१२ बैशाख २०८१, बुधबार । April 24, 2024

ग्लोबल

नौ हजार नेपालीको अमेरिकामा परेड



न्युयोर्क । अमेरिकाको न्युयोर्क शहरमा दोश्रो नेपाल डे परेड २०१७ कार्यक्रम आईतवार सम्पन्न भएको छ ।
डे परेडको को सुरुमा नेपालीहरुको मौलिक साँस्कृ््तिक झाँकी सहितको पैदल ¥याली भएको थियो । ¥याली करिव एक घण्टा सम्म चलेको थियो । ¥याली पछि न्युयोर्क शहरको एक ब्यस्त क्षेत्र म्यानहाटनको सडक विचमा स्टेज कार्यक्रम भएको थियो । कार्यक्रममा नेपाली राष्ट्रिय गीत, अमेरिकाको राष्ट्रिय गीत, बक्ताहरुको मन्तब्य, नेपाली स्वदेश गीत, नेपालको विभिन्न जातिहरुको साँस्कृतिक गीत तथा नृत्य लगायत प्रस्तुत भएको थियो । कार्यक्रममा नेपाली सहित नेपाल भ्रमण गरेका जानकार अमेरिकी नागरिकहरुले समेत कार्यक्रममा सहभागिता जनाएका थिए । आयोजक समितिका सदस्य मनी वाङदेल राईका अनुसार कार्यक्रममा ९ हजार नेपालीको उपस्थिति रहेको अनुमान गरेका छन् ।
अमेरिकामा रहेका नेपाल आदिवासी जनजाती महासंघ (फिप्ना)को प्रस्तावमा कार्यक्रम हुने गरेको छ । यो कार्यक्रम गर्नका लागि नेपाली सम्बन्धि करिव ९० बटा संघ संस्थाहरुले साथ दिएको राईले बताए । जस मध्ये ईच्छुक ५२ संस्था यसपटकको आयोजक रहेको थियो । प्रत्येक वर्ष नेपाली समाजले अमेरिकामा गर्ने यो कार्यक्रम सवैभन्दा ठुलो र साझा भएको पनि दावी गरे । यसलाई अझै ब्यवस्थित गर्न बाँकी रहेकाले यस्कालागि पहल भैरहेको पनि बताए । सडकमै कार्यक्रम गर्नका लागि स्थानिय प्रशासन सँग पहिलेनै अनुरोध गरे अनुसार सडकमा सवारी आवतजावत बन्देज थियो । कार्यक्रमको अध्यक्षता नेपाल डे परेड २ कन्भेनर (संयोजक) मंगलदास श्रेष्ठले गरेका थिए । हरेक वर्ष आयोजन हुने कार्यक्रम बुद्ध जयन्ती र गणतन्त्र नेपालको अवसर पारेर हुन्छ । यसको उद्देश्य नेपालको सुन्दर विभिधतामा एकता विश्वसामु चिनाउनु रहेको राईले बताए । अमेरिकामा १ लाख ज्यादा नेपाली रहेको अनुमान भएपनि बैधानीक भने आधा भन्दा कम रहेको अनुमान छ ।

प्रकाशित : ७ जेष्ठ २०७४, आइतबार ००:००