१६ चैत्र २०८०, शुक्रबार । March 29, 2024

मुख्य खबर

जबर्जस्ती करणीका फरार अभियुक्त पक्राउ



बर्दिया, २६ जेठ । जबर्जस्ती करणी मुद्दामा फरार अभियुक्त पक्राउ परेका छन् । बर्दियाको गुलरिया नगरपालिका–७ चौगुर्जीका २५ वर्षीय महेस यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी निरीक्षक हेमबहादुर शाहीको टोलीले राजापुर नगरपालिका–७ शङ्कर बस्तीमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाइएको छ । यादव २०७३ साल असोज ६ गते दिउँसो धान खेतीमा १५ वर्षीय बालिकालाई जबर्जस्ती करणी गरी फरार थिए ।

प्रकाशित : २६ जेष्ठ २०७४, शुक्रबार ००:००