ्केत देखिंदैन । एक्लोपन र निराशाले सताउने सम्भावना छ । सन्ततिको उन्नतिप्रगतिमा बाधा उत्पन्न हुनेछ । घुमघाम, मनोरञ्जन र रामरमाइलोका लागि समय निकाल्न सकिंदैन । बृद्धबृद्धा र अभिभावक वर्गको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्ने छ । जगल्लग्नमा छैटौं राशि परेको हुँदा आफन्त र सँगीसाथीसँग झैझगडा र विवादको सम्भावना पनि छ । साउनपछि राहु राशिमा आउने भएकाले मानसिक कमजोरी र निराशाको सम्भावना छ । पतिको कुण्डलीमा समेत खराब ग्रहगोचर हुँदा उनको स्वास्थ्यस्थिति कमजोर बन्ने हुँदा त्यसपछि हेराइकोराइ गरी ग्रहशान्ति गर्नु मुनासिब हुनेछ । तर कामकाजी महिलाका लागि केही अनुकूलताहरू प्राप्त हुनेछन् । पद र प्रतिष्ठा बृद्धिका लागि गरिएका प्रयास सफल हुनेछन् ।

कर्मचारी र श्रमिक वर्ग : कर्मचारी र श्रमिक वर्गले यो नयाँ वर्षमा आशाअनुरूप सफलता आर्जन गर्नेछन् । भौतिक सुखसुविधाका वस्तु र अचल सम्पत्तिको जगेर्ना गर्ने वेला आएको छ । भाद्रपछि बृहस्पति धनस्थानमा जाने भएकाले अचानक धनधान्यको बृद्धि हुन थाल्नेछ । तर वैशाख र जेठ तथा कार्तिकदेखि वर्षान्तभरि चौथो शनि रहने हुँदा जोखिम र महत्त्वाकाङ्क्षी काममा नोक्सानी हुनेछ । पारिवारिक समस्या र स्वास्थ्यस्थितिमा उतारचढाव आइरहने छ, जसले व्यवसायिक र पेसागत जिम्मेबारी पूर्ण गर्न कठिनाइ सिर्जना गर्न सक्छ ।

कृषक : वर्षको प्रारम्भ र कार्तिकदेखि उताको समयमा चौथो शनिका कारण यस पटक खेतीपातीबाट धेरै लाभ प्राप्त गर्न सकिंदैन । पारिवारिक सुखसन्तुष्टि त मिल्नेछ, तर अभिभावक वर्ग वा मातापिताको स्वास्थ्यस्थितिप्रति चिन्तित बन्नु पर्ने छ । जग्गाजमिन वा पुर्ख्यौली सम्पत्तिमा विवाद हुनसक्छ । दाजुभाइ भिन्न हुने परिस्थिति पनि आउन सक्छ । बर्षेबालीका तुलनामा हिउँदे बालीबाट पर्याप्त लाभ पाइने छ । पशुधन र पन्छीसम्पदाबाट पनि निराशा नै ब्यहोर्नु पर्छ । सामाजिक र परोपकारका काममा धन लगानी गर्नुपर्ने परिस्थिति सिर्जना हुनेछ ।

उद्यमी र व्यापारी : शनिको अढैया महादशा रहेकाले हौसिएर काम गर्नु मुनासिब हुँदैन । परोपकार र सामाजिकसेवाका क्षेत्रमा खर्च बढ्न सक्छ । यद्यपि उद्यमीरव्यापारीका प्रशासनिक क्षेत्र र राज्यपक्षबाट हुने काम निर्बाध सम्पन्न हुनेछन् । नयाँनयाँ उद्योग र कलकारखाना स्थापनाका लागि समय उपयुक्त हुनेछ । रोकिएको काम बन्नेछ । विशेषतः बैंक, वित्तीय क्षेत्र, शेयर मार्केट, इलेक्ट्रिकल, इलेक्ट्रोनिक, हाउजिङ, प्लटिङ, जनस्वास्थ्यसम्बद्ध व्यापारी र व्यवसायीका लागि यो वर्ष उत्तम छ । वर्षको मध्यभागमा ९भाद्रदेखि कार्तिकसम्म० हर्षित हुने वातावरण तैयार हुनेछ ।

सामाजिक कार्यकर्ता : राजनीति र सामाजिक कार्यमा लागेका कन्या राशिका व्यक्तिहरूले यो वर्ष केही राम्रा परिणामहरू प्राप्त गर्नेछन् । नेतृत्व पङ्क्ति र जनस्तरको सम्बन्धलाई राम्ररी उपयोग गर्न सक्नेछन् । कुण्डलीमा शनिको राम्रो उपस्थिति छ भने त यिनले यस पटक उच्च पद प्राप्त गर्ने सम्भावना पनि देखिन्छ । घरमा र स्थानीयस्तरमा रोकिएका कामलाई निरन्तरता प्रदान गर्न बल पुग्नेछ । साउनपछि राहुले देशदेशान्तरको यात्राको योग सिर्जना गर्नेछ, तर चारित्रिक रुपमा सतर्क हुन नसके अवगाल ब्यहोर्नु पर्ने हुन्छ ।

समग्रमा कन्या राशिका जातकका लागि वर्षको सुरुमा राशिपति आठौं घरमा शत्रुगृहमा गर्इ बक्री भएको तथा साउनपछि राशिमा राहुले प्रवेश गर्ने हुँदा स्वास्थ्यमा खिचातानी भइरहने सम्भावना छ । वैवाहिक जीवन, व्यक्तिगत प्रतिष्ठा वा नयाँ लगानीका लागि साउनसम्म मात्र उपयुक्त हुन्छ । छैटौं भावको जगल्लग्न र अष्टमस्थ राशिपतिका कारण वर्षको सुरुमा नै महामृत्युञ्जय मन्त्रको २३००० जापको आयोजना गर्ने वा वर्षभरि दैनिक एक आवृत्ति शनिमृत्युञ्जयको पाठका साथै शनिबार पीपलको पूजा, काग, कुकुर र कमिलालाई खानेकुरा प्रदान गरेमा एवं राहुका लागि काली र वटुक भैरवको आराधना गर्नाले लभ्यफाप्य नै हुनेछ ।

तुला राशि
तुला राशिका जातकहरूका लागि यो वर्ष भाद्रसम्म अनुकूल समय छैन । व्यक्तिगत र पारिवारिक स्वास्थ्यमा धनखर्चको योग छ । चोटपटकको भयसमेत हुनसक्छ । नोकरी र सामाजिक कार्यमा अपजस व्यहोर्नु पर्छ । मनमा आशान्ति, आर्थिक सङ्कट, काममा ढिलासुस्तीको योग छ । अभिभावकको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नसक्छ । धनखर्च गराउने नयाँनयाँ समस्याहरू सिर्जना हुनेछन् । तर भाद्र ०६ गते तपार्इंको राशिमा देवगुरु बृहस्पतिको उपस्थिति हुने र मंसिर ०१ गतेदेखि पूर्ण रूपले साढेसातीको समापन हुने भएकाले वर्षको उत्तरार्द्धमा इच्छा र आकाङ्क्षा पूर्ण गर्ने समय आउने छ । प्रेम तथा वैवाहिक बन्धनमा बाँधिने अवसर जुर्न सक्छ । विवाहयोग्य व्यक्तिको दाम्पत्य जीवन प्रारम्भ हुनेछ, काम खोज्नेले नयाँ काम पाउने छन् । सन्ततिको आकाङ्क्षा हुनेहरूलार्इ पुत्रलाभको सम्भावना छ । अर्काको हातमा गएको धन फिर्ता आउने छ । घरपरिवारमा माङ्गलिक कृत्य सम्पन्न हुनेछ । प्रशंसकहरू बढ्नेछन् । वैदेशिक क्षेत्रका कामहरु सफल हुनेछन् । व्यापार, कृषिक्षेत्र र पशुपन्छीबाट फाइदा लिन सकिने छ । नोकरीमा पदोन्नति हुनेछ । फाल्गुन र चैत्रमा कुनै माङ्गलिक कार्यका लागि मोटो रकम लगानी गर्नुपर्ने देखिन्छ । यस राशिका विभिन्न व्यक्तिहरूको आमजीवनमा निम्न प्रभाव रहने देखिन्छ स्–

विद्यार्थी : तुला राशिका विद्यार्थीहरूमा मनमा आवेग, शङ्का र चिन्ताले डेरा जमाउने र कहिलेकाहीं निराशा एवं वैराग्यका भावना मँडारिने खतरा देखिन्छ । त्यसैले यसको प्रत्यक्ष प्रभाव शैक्षिक र बौद्धिक क्षेत्रमा पर्नु स्वाभाविक हो । अन्तर्मुखी प्रवृत्तिले नैराश्य र असफलतालार्इ बढावा दिने सङ्केत छ । तपार्इंले अभिव्यक्ति र छलफलमा जोड दिन सकेमा गरेका प्रयासमा सफलता हासिल गर्नुहुनेछ । तर भाद्रपछि राशिमा बृहस्पतिको प्रवेश हुने हुँदा वर्षको उत्तरार्द्धमा केही सफलताको आशा गर्न सकिन्छ । शैक्षिक र प्राज्ञिक प्रगतिमा लागेका व्यक्तिहरूले त्यसपछि सकारात्मक नतिजा हात पार्नेछन् । प्रतिस्पर्द्धा, वादविवाद र खेलकुदमा राम्रै प्रगति हुनेछ । सुरुको चार महिना लक्ष्यप्रति सचेत भई लाग्नु आवश्यक छ ।

गृहिणी : तुला राशिका गृहिणीका लागि यो वर्ष उत्साह र उमङ्ग लिएर उपस्थित भएको छ । सप्तमेश मङ्गल बुध र उच्च सूर्यका साथमा सातौं भावमा नै युतिसम्बन्ध बनाउँदै वर्षप्रवेश भएकाले गृहिणीहरूले आगामी वर्ष २०७४ मा धनधान्य, सुखसम्मृद्धि र भौतिक सुखसुविधा जुटाउने अवसर प्राप्त गर्नेछन् । खास गरी भाद्रपछिको समय उत्तम रहने छ । घरजग्गा र सम्पत्ति जोड्ने समय छ । सन्तान पक्षको प्रसिद्धि र सम्मानको समाचार सुन्न पाइने छ । कामकाजी महिलाले भाद्रपछि मानसम्मान प्राप्ति, बढुवा, बन्दव्यापारको सफलता प्राप्त हुने समय आएको छ । तर मनमा डर र तनावका कारण घमण्ड, रिस र आवेग बढ्न सक्छ ।

कर्मचारी र श्रमिक वर्ग : वर्षको सुरुमा बाह्रौं भावमा बृहस्पति, कर्मेश चन्द्रमाको धनस्थानमा र राहुको लाभस्थानमा उपस्थिति भएकाले घरबाहिर बसेर काम गर्नेहरूले लाभ लिनेछन् । साउनपछि कर्मक्षेत्रमा राहुको प्रवेश हुनेछ, भ्रमण, पर्यटन र मनोरञ्जनात्मक क्रियाकलापबाट आम्दानी भए पनि धनसङ्ग्रहमा बाधा पुग्छ । तर भाद्र ०६ गतेपछि आफ्नै राशिमा बृहस्पति आउने भएकाले त्यसपछि राम्रो उत्साह र उत्तम सम्भावनाहरु देखा पर्नेछन् । पेसागत प्रतिष्ठा र सम्मानको योग छ । वर्षको अन्त्यसम्ममा आर्थिक पक्षमा राम्रो टेवा पुग्ने काम हुनेछ ।

कृषक : वर्षारम्भमा राशिपति बक्री भएकाले कृषिक्षेत्रमा लागेका तुला राशिका जातकले राम्रो लाभ लिन सक्दैनन् । तर पशुपन्छीको स्रोतबाट राम्रो लाभ हुनसक्छ । हिउँदे खेतीपातीबाट समुचित लाभ हुने सम्भावना छ । वर्षको सुरुका चार महिना घरव्यवहारमा हुने खर्चमा बृद्धि हुनाले आर्थिक पक्षमा दिकदारी आउने छ । त्यसपछि पनि घरमा धार्मिक, सामाजिक, शैक्षिक र माङ्गलिक कृत्यमा खर्च गर्नुपर्ने दबाब सिर्जना हुनेछ । तर वर्षको मध्यभागपछि आर्थिक पक्षमा उल्लेखनीय टेवा पुग्ने गरी आम्दानी हुनेछ । वर्षे बालीका तुलनामा हिउँदे बालीबाट लाभ मिल्नेछ ।

उद्यमी र व्यापारी : उद्यमी र व्यापारीका लागि यो वर्ष नयाँ सम्भावना बोकेर आएको वर्ष छ । हुन त भाद्र ०६ गतेसम्म बृहस्पति अनुकूल नहुनाले त्यत्ति राम्रो परिणाम नपाइएला, तर त्यसपछि ठूलो आर्थिक उपलब्धीको सम्भावना छ । नयाँ कलकारखाना, व्यवसाय वा काम गर्न वर्षको उत्तरार्द्धमा अत्यन्त राम्रो छ । शुक्र ग्रहको बक्रताका कारण संयुक्त लगानीमा गरिएको कारोबारमा भन्दा एक्लै गरिएका लगानीमा बढी लाभ मिल्ने सम्भावना छ । तर कुनै पनि काम गर्दा सोचविचार गर्ने र जान्नेबुझ्नेको राय लिनु राम्रो हुन्छ, किनभने वर्षको सुरुमा बुद्धिस्थानको मालिक शनि बक्री रहेको छ । वर्षको सुरुदेखि साउनमहिनाभरि खराब देखिन्छ ।

सामाजिक कार्यकर्ता : राजनीति र सामाजिक कार्यमा लागेका तुला राशिका व्यक्तिहरूले यो वर्ष आफ्नो कार्यक्षेत्र जनस्तर र कार्यकर्ता तहमा बनाउनु उपयुक्त हुनेछ । उच्च निकाय र नेतृत्व तहबाट वर्षको सुरुमा नै केही जिम्मेबारी र दायित्व प्राप्तिका सम्भावना छन् तर त्यसपछि नेतृत्वतह टाढिन सक्छ । भ्रमण, शिक्षणप्रशिक्षण र निरीक्षणरअवलोकनका क्रममा समय यापन हुनसक्छ । भाद्रपछि उच्च पद र प्रतिष्ठा प्राप्त हुने सम्भावना देखिन्छ ।

समग्रमा समग्रमा तुला राशिका जातकका लागि यस वर्षको साउन, भदौ, पुस र चैत्र महिना अनुकूल रहने छन् । असारदेखि कार्तिकसम्म धनभावमा रहने शनिले धनसञ्चयमा बाधा पुर्याउने छ । पुर्ख्यौली सम्पत्तिको विवाद चुलिन सक्छ । त्यस्तै साउनपछि बाह्रौं राहुका कारण झुट्ठा आरोप लाग्ने, धनको नोक्सानी हुने, आफन्तमा वैरभाव सिर्जना हुने, मानसिक तनाव बढ्ने आदि अनिष्ट फल प्राप्त हुन सक्छन् । त्यसैले जन्मकुण्डलीमा कमजोर ग्रहहरूको प्रतिकूल स्थिति छ भने शिवजी, वटुक भैरव र बगलामुखीको पूजा–आराधना तथा राहु र बृहस्पतिको मन्त्रजाप गर्नाले वा वर्षभरिका एकादशीको विधिवत् व्रत लिने गरेमा यो वर्षलाई बलियो बनाउन मद्दत पुग्ने छ ।

बृश्चिक राशि
बृश्चिक राशिका जातकहरूका लागि मध्य र अन्त्य साढेसातीको प्रभाव वर्षभरि नै रहने भएकाले काममा ढिलासुस्ती हुने, मानसिक तनाव बढ्ने, सञ्चित धनको नाश हुने, आफन्तका बीचमा वैरभाव हुने, शरीरमा आलस्यले डेरा जमाउने परिस्थिति रहे पनि यो वर्ष सङ्घर्ष र चुनौतीपूर्ण काम गर्दा प्रतिष्ठा प्राप्त हुने समय रहेको देखिन्छ । खासगरी वर्षको प्रारम्भमा बक्री शनिको प्रभावले विभिन्न समस्या सिर्जना हुनसक्छन् । रोगव्याधि र चोटपटकको भय रहने छ । यद्यपि तुलनात्मक रूपमा वर्षको उत्तरार्द्घभन्दा पूर्वार्द्धलार्इ नै शुभ मान्न सकिन्छ । वर्षको सुरुमा बन्दव्यापार, पशुधन र नोकरीबाट लाभ लिन सकिने छ । दाम्पत्यसम्बन्ध सुखद रहने छ । वैदेशिक क्षेत्रबाट लाभ लिन सकिने छ । सामाजिक सेवाबाट मानसम्मान पाइने छ । नोकरीमा पदोन्नतिको सम्भावना छ । तर वर्षान्त सुखद रहने देखिंदैन, ज्ञान, बुद्धि र अध्ययनको क्षेत्रमा शुभफल छैन । दाजुभाइका बीचमा वैरभावको सिर्जना हुनेछ । मातापिता वा पितृपक्षका नातेदारको स्वास्थ्यमा बाधा पुग्नसक्छ । जमिनजायदात, वाहनादि क्षेत्रमा नोक्सानीको योग छ । फाल्गुन र चैत्रमा विवाह, पदप्रतिष्ठा प्राप्ति र माङ्गलिक कर्मतर्फ आकर्षण रहने देखिन्छ । यस राशिका विभिन्न व्यक्तिहरूको आमजीवनमा निम्न प्रभाव रहने देखिन्छ स्–

विद्यार्थी : बृश्चिक राशिका विद्यार्थीका लागि सुरुको चार महिना उत्तम छ । उक्त अवधिमा केही महत्त्वपूर्ण र विशेष अवसर प्राप्त हुने ग्रहयोग छ । पञ्चमेश बृहस्पति सुरुमा लाभ स्थानमा रहने र त्यसपछि व्ययस्थानमा जाने भएकाले वर्षको प्रारम्भिक कालमा स्वदेशमा नै प्राज्ञिक र शैक्षिक क्षेत्रमा संलग्नहरूले राम्रो उपलब्धी हासिल गर्नेछन् । त्यसपछि वैदेशिक प्रयोजनका तथा महंगा शैक्षिक उपलब्धीमा आशा गर्न सकिए पनि आम छात्रछात्रामा मानसिक उद्विग्नता र निराशा र उत्तेजना हाबी हुने भएकाले खास उपलब्धी लिन गाह्रो हुन्छ । पुनः फाल्गुनमा बृहस्पति आफ्नै राशिमा प्रवेश गर्नाले सकारात्मक नतिजा हात पार्न सकिने छ । जगल्लग्न कुण्डलीमा भाग्येश चन्द्रमा आफ्नै राशिमा भएकाले प्रतिभा र सामर्थ्यलाई पूर्ण उपयोग गर्न सकिने छ ।

गृहिणी : वर्षको प्रारम्भ राम्रै छ । लामो समयदेखि सुल्झन नसकेका मुद्दामामिला र प्रशासनिक समस्या हल हुनेछन् । तर्क, बहस र वादविवादमा विजय प्राप्त हुनेछ । सन्ततिले साथ दिनेछन्, तिनका उन्नति प्रगतिका समाचारले मन प्रसन्न हुनेछ । सन्तानको वैवाहिक जीवनमा प्रवेशका लागि पनि समय राम्रो देखिन्छ । पतिको कार्यक्षेत्र वा व्यवसायमा सफलता पाइने देखिन्छ । तर घुमघाम र रामरमाइलोमा पतिको साथ पाउन गाह्रो हुन्छ । कामकाजी महिलाले साउनसम्म र पुनः फाल्गुन र चैत्रमा गरेका प्रयासहरू सफल हुनेछन् । व्यवसायमा उन्नतिप्रगति गर्न वा जागिरमा प्रवेश वा बढुवा हुन अनुकूल हुनेछ । तर भाद्रपछि बृहस्पतिले द्वादश भावमा प्रवेश गर्ने हुँदा आकस्मिक रूपमा धनव्यय हुने वा घरायसी प्रयोजनका खर्चको मात्रामा ह्वात्तै बृद्धि हुने सम्भावना देखिन्छ ।

कर्मचारी र श्रमिक वर्ग : नवीन रोजगारीको सिर्जना हुनेछ । मनले चाहेको ठाउँमा सरुवा हुनसक्छ । व्यक्तित्व विकासका लागि प्रयास हुनेछन्, पदप्रतिष्ठा र बढुवाका लागि गरिएका प्रयास सार्थक हुनेछन् । घरबाहिर बस्ने वा वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूले पनि राम्रो उपलब्धी लिन सक्नेछन् । भाद्रपछि धार्मिक, सामाजिक र मांगलिक काममा धनव्यय हुनेछ । तर जेठदेखि कार्तिकसम्म मध्य साढेसातीको पुनरावृत्ति हुनाले मानसिक थकान र कमजोरीको अनुभूति हुनेछ । घरायसी समस्यामा बृद्धि हुने सङ्केत छ ।

कृषक : कृषिक्षेत्रमा लागेका बृश्चिक राशिका व्यक्तिका लागि यो वर्ष असल रहेको छ । वर्षारम्भका बालीनाली र पशुधनमा रोगव्याधिको प्रकोप रहे पनि बाँकी समय लाभप्रद नै रहने देखिन्छ । घरायसी सुखसुविधाका सामानको व्यवस्था हुनेछ । सन्ततिको विवाह वा कुनै माङ्गलिक कार्यको आयोजना गरिने छ । पशुपालन र वनपैदावरका क्षेत्रबाट गरेको प्रयास निरर्थक हुनेछैन । भाद्रपछि माघसम्म बाह्रौं बृहस्पति हुने भएकाले खर्चको मात्रा बढ्नसक्छ ।

उद्यमी र व्यापारी : प्रारम्भमा आयभावको बृहस्पति र चतुर्थ भावको राहुको प्रभावले मनग्ये फाइदा हुनेछ । लगानी बढाउनु परे पनि नयाँ उद्योगधन्दाको थालनी हुन सक्छ । व्यापार–व्यवसायमा प्रगति हुनेछ । घरजग्गा लगायत स्थायी सम्पत्ति जोड्न सकिनेछ । भाद्र ०६ गतेदेखि माघ २७ सम्म बृहस्पति खर्चभावमा जानाले निरर्थक र जोखिमयुक्त क्षेत्रमा गएको धनका कारण पारिवारिक किचलो र निराशा वहन गर्नु पर्नेछ । सुरुमा धनभावमा बक्री रहेको तथा जेठदेखि कार्तिकसम्म आफ्नै राशि शनि प्रतिकूल रहनाले मनमा सन्तोषको वातावरण रहने छैन । विशेषतः ढुंगा, गिट्टी, ईंटा, अन्नपात, फलाम र मिलमिसिनरीका व्यापारीले सतर्क भई कारोबार गर्नु मुनासिब हुन्छ । अन्य व्यापारीका लागि उपलब्धी नै हुनेछ ।

सामाजिक कार्यकर्ता : सुरुमा दशम भावमा र साउनपछि एघारौं भावमा रहने राहुले सामाजिक र राजनैतिक क्षेत्रका बृश्चिक राशिका जातकका लागि यो वर्ष अत्यधिक प्रभावशाली फल लिएर आएको छ । मिहिनेतका बलमा मनग्ये नाम, दाम र प्रतिष्ठा प्राप्त हुनसक्छ । उच्च पदतर्फ आकर्षण हुनेछ । यद्यपि शनिको मध्य र अन्त्य साढेसाती परेकाले चिताएको काम समयमा सम्पादन नहुन सक्छ, सामान्य काममा पनि अलि धेरै दौडधुप गर्नुपर्छ । प्रतिस्पर्द्धी र आलोचकको खाँचो हुँदैन ।

समग्रमा बृश्चिक राशिका जातकका लागि वर्षभरि शनिको मध्य र अन्त्य साढेसाती हुने भएकाले जन्मसमयमा शनि कमजोर हुनेहरूलाई आरोप आइलाग्ने, चिन्ता बढ्ने, काममा बाधा हुने तथा स्वास्थ्य कमजोर बन्ने सम्भावना छ । बाधाव्यवधानबाट सुरक्षित रही शुभफल प्राप्तिका लागि वर्षारम्भमा सम्बद्ध ग्रहको मन्त्रजप, काली, वटुकभैरव र वगलामुखीको आराधना तथा शनिबार पीपलमा जल चढाउनाले ग्रहका अरिष्ट पक्षको शमन हुनेछ । त्यसमा पनि मूलतः वैशाख, भदौ, असौज र फागुन महिनामा कामकाजको केही सहजता रहनेछ भने सुरुको चार महिना र अन्तिमको दुर्इ महिना बृहस्पतिको अनुकूलता हुनाले समयलाई आफ्नो पक्षमा ल्याउन मद्दत पुग्नेछ ।

धनु राशि
धनु राशिका जातकहरूमा यस वर्ष साढेसातीको पूर्ण प्रभाव रहने देखिन्छ । अनावश्यक दौडधूप, मानसिक चिन्ता, चोटपटकको भय, आर्थिक सङ्कट र पेटका रोगको प्रकोप ब्यहोर्नु पर्ने वर्षका रूपमा नयाँ वर्ष २०७४ को आगमन भएको छ । शनिश्चरको साढेसाती र वर्षको प्रारम्भमा राशिस्वामी बृहस्पतिको बक्रताका कारण एकपछि अर्को समस्याले पिरोल्न सक्छ । पारिवारिक समस्यामा रुमल्लिनु पर्नेछ । वैदेशिक प्रयोजनका काममा फाइदा लिन सकिंदैन । निकटतम व्यक्तिसँग विछोडको सम्भावना र प्रेमसम्बन्धमा मनमुटावको योग छ । पिताको स्वास्थ्यस्थिति वा पैत्रिक सम्पत्तिका विषयमा केही समस्या देखिन सक्छन् । सुरुमा कर्मक्षेत्रमा रहेको राशिस्वामी भाद्रपछि राज्यस्थानमा जाने भएकाले केही राम्रै उपलब्धी हातलागी हुने सम्भावना पनि छ । त्यसपछि अध्ययन अध्यापन कर्ममा सफलता आर्जन हुनेछ । अधुरा रहेका काम पूरा हुनुका साथै नयाँ कामको थालनी हुने सङ्केत छ । सन्ततिसुखको योग छ । व्यापार र पशुव्यवसायबाट सामान्य लाभै मिल्ने समय छ । वर्षको अन्तिममा फाल्गुन र चैत्रमा राशिस्वामी बाह्रौं हुने भएकाले आर्थिक पक्ष पुनः कमजोर बन्न जानेछ । यस राशिका विभिन्न व्यक्तिहरूको आमजीवनमा निम्न प्रभाव रहने देखिन्छ :

विद्यार्थी : वर्षप्रवेशका समयमा बुद्धिस्थानमा अफ्नै राशिमा बसेको पञ्चमेश मङ्गलले तपार्इंलार्इ शैक्षिक र प्राज्ञिक क्षेत्रमा उच्च सफलता प्रदान गर्नेछ । यद्यपि आर्थिक पक्षका तनावका कारण शैक्षिक उन्नयनका लागि राम्रा अवसर गुम्नसक्ने सम्भावना पनि देखिन्छ । त्यस्तै बाल्यावस्था र किशोरावस्थाका छात्रछात्राका अभिभावकले लक्ष्यप्रति घच्घच्याइरहने बाध्यता भने राशिमा बसेको बक्री शनिश्चरले सिर्जना गरेको देखिन्छ । भाद्रपछि बृहस्पतिले लाभस्थानमा प्रवेश गर्ने भएकाले उच्चस्तरका विद्यार्थीहरूले रोजगारीको राम्रो अवसर पाउने सम्भावना छ । योग्यताको उच्च मूल्याङ्कन हुनुका साथै सामाजिक रूपमा ख्याति बढ्नेछ । बौद्धिक कार्यमा सफलता मिल्नुका साथै अध्ययनका लागि विदेश जाने अवसर जुर्न सक्छ । प्रायोगिक विषय र सीपमूलक तालिम लिने शिक्षार्थीमा राम्रो परिणाम प्राप्त हुनेछ ।

गृहिणी : धनु राशिका गृहिणीका लागि नयाँ वर्ष २०७४ सङ्घर्ष र प्रतिष्ठाका दृष्टिकोणले चुनौतीपूर्ण समय छ । सुरुमा राशिस्वामी र सप्तमेश दुबै बक्री रहनाले पतिपत्नीका बीचमा वैचारिक द्वन्द्व र शीतयुद्धले प्रेममा उतारचढाव ल्याउनेछ । मानसिक उद्विग्नता र चिडचिडेपनका कारण पति र सासुससुरासँगको सम्बन्धमा तिक्तता आउन सक्छ । मातापिता एवं नजिकका व्यक्तित्वहरूबाट अनायासै टाढिनुपर्ने स्थिति आउन सक्छ । सन्ततिपक्षका शुभ समाचारले मन प्रसन्न त हुनेछ, तर तिनका उन्नतिप्रगतिका लागि खर्च बढ्ने योग छ । जीवनसाथीसित ठाकठुक परिरहन्छ र खिन्नताको अनुभूति हुनेछ । कामकाजी महिलाका लागि भने यो वर्ष अनुकूल रहनेछ । सट्टापट्टा, शेयर कारोबार र जग्गाजमिनको खरिददारी र आफ्नै नाममा व्यापारव्यवसाय सुरु गर्न भाद्रदेखि माघसम्म राम्रो देखिन्छ ।

कर्मचारी र श्रमिक वर्ग : सेवाकार्यमा संलग्न र सरकारी कर्मचारीका लागि यो वर्ष सकारात्मक नतिजा लिएर आएको छ । प्रयत्न गर्दा नोकरीमा प्रवेश वा पदोन्नति हुन सक्छ । प्रारम्भमा कर्मभावमा रहेको बृहस्पतिले विभिन्न अवसर जुराए पनि साउनपछि अष्टमस्थ राहुको प्रभावले कर्मक्षेत्र सङ्घर्षपूर्ण बन्नेछ । कार्यक्षेत्रमा परिवर्तनको सम्भावना पनि छ, भ्रमण र घुमघामको अवसर मिल्नेछ । घरपायकका कर्मचारीका तुलनामा दुर्गम वा वैदेशिक क्षेत्रमा रहने कर्मचारी वा श्रमिक वर्गका लागि यो वर्ष राम्रो छ । वर्षान्तमा घरायसी काममा खर्च बढ्ने छ ।

कृषक : वर्षे तथा हिउँदे बालीबाट राम्रै लाभ प्राप्त हुनेछ । प्राकृतिक प्रकोपका कारण थोरै निराशा अनुभूति भए पनि पशुचौपायाबाट हानि पुग्ने सम्भावना छैन । कर्मक्षेत्रमा वर्षप्रवेशमा सूर्य र बुधको युति रहेको तथा राशिमा शनिश्चर भएका कारण जग्गाजमिन जोड्ने वा छुट्टापुट्टा भई आफ्नो स्वामित्व कायम हुने सम्भावना पनि देखिन्छ । त्यस्तै पेसागत सीपविकासका निमित्त भ्रमण, तालिम वा सेमिनारमा सहभागी बन्न सकिन्छ । भाद्रपछि लाभस्थानमा राशिस्वामी बृहस्पतिको प्रवेश हुने हुँदा सन्तति वा भाइबहिनीका लागि धनलगानी गर्ने परिस्थिति आउने छ । तर वर्षान्तमा भ्रमण, घुमघाम र माङ्गलिक काममा धनखर्च हुनसक्छ ।

उद्यमी र व्यापारी : सुरुमा कर्म क्षेत्रमा रहेको बृहस्पतिले नयाँ उद्योगधन्दा वा बन्दव्यापारका लागि त्यति अनुकूल समय छैन । शनिको प्रतिकूलता रहने भएकाले फलाम र मिलमेसिनरीका क्षेत्रमा लगानी नगरेको जाति हुन्छ । असारदेखि कार्तिकसम्म व्ययस्थानमा शनि र फाल्गुन र चैत्रमा राशिस्वामीको उपस्थिति रहने हुँदा अचानक धनहानिको सम्भावना पनि छ । द्वादश भावमा रहेको चन्द्रमाको प्रभावले कस्मेटिक, फेसनडिजाइन र तरलपदार्थका व्यवसायीले नराम्रो घाटा व्यहोर्नु पर्ने हुन्छ । भाद्र ०६ गतेदेखि आयभावमा बृहस्पतिको प्रवेश हुने भएकाले बौद्धिक, सांस्कृतिक क्षेत्र वा प्रकाशकहरूका लागि भने यो वर्ष उत्साहवर्द्धक रहनेछ ।

सामाजिक कार्यकर्ता : सामाजिक र राजनैतिक क्षेत्रमा संलग्न धनु राशिका जातकले धैर्य र संयमताका साथमा कार्य गर्ने समय छ । राजनीति तथा सामाजिक क्षेत्रमा अप्ठ्यारो परिस्थितिसँग सम्झौता गर्नुपरे पनि भदौदेखि राजनीतिक क्षेत्रमा वर्चस्व कायम हुनेछ । खासगरी मूलतः शनि बलशाली भएका जातकका लागि पद, प्रतिष्ठा र मानसम्मान प्राप्त हुनेछ । विवाद, झैझगडा, बहस र छलफलका क्षेत्रमा प्रतिष्ठा प्राप्त हुनेछ । यद्यपि शनि आफ्नै राशिमा रहने भएकाले सचेतता अपनाउनु जाति हुनेछ ।

समग्रमा धनु राशिका जातकका लागि यस वर्षको जेठ, असोज, कार्तिक र फागुन महिना तुलनात्मक रूपमा सहज र आनन्दप्रद रहने छ । शनिदेवको जेठदेखि कार्तिकसम्म आद्य र बाँकी समय मध्य साढेसाती तथा फाल्गुन र चैत्रमा राशिस्वामीले बाह्रौं भावमा भ्रमण गर्नाले ले आर्थिक पक्ष भने कमजोर बनाउन सक्छ, काममा बाधा र मानसिक तनाव भने झेल्नु पर्ने हुन्छ । जन्मकुण्डलीमा शनि कमजोर हुनेहरूलाई विभिन्न बाधा आइपर्ने सम्भावना छ । त्यसैले यस राशिका जातकले वर्षको सुरुवातमा नै १०० आवृत्ति हनुमान चालिसा वा गणेश कवचको पाठ गरी वर्षभरि भगवान् गणेश वा हनुमानको आराधना गर्नु सान्दर्भिक हुनेछ ।

मकर राशि
मकर राशिका जातकहरूका लागि यो वर्ष मिश्रित फलदायी समय हुने सङ्केत छ । वर्षारम्भ र वर्षको उत्तरार्द्धमा शनिको साढेसातीको प्रभाव रहने भएकाले झुट्टा आरोप ब्यहोर्नु पर्ने, बन्धनमा पर्ने, धनको नाश हुने, शत्रु बढ्ने र मानसिक तनाव हुने परिस्थितिको सिर्जना हुनेछ । सुरुमा भाग्यभावमा बृहस्पति भएकाले समग्रमा केही राम्रा परिणाम पनि हात पर्नेछन् । घरमा कुनै माङ्गलिक कृत्यको आयोजना हुन सक्छ । तीर्थाटन र पर्यटनका अवसर मिल्नेछन् । जग्गाजमिन र पशुधनबाट लाभप्राप्ति हुनेछ । बन्दव्यापारबाट राम्रै लाभ मिल्नेछ । ज्ञान र बुद्धिको क्षेत्रमा सफलता र सम्मान पाइने छ । नोकरीमा पदोन्नतिको सम्भावना छ । तर साउनसम्म अष्टमस्थ राहुका कारण चोटपटक एवं वायु तथा पित्तदोषले स्वास्थ्यमा बाधा भइरहनेछ । परिस्थितिले ऋणभार बढाउन सक्छ । स्वास्थ्य कमजोर रहने छ । जेठदेखि कार्तिक सम्म शनि राज्यस्थानमा बसी आफ्नो राशिमा पूर्ण दृष्टि राख्ने भएकाले वैदेशिक क्षेत्रको कामबाट राम्रै फाइदा मिल्नेछ । भौतिक सुख–सुविधा प्राप्त हुनेछ भने उक्त समयमा अधुरा कामहरू बन्ने सम्भावना पनि देखिन्छ । यस राशिका विभिन्न व्यक्तिहरूको आमजीवनमा निम्न प्रभाव रहने देखिन्छ स्–

विद्यार्थी : राशिपति शनिश्चर द्वादश भावमा बक्री रहनु र विद्यास्थानको मालिक शुक्र बक्री भएकाले पठनपाठनका क्षेत्रमा केही असजिला पक्ष देखिए पनि भाग्यभावमा बसेको बृहस्पतिले केही राम्रा परिणाम प्रदान गर्ने आशा गर्न सकिन्छ । अनिर्णय र अकर्मण्यता तपार्इंका ठूला शत्रु बन्न सक्छन्, त्यसैले पठनपाठनमा निकै सचेतता अपनाउनु वाञ्छनीय छ । अध्ययनमा रूचि हुँदैन । साथीभाइ, खेलवाड र मनोरञ्जन बाधक बन्न पुग्छन्, त्यसैले अभिभावकले समेत सन्ततिको सङ्गत कस्तो छ, विचार गर्नुपर्छ । यद्यपि सिर्जनात्मक क्षमता र अभिव्यक्ति कौशलका आधारमा राम्रो परिणाम प्राप्त हुनेछ । भाद्र ०६ गतेदेखि बृहस्पतिले कर्मक्षेत्रमा प्रवेश गर्नाले मन पेसा वा कर्मप्रति अकर्षित बन्नसक्छ, त्यस्तै फाल्गुन र चैत्रमा विद्यास्थानमा बृहस्पतिको दृष्टि रहनाले शुभ परिणाम प्राप्त हुनेछ ।

गृहिणी : मकर राशिका जातकका लागि मिश्रित प्रभाव प्राप्त हुनेछ । सन्ततिपक्षमा शुभफल छ । बृहस्पति भाद्रपछि कर्मक्षेत्रमा जाने भएकाले माघसम्म मायाप्रेम र भावुकतामा निरसता देखिन सक्छ । सुरुको दुर्इ महिना र कार्तिकदेखि वर्षान्तसम्म राशिस्वामी द्वादश भावमा रहने भएकाले फजुल खर्चमा बृद्धि हुनाले झैझगडा र तनावको स्थिति सिर्जना भइरहने छ । वर्षप्रवेशमा सप्तमेश नीच भएकाले प्रेम र सद्भावमा नीरसता हुनुका साथै जीवनसाथीको शरीरमा विभिन्न मैसमी रोगको प्रकोप पर्ने सम्भावना हुन्छ । साउनसम्म भाग्यले मन मिल्ने प्रेमपात्र जुराउनुका साथै दाम्पत्य सम्बन्धमा आत्मीयता बढ्ने ग्रहयोग छ । दाम्पत्य जीवनको सुख र आनन्दको पूर्ण अनुभूति हुनेछ । अभिभावक र मातापिताको सहयोग तथा सद्भाव रहने छ ।

कर्मचारी र श्रमिक वर्ग : समग्रमा मकर राशिका श्रमिक र कर्मचारीका लागि यो वर्ष सकारात्मक वर्ष नै रहने छ । अझ भाद्र ०६ गतेपछि कर्मभावमा बृहस्पति प्रवेश गर्नाले कर्मक्षेत्र सबल बन्नुका साथै नयाँ कामसमेत शुभारम्भ हुन सक्छ । धेरैलाई फाइदा हुने काम सम्पादन गर्दै नाम, दाम र प्रतिष्ठा आर्जन गर्न सकिनेछ । वर्षारम्भमा दशमेश शुक्रको धनस्थानमा उपस्थिति रहेकाले लाभमूलक क्षेत्रमा सरुवा, बढुवा, स्तरोन्नति हुनेछ । फाल्गुन र चैत्रमा लाभस्थानमा बृहस्पति पुग्नाले थप अध्ययनको सुविधा प्राप्त हुनेछ, विशेष गरी राजश्व वा वित्तीय क्षेत्रसम्बद्ध कर्मचारीले अयाचित लाभ प्राप्त गर्ने सम्भावना छ ।

कृषक : कृषि, पशुपालन र वनपैदावारीको उपयोग गरी जीवनयापन गर्ने व्यक्तिका लागि यो वर्ष सकारात्मक वर्षका रूपमा आएको छ । वर्षको सुरुमा केही असन्तुष्टि भएपनि त्यसपछि अन्ततः धनार्जन र सम्भावनाका दिनहरू छन् । सुरुको दुर्इ महिना र कार्तिकदेखि उता बाह्रौं शनिश्चर रहनाले पशुचौपायामा रोगव्याधिको प्रकोप आउन सक्छ र घरायसी प्रयोजनमा खर्चको मात्रा बढ्ने छ । साउनपछि भाग्यमा रहेको राहुका कारण भ्रमण, तीर्थयात्राको योग बन्नसक्छ, धर्मकर्म तथा परोपकारका काममा प्रवृत्त भइनेछ ।

उद्यमी र व्यापारी : मकर राशिका उद्यमी, व्यवसायी र धनाढ्यहरूले जेठको उत्तरार्द्धदेखि कार्तिक महिनासम्म गरेको लगानीबाट राम्रो लाभ लिन सकिने छ । खासगरी होटलमोटल, पर्यटन, छालाजुत्ता, मांसमदिरा र मनोरञ्जनात्मक क्षेत्रमा गरेको लगानीले राम्रो प्रतिफल दिनेछ, अरु व्यवसायीले पनि मुट्ठी बाँधेर नै बस्नु पर्दैन, केही न केही लाभ नै हुनेछ । भाद्रपछि कर्मक्षेत्रमा गएको बृहस्पतिको शुभ प्रभावले नयाँ कलकारखाना वा बन्दव्यापारका लागि राम्रो वातावरण बन्नेछ । फाल्गुन र चैत्रमा दीर्घकालीन सम्पत्तिको जोहो हुनेछ, भौतिक सुखसुविधाका साधनहरु र अचल सम्पत्तिको लाभ हुनेछ ।

सामाजिक कार्यकर्ता : मकर राशिका सामाजिक कार्यकर्ता, पत्रकार र राजनीतिज्ञहरूका लागि यो वर्ष सकारात्मक छ । जेठदेखि कार्तिकसम्म राशिपति लाभस्थानमा रहने भएकाले प्रशासनिक र राजनैतिक काममा उच्च सफलताको योग छ, सार्वजनिक वा सरकारी उच्च पद प्राप्तिका लागि अनुकूल समय रहने छ । भ्रमण, पर्यटन र वैदेशिक यात्राका योजनाहरू सफल रहने देखिन्छ । अन्य समयमा आर्थिक पक्षमा थोरै तनावको स्थिति सिर्जना हुनसक्छ । उता वर्षको उत्तरार्द्धमा शनि र राहुको प्रतिकूलताले विभिन्न बाधा र चुनौतीलाई चिर्दै अघि बढेमा मात्र लक्ष्यसम्म पुग्न सकिने भएकाले सचेत हुनु आवश्यक छ ।

समग्रमा मकर राशिका जातकका लागि वर्षको सुरुमा र मंसिरदेखि चैत्रसम्मको समयमा घरायसी र पारिवारिक अस्थिरता एवं असन्तुष्टिले प्रभावित पार्न सक्ने भए पनि यस वर्षको असार, कार्तिक, मंसिर र चैत्र महिना कार्यसाधक महिनाका रूपमा आएको छ । वर्षभरि बृहस्पतिको अनुकूलता हुनाले प्रतिस्पर्द्धी परास्त हुनेछन् । लेनदेन, अंशवण्डा र साझेदारीको समस्या निराकरण गर्न सकिन्छ । जिम्मेवारी र सामाजिक प्रतिष्ठाका लागि गरिएको प्रयास सफल हुनेछ । अझ शुभफलको मात्रा बढाउन वर्षको सुरुमा नै कुलदेवताको पूजाआराधना गर्दै महांकाल तथा काली भगवतीको नियमित आराधना र प्रत्येक शनिबार पीपलमा जल चढाउँदा फाइदा हुनेछ ।

कुम्भ राशि
कुम्भ राशिका जातकहरूका लागि राशिपति शनिश्चर लाभस्थानमा, पञ्चमेश पराक्रम स्थानमा र भाग्येश आफ्नै राशिमा रहेर नयाँ वर्ष २०७४ को सुरुवात भएको छ । त्यसैले यो वर्ष समग्रमा उपलब्धीमूलक नै हुनेछ, तर यी तीनवटै ग्रह बक्री रहेकाले निकै सतर्क र सचेत हुनु अत्यावश्यक छ । एउटै काम धेरैपटक दोहोर्याउनुपर्दा मन खिन्न हुनेछ । जेठदेखि कार्तिकसम्म कर्मक्षेत्रमा रहेको शनिको प्रभावले काममा विलम्ब हुनेछ । आर्थिक पक्ष पेचिलो बन्नेछ, ऋणभार बढ्न सक्छ । शत्रुहरूको चलखेल बढ्नाले मनमा निराशाभाव उत्पन्न हुनेछ । विनाकाम झमेलामा फँस्नु पर्नेछ । चोटपटक तथा नसा, जोर्नी वा गुप्ताङ्गसम्बन्धी समस्याले सताउने सम्भावना छ । तर वैशाख तथा मंसिरपछि वर्षान्तसम्म नै राशिस्वामी शनिश्चरले राज्यभावमा बसेर राशिमा पूर्णदृष्टि राख्ने भएकाले त्यसपछि अधिकतम शुभफलहरू प्राप्त हुनेछन् । सरकारी कामकारबाहीबाट लाभ लिन सकिने छ । प्राज्ञिक क्षेत्रमा सफलता पाइनेछ । सन्तानसुख पाइने छ । गुमेको धन हात लाग्नेछ । पछि लाभ हुने नयाँ कामको थालनी हुनसक्छ । वैदेशिक प्रयोजनका कामबाट फाइदा जुटाउन सकिन्छ । नोकरीमा पदोन्नति र सम्मान मिल्नेछ । बन्दव्यापार र खेतीपातीबाट लाभ उठाउन सकिने छ । यस राशिका विभिन्न व्यक्तिहरूको आमजीवनमा निम्न प्रभाव रहने देखिन्छ स्–

विद्यार्थी : पञ्चमेश बुधले तृतीयेश तथा कर्मेश मङ्गलका साथमा सूर्यसँग युति बनाएर पराक्रम स्थानमा उपस्थिति जनाएको एवं जगल्लग्न तपार्इंकै राशि रहेकाले यो वर्ष शैक्षिक र प्राज्ञिक क्षेत्रमा उच्च सफलता हासिल हुने सम्भावना देखिंदैछ । भाग्येश शुक्रको आफ्नै राशिमा उपस्थिति भएकाले महत्त्वपूर्ण पदप्रतिष्ठा र पुरस्कार पाइने छ, तर बक्री भएकाले अन्तिम घडीमा निराशा हुने भय पनि छ, सचेत हुनुपर्छ । समग्रमा नयाँ वर्ष २०७४ मा शैक्षिक उन्नति र प्रगतिका लागि गरिएका प्रयास सफल हुनेछन् र ज्ञान, तालिम र शिक्षा ग्रहणका सिलसिलामा दूरदेशको यात्राको सम्भावना छ । भाद्रपछि भाग्यमा बृहस्पतिको प्रवेश हुने हुँदा पेसा वा रोजगारीका प्रतिस्पर्द्धा र प्रतियोगितामा सफल भइने छ ।

गृहिणी : दाम्पत्य सम्बन्ध र प्रणय प्रसङ्गका लागि यो वर्षको प्रारम्भका तुलनामा उत्तरार्द्ध राम्रो छ । साउनसम्म बृहस्पतिको प्रतिकूलता हुनाले पाचनप्रणालीमा गडबडी देखिनसक्छ र अभिभावकवर्गको स्वास्थ्यसमस्याले पनि चिन्तित तुल्याउन सक्छ । ईर्ष्या र डाहा गर्नेको संख्या बढ्ने छ र आफन्तले नै कुरा काट्दै हिंड्ने छन् । पतिसित झैझगडा र विवाद हुनसक्छ । राशिमा रहेको केतु ग्रह र अष्टम भावमा रहेको बृहस्पति दुबैले राशि परिवर्तन गर्ने हुँदा भाद्रपछि भूमि, वाहन र सुखसुविधाका वस्तुहरू प्राप्त हुने सम्भावना छ । पारिवारिक समस्या हल हुनेछन् । सन्ततिलाभको योग छ, साथै सन्ततिले गरेका उन्नतिप्रगतिको समाचार सुन्न पाइनेछ । कर्मक्षेत्रमा लागेका महिलाहरूले यस वर्ष मानसम्मान र प्रशंसा आर्जन गर्ने देखिन्छ ।

कर्मचारी र श्रमिक वर्ग : लग्नेश शनिको वर्षको अधिकांश समय लाभस्थानमा उपस्थिति रहेकाले कुम्भ राशिका कर्मचारी र श्रमिक वर्गका लागि यो वर्ष उपयोगी वर्ष साबित हुनेछ । रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्ने अवसर प्राप्त हुनेछ । नयाँ पेसाको खोजीमा हुनेहरूले गरेको प्रयास सफल हुन सक्छ । पदोन्नति वा अनुकूल स्थानान्तरण हुने सम्भावना छ । योग्यता क्षमता बढाउन छात्रवृत्तिको सम्भावना छ । नोकरी र सामाजिक कामबाट नाम, दाम र सम्मान मिल्नेछ । मानसम्मान, पुरस्कार र प्रशंसाको योग छ ।

कृषक : कृषिक्षेत्रमा लागेका कुम्भ राशिका जातकका लागि यो वर्ष मध्यम फलदायी वर्ष हुनेछ । मङ्गलमय कार्य, परोपकार र सामाजिक काममा अभिरुचि जाग्नेछ । अनावश्यक झमेला र पुर्ख्यौली सम्पत्तिसम्बन्धी विवादमा फँस्नु पर्नेछ । पशुव्यवसाय र कृषिक्षेत्र कमजोर रहने छन् । हिउँदे बालीका तुलनामा यसपटक वर्षेबालीबाट बढी नोक्सानीको सम्भावना छ । वर्षको सुरुका चारमहिना बृहस्पतिको प्रतिकूलताले स्वास्थ्यमासमेत समस्या देखिन सक्छ ।

उद्यमी र व्यापारी : कुम्भ राशिका उद्यमी, व्यवसायी र धनाढ्यहरूले सुरुको चार महिना मुट्ठी बाँधेर बस्नु र नयाँ लगानी वा निवेशका लागि संयमता अपनाउनु राम्रो हुन्छ । त्यसपछि भाग्यभावमा बृहस्पति जाने भएकाले आर्थिक दृष्टिले शुभ समय रहेको छ । ठेकेदारी, सट्टापट्टा वा साझेदारीबाट लाभ उठाउन सकिनेछ । व्यापारबाट सोचेअनुरुप फाइदा लिन सकिने छ । साथीभाइ, बन्धुबान्धव, नोकरचाकर र कर्मचारीसित सुमधुर सम्बन्ध रहने छ । कर्म र आय भावमा राशिस्वामी शनिश्चर रहेकाले मोटरवाहन, कलकारखाना र फलामसँग सम्बद्ध व्यक्तिले प्रायशः राम्रै फल प्राप्त गर्नेछन् ।

सामाजिक कार्यकर्ता : सामाजिक र राजनैतिक फिल्डमा संलग्न कुम्भ राशिका व्यक्तिहरूका लागि यो वर्षको सुरुवात सकारात्मक रहने छैन, तर भाद्रबाट लगनशीलता र मिहिनेतका बलमा नाम, दाम र प्रतिष्ठा आर्जन गर्न सकिने छ । भ्रमण, पर्यटन वा मनोरञ्जनमा अल्मलिनाले कतिपय अवसर गुम्ने सम्भावना छ । जनस्तरबाट आग्रह गरिएका क्रियाकलापमा खटेमा यश, सम्मान र प्रतिष्ठा प्राप्त हुनुका साथै दीर्घकालिक फाइदा हुनेछ । लाभस्थानमा राशिस्वामी रहने हुँदा वर्षान्तमा राजनैतिक र सामाजिक पदप्रतिष्ठाको सम्भावना देखिन्छ ।

समग्रमा कुम्भ राशिका जातकका लागि यस वर्षको वैशाख, साउन, मंसिर र पुस महिना सकारात्मक रहने देखिन्छ । प्रारम्भको चार महिना आठौं बृहस्पति र राशिमा रहेको केतुका कारण तथा साउनपछि आठौं भावमा जाने राहुका कारण घरिघरि वैराग्य र निराशाको भावना जाग्न सक्छ । त्यसैले कार्यसिद्धिमा कुनै व्यवधान नआओस् भन्ने उद्देश्यले वर्षको सुरुमा देवीद्यौरालीमा दुर्गा सप्तशती चण्डीको यथायोग्य पाठ गर्ने वा जन्मकालमा राहु प्रतिकूल हुनेहरूले राहुको मन्त्रजप गरी शिवजी, छिन्नमस्ता भगवती र बटुक भैरवको उपासना गरी अघि बढेमा नवीन उपलब्धी, नयाँ कार्यशैली र आयआर्जनको मार्ग प्रशस्त हुनेछ ।

मीन राशि
मीन राशिका जातकहरूका लागि राशिपति बृहस्पति वर्षारम्भ र वर्षान्तमा सातौं भावमा, पञ्चमेश भाग्यमा, भाग्येश धनस्तानमा स्वगृही भई बसेकाले वैदेशिक यात्रा सफल हुने, चिट्ठा, पुरस्कारका माध्यमबाट भाग्योदय हुनसक्ने वर्षका रुपमा यो वर्ष आएको छ । वैवाहिक जीवन, रोजगारी, नयाँ व्यवसाय वा कुनै दीर्घकालिक योजनालाई कार्यान्वयन गर्न सहज किसिमको समय रहने छ । नयाँ कामको थालनी हुनेछ । दाजुभाइका बीचमा सुमधुर सम्बन्ध कायम हुनेछ, तिनको उन्नतिप्रगतिले प्रसन्नता प्राप्त हुनेछ । साझेदारीमा सामान्य झमेला भए पनि त्यसबाट लाभै पाइने छ । सामाजिक प्रतिष्ठामा बृद्धि हुनेछ । नोकरीमा मानसम्मान पाइने छ । तर भाद्र ०६ गतेपछि राशिस्वामी बृहस्पति अष्टम भावमा जाने भएकाले शुभफलमा कमी आउने छ । आँखा र पेटसम्बन्धी रोगले दुःख दिनेछ । सवारीसाधन हाँक्दा वा हातहतियार प्रयोग गर्दा सचेत हुनुपर्छ । वैदेशिक प्रयोजनका कामबाट लाभ लिन सकिंदैन । पठनपाठनमा ध्यानकेन्द्रित हुँदैन । सुरुमा भाग्यभावमा शनिश्चरको उपस्थिति रहेकाले धर्म, संस्कृति र अध्यात्मका मार्गमा मन लाग्ने छैन, तर बाध्यताका घरायसी काममा ठूलै धनराशि खर्च हुने सम्भावना देखिन्छ । पुनः फाल्गुन र चैत्रमा भाग्यमा बृहस्पति पुग्ने भएकाले केही उपलब्धीमूलक काम बन्नसक्छन् । ठूलाबडासँगको सम्बन्धमा सुमधुरता आउने छ । यस राशिका विभिन्न व्यक्तिहरूको आमजीवनमा निम्न प्रभाव रहने देखिन्छ स्–

विद्यार्थी : पञ्चमेश चन्द्र नीच घरमा भाग्य भावमा उपस्थित देखिन्छ । त्यसैले यस वर्ष केही सकारात्मक र केही नकारात्मक प्रभाव प्राप्त हुने मध्यम फल पाइने छ । मनमा निराशा र वैराग्यका भावना मँडारिइरहने हुँदा यसको प्रत्यक्ष प्रभाव पठनपाठनमा पर्नु स्वाभाविक हो । तर धनस्थानमा रहेको भाग्येश मङगलको प्रभावका कारण वाणिको प्रभाव र अभिव्यक्ति कौशलका माध्यमबाट महत्त्वपूर्ण पदप्रतिष्ठा र पुरस्कार प्राप्त गर्ने सम्भावना पनि छ । तर राशिपति बृहस्पति वर्षप्रवेशका समयमा बक्री रहेकाले लगनशीलता र मिहिनेतको टड्कारो खाँचो छ । भाद्रपछि अष्टम भावमा प्रवेश गर्ने राशिस्वामीको शैक्षिक उन्नति र प्रगतिका लागि गरिएका प्रयासहरूमा नकारात्मक ढंगले प्रभाव पर्ने देखिन्छ । फाल्गुन र चैत्रमा बृहस्पतिको अनुकूलता हुनाले केही महत्त्वपूर्ण उपलब्धी हासिल हुनसक्छ ।

गृहिणी : वर्ष प्रवेशको समय सातौं घरको मालिक बुध बक्री भए पनि उच्च सूर्य र स्वगृही मङ्गलका साथमा रहेको र सातौंस्थानमा बृहस्पति रहेकाले प्रेमको बन्धनमा कसिनुका साथै दाम्पत्य सम्बन्ध सुमधुर हुने समय छ । घरमा माङ्गलिक कार्य सम्पन्न हुनेछ । तर साउनपछि दाम्पत्य भावमा राहुको उपस्थिति हुनाले पारिवारिक असमझदारी बढाउन सक्छ, सचेत रहनुपर्छ । भाद्र ०६ गतेपछि बृहस्पति आठौंमा जाने र सातौं घरमा राहुको उपस्थिति यथावत् रहँदा त्यसपछि माघसम्म जीवनसाथीसँग प्रायशः झैझगडा र विवाद गरिरहनु पर्ने हुन्छ । पतिको अकर्मण्यता, आवेग र क्रोधको शिकार भइने छ । तर सन्ततिपक्षबाट शुभ परिणाम प्राप्त हुनेछन्, तिनले व्यक्तित्व विकासका लागि गरेका क्रियाकलापको सकारात्मक परिणाम प्राप्त हुनेछ ।

कर्मचारी र श्रमिक वर्ग : कर्मचारी र श्रमिक वर्गमा आगामी वर्ष २०७४ को सुरुका चार महिना र अन्तिमका दुर्इ महिना सकारात्मक रहने छन् । साउनसम्म सातौं बृहस्पति हुनाले घरजग्गा वा अचल सम्पत्ति प्राप्तिको योग देखिन्छ । विभिन्न उपहार प्राप्त हुनेछन् भने आयआर्जनका स्रोत पनि बढ्नेछन् । फाल्गुन र चैत्रमा गरेको मिहिनेतले लाभ दिलाउने छ, उत्कृष्ट रोजगारी, नयाँ नोकरीमा प्रवेश वा पदोन्नतिको सम्भावना छ । तर भाद्रदेखि माघसम्म केही अपजस वा अवगाल व्यहोर्नु पर्ने परिस्थिति आइलाग्छ । नचाहेको कार्यक्षेत्रमा काम गर्नु पर्नेछ । यद्यपि उक्त समयमा पनि घरबाहिर बसेर काम गर्नेहरूले सकारात्मक परिणाम प्राप्त गर्नेछन् ।

कृषक : कृषिक्षेत्रमा लागेका व्यक्तिहरूले नयाँ वर्ष २०७४ लाई अत्यन्त सकारात्मक वर्षका रूपमा प्राप्त गर्नु हुनेछ । पशुधन र पन्छीसम्पदाबाट वर्षभरि राम्रै लाभ हुनेछ । भाद्रदेखि माघसम्म खेतीपातीमा समय दिन सकिने छैन । घरपरिवारमा स्वास्थ्यसम्बन्धी समस्या देखिने छन् । भ्रमण, पर्यटन र तीर्थयात्राको योग बन्ने छ । तर साउनभित्र नयाँ घरजग्गा जोड्ने वा घरमा धार्मिक कार्य सम्पादन हुने सम्भावना छ । फाल्गुन र चैत्रमा सामाजिक वा सांस्कृतिक कर्म सम्पादन गरिने छ । वर्षे बालीका तुलनामा हिउँदे बालीबाट लाभ लिन सकिने छैन ।

उद्यमी र व्यापारी : मीन राशिका उद्यमी र व्यवसायीले पनि यो वर्षलाई राम्रै वर्षका रूपमा प्राप्त गर्नु भएको छ । वर्षको सुरुमा साउनसम्म र अन्त्यमा फाल्गुन र चैत्रमा बृहस्पति अनुकूल भएकाले सानो लगानीले दूरगामी प्रभाव पार्ने हुनाले धक फुकाएर वित्त परिचालन गर्दा शुभ हुन्छ । लामो समयदेखि पलाएका इच्छाहरूलाई कार्यान्वयन स्तरमा पुर्याउन मद्दत मिल्नेछ । राशिस्वामी सुरुमा बक्री रहेकाले शत्रुपक्ष बलियो हुन्छ, अतः काम गर्दा गोपनीयतालाई महत्त्व दिनु राम्रो हुन्छ । तर भाद्रपछि मुट्ठी बाँधेकै राम्रो हुन्छ । साझेदारी र पार्टनरसीपमा झैझमेला र विवादको सामना गर्नु पर्नेछ ।

सामाजिक कार्यकर्ता : सामाजिक र राजनैतिक क्षेत्रका मीन राशिका व्यक्तिहरूमा यो वर्ष सकारात्मक नतिजा लिएर आएको छ । भाग्येश मङ्गलले वाणिस्थान ओगटेको हुँदा बोलीका माध्यमबाट भाग्योदय हुने वर्ष हो, यो । जनस्तरदेखि केन्द्रसम्म सुमधुर सम्बन्ध कायम हुनेछ । कुनै महत्त्वपूर्ण पद वा जिम्मेबारी प्राप्त हुने सम्भावना समेत छ । विश्वासको वातावरण बन्नेछ र सोचेका एवं ताकेका योजना र काम सम्पन्न गर्न परिस्थितिले साथ दिनेछ । तर भाद्रपछि माघसम्म ग्रहहरु प्रतिकूल भइदिनाले शुभचिन्तकहरू कमजोर बन्नेछन् साथै विरोधीहरू जाग्न सक्छन् । आफ्ना कमजोरीको फाइदा प्रतिपक्षीहरूले उठाउने सम्भावना छ ।

समग्रमा मीन राशिका जातकका लागि सुरुमा सातौं भाव र अन्तिममा नवम भावमा रहेको बृहस्पतिका कारण भाग्यको ढोका खुल्ने सम्भावना छ । जेठ, भाद्र, पौष र माघ महिना सकारात्मक रहने देखिन्छ । तर भाद्रपछि माघसम्म बृहस्पति आठौं हुने हुँदा उक्त छ महिना कमजोर छ । त्यसैले कार्यसिद्धिमा कुनै व्यवधान नआओस् भन्ने उद्देश्यले वर्षको सुरुमा सुरुमा बृहस्पतिको मन्त्रजाप, भाग्यभावमा रहेको नीचो चन्द्रमा लागि मातृशक्तिको उपासना, छिन्नमस्ता र बटुकभैरवको पूजा–आराधना गर्नाले र भाद्र ०६ देखि भगवान् भोलेनाथको उपासनाले तपाईंलाई राम्रो नतिजा हात पार्न मद्दत गर्नेछ ।

ज्योतिषी पण्डित उपप्रा कृष्णप्रसाद कोइराला

साभार: पुर्बेलीन्यूज डटकम

प्रकाशित : २६ जेष्ठ २०७४, शुक्रबार ००:००